तपाईंलाई किन भोट दिने नेता ज्यू ? यी १५ प्रश्नको जवाफ छ ?

कुनै गलत व्यक्तिलाई मतदान गरेर जिताउनु भन्दा मतदानै नगर्नु धेरै बुद्धिमानी हुनेछ । कसैलाई मत नहाल्न अधिकार भए पनि उम्मेदवारलाई ‘रिजेक्सन’ गर्ने अधिकार छैन । वा भनौं, संविधानतः नो भोटको व्यवस्था छैन ।

 

राजनीतिक दलका नेताहरुले नागरिकसित डराएर संविधानमा ‘नो भोट’को व्यवस्था गर्न नसकेका कारण नागरिक अन्यायमा परेका छन् ।

 

यद्यपि, अब हामी निर्वाचनको संघारमा आइपुगेका छौं । अब मतदान नगर्नुभन्दा गर्नु नै हितकर हुनेछ । किनकि, हामीले हाल्ने भोटले नै हाम्रो स्थानीय सरकारको प्रतिनिधि चुनिने छन् । यसर्थः अब अरु बहस छाडेर योग्य उम्मेदवारलाई भोट हालौं ।

 

अब कुरा उठ्छ ? योग्य र अयोग्य कसरी छुट्याउँने ? यो सोचनीय बिषय छ ।

 

र, अहिले उम्मेदवारहरु गाउँगाउँमा भोट माग्न व्यस्त छन् । उनीहरुले नागरिकको मन तान्न ठाउँअनुसार अनेक गफ दिइरहेका छन् । अब नेताको गफ पत्याएर भोट हाल्नु हानिकारक हुनेछ । नेतालाई मज्जाले सोधौं, तपाईंलाई हामीले किन भोट हाल्ने ?

 

नागरिकको प्रतिनिधिको हिसाबमा नेता ज्यूहरुलाई केही खास प्रश्न यस्ता छन्ः

 

१. नेता ज्यू, तपाईंको गाउँपालिका वा नगरपालिकामा भएका सम्पूर्ण स्रोत साधनबारे तपाईंलाई राम्रोसँग जानकारी छ ?

 

२. भएका स्रोत साधनको सदुपयोग कसरी गर्ने भन्ने योजना छ ?

 

३. तपाईंको नगरका कोही पनि नागरिकलाई खानलाउन समस्या नपर्ने ठोस योजना छ ?

 

५. गाउँकै स्रोतसाधन प्रयोग गरेर नगरका सबै युवालाई रोजगारी दिने योजना छ ?

 

६. आफ्नै गाउँको स्रोत प्रयोग गरेर गाउँलाई लोडसेडिङमुक्त बनाउने योजना छ ?

 

७. आफ्नो गाउँलाई सूचनाप्रविधियुक्त बनाउने तपाईंसँग के के योजना छ ?

 

८. शिक्षामा सबैको पहूँचसँगै नगरभित्रै प्राविधिक शिक्षा दिलाउन सक्ने आधारहरु तपाईंसँग केके छन् ?

 

९. नगर क्षेत्रका नागरिक बिरामी हुँदा उपचार नपाएर मर्ने स्थितिको अन्त्य गर्न सक्नुहुन्छ ?

 

१०. सामाजिक विभेद, कुरीति र कुसँस्कारको अन्त्य गर्न तपाईंसँग केकस्ता योजना छन् ।

 

११. कृषिलाई आधुनिकीकरण र व्यवसायिक बनाउने ठोस योजना छ ? तपाईंसँग ?

 

१२. सबैको घरमा खानेपानीको धारा पु¥याउन सक्नुहुन्छ ?

 

१३. गाउँमा स्तरीय खेलकुद मैदान बनाउने योजना छ कि छैन ?

 

१४. गाउँमा केबुलकार, सडकजस्ता पूर्वाधार विकास गर्ने योजना छ ?

 

१५. गाउँलाई एकीकृत बनाएर पर्यटन प्रवद्र्धन गर्ने खास योजना छ ?

 

यी त केही प्रतिनिधि प्रश्नहरु मात्रै हुन् । यस्ता यावत् सामान्यजस्ता लाग्ने जटिल समस्या समाधान गर्न छाडेर तपाईंहरु ठूलाठूला घोषणापत्र बोकेर गाउँमा जानु भएको छ । मासु, रक्सी र दूईपाँच हजार रुपैयाँ बाँढेर भोट आफ्नो पक्षमा पार्ने दाउमा हुनुहुन्छ । त्यसो नगर्नुस्, जनताका सामान्यभन्दा सामान्य विकासको सपना साकार पार्ने खाका लैजानुस्, तपाईं जित सुनिश्चित छ ।



Your Comment

थप समाचार

पोखराको बिजयपुरमा टाईम बम विस्फोट

  • 4 minutes ago
पोखराको बिजयपुरमा टाईम बम विस्फोट

पोखरा । पोखराको बिजयपुर खोलामा टाईम बम विष्फोट हुँदा पत्रकार घनश्याम पाण्डे र प्रहरी कुलबहादुर खत्री घाइते भएका छन् ।

मोबाइल, ल्यापटपसम्बन्धी प्राविधिक बन्ने युवाहरुलाई समेट्दै एलाइन्स

  • 13 minutes ago
मोबाइल, ल्यापटपसम्बन्धी प्राविधिक बन्ने युवाहरुलाई समेट्दै एलाइन्स

काठमाडौं । विगत ८ वर्षदेखि काठमाडौंको पुतलीसडकमा रहेर बेरोजगारीको समस्याले जरा गाडेको अवस्थामा युवाहरुलाई दक्ष बनाई रोजगारीको अवसर प्रदान गर्दै आएको एलाइन्स ल्यापटप एण्

प्रचण्डको प्रष्टोक्तिः पाँच वर्ष ओली नै प्रधानमन्त्री

  • 14 minutes ago
प्रचण्डको प्रष्टोक्तिः पाँच वर्ष ओली नै प्रधानमन्त्री

काठमाडौं, फागुन ८ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब पाँच वर्षका लागि केपी शर्मा ओली नै प्रधानमन्त्री हुने बताएका छन् । एक कार्यक्रममा सहभागी हुन चितवन पुगेका


Loading...

भिडियो

hamropatro

नेपाल

पोखराको बिजयपुरमा टाईम बम विस्फोट

पोखराको बिजयपुरमा टाईम बम विस्फोट

पोखरा । पोखराको बिजयपुर खोलामा टाईम बम विष्फोट हुँदा पत्रकार घनश्याम पाण्डे र प्रहरी कुलबहादुर खत्री घाइते भएका छन् ।

जीवनशैली

वैज्ञानिकले गरे भविष्यवाणी, यति वर्षपछि पृथ्वीबाट हराउने छ मानव अस्तित्व

वैज्ञानिकले गरे भविष्यवाणी, यति वर्षपछि पृथ्वीबाट हराउने छ मानव अस्तित्व

उनले यसको विकल्प स्वरुप अर्को ग्रह खोज्नुपर्ने बताएका छन् । हकिङ्सले भनेका छन्,‘मलाई लाग्दैन कि अर्को ग्रह नखोजी पृथ्वीमा एक हजार सालसम्म मानिसहरु जीवित रहन सक्छन् ।’

विचित्र विश्व

जब यी अमेरिकन राष्ट्रपतिहरु यस्ता विवादहरुमा फसेँ

जब यी अमेरिकन राष्ट्रपतिहरु यस्ता विवादहरुमा फसेँ

एजेन्सी । अमेरिकी राष्ट्रपतिहरु कतिपय राजनैतिक चर्चाभन्दा पनि सेक्स स्क्याण्डलका कारण चर्चामा आए । उनीहरुको यही चर्चाले कतिपय राष्ट्रपतिहरु आलोचित छन् । सेक्स स्क्याण्डलको रहस्य खुलेपछि