Techie IT
२०८१ वैशाख ७, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठनेपालपत्रकार धामीमाथि आक्रमण

पत्रकार धामीमाथि आक्रमण


काठमाडौँ। पत्रकार कृष्णसिंह धामीमाथि सोमबार ललितपुरको बखुन्डोलमा आक्रमण भएको छ। रातोपाटी अनलाइनमा कार्यरत पत्रकार धामीमाथि पाँच–छजनाको समूहले अपराह्न साढे चार बजे आक्रमण गरेको हो।

आक्रमणमा परी घाइते भएका धामीको टाउकोलगायत शरीरका विभिन्न भागमा चोट लागेको रातोपाटीले समाचारमा उल्लेख गरेको छ। पत्रकार धामीले खाजा खाएर कार्यालयतर्फ फर्किने क्रममा आफूमाथि आक्रमण भएको बताए।

२६ भदौमा ‘रातोपाटी अनलाइनमा प्रकाशित समाचारको विषयलाई लिएर रातोपाटी अनलाइन र सो समाचार लेख्ने पत्रकारलाई सजाय दिने’ भनी अनेरास्ववियु (क्रान्तिकारी)का अध्यक्ष प्रकाश सीले विज्ञप्ति जारी गरेका थिए।

नेपाल पत्रकार महासंघले उक्त विज्ञप्तिप्रति आपत्ति जनाएको थियो। महासंघले २७ भदौमा विज्ञप्ति जारी गर्दै भनेको थियो, ‘सम्प्रेषित समाचारप्रति चित्त नबुझे या गुनासो भए त्यसको कानुनी उपचार खोज्न सकिने वा प्रेस काउन्सिलमा उजुरी गर्न सकिने प्रचलित प्रावधान छ। त्यसलाई नजरअन्दाज गर्दै सञ्चारमाध्यम र पत्रकारलाई सार्वजनिक रूपमा धम्क्याउने कार्य अत्यन्त निन्दनीय र प्रेस स्वतन्त्रतामाथिको गम्भीर प्रहार हो। महासंघ संविधानले सुनिश्चित गरेको प्रेसको अधिकारको सम्मान गर्न र प्रेसविरोधी यस्ता हर्कत नदोहोर्‍याउन सम्बन्धित पक्षको ध्यानाकर्षण गराउँछ।’




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

सिन्धुपाल्चोकमा जन्ती बस दुर्घटना हुँदा ३ जनाको मृत्यु

काठमाडौँ । सिन्धुपाल्चोकमा बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । सिन्धुपाल्चोकको त्रिपुरा सुन्दरी गाउँपालिका– ५ धारावतीमा जन्ती बोकेको

राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दै

काठमाडौँ । आज राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दैछ । बैठक शुक्रबार बिहान ११ बजेबाट सिंहदरबारस्थित समितिको कार्यकक्षमा बस्नेछ

मोरङमा अर्को सूचना जारी नभएसम्म भेला, सम्मेलन, र्‍यालीलगायतमा रोक

मोरङ । जिल्ला प्रशासन कार्यालय मोरङले अर्को सूचना जारी नभएसम्मको लागि जिल्लामा सभा, सम्मेलन, र्‍याली, भेला, प्रदर्शन गर्न रोक लगाएको

नबिराएर नडराएर काम गर्न कर्मचारीलाई मन्त्री शर्माको आग्रह

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले कानुनको परिधिभित्र रहेर उच्च मनोबलका साथ काम गर्न कर्मचारीहरुलाई आग्रह गरकी

महालेखा परीक्षकमा तोयम राया नियुक्त

काठमाडौँ । महालेखा परीक्षकमा तोयम राया नियुक्त भएका छन् । संवैधानिक परिषद्को सिफारिसमा संविधानको धारा २४० को उपधारा २ बमोजिम

एन्फा उपाध्यक्ष दावा लामा छुटे

काठमाडौँ । लागू औषध मुद्दामा फरार रहेको भन्दै पक्राउ परेका अखिल नेपाल फुटबल संघ (एन्फा) उपाध्यक्ष दावा लामा छुटेका छन्

Techie IT