Techie IT
२०८० चैत्र १५, बिहीबार
NepaliPatra logo
गृहपृष्ठखेल११औं संस्करणको लिगलिगे दौडको उपाधि गजेन्द्र राईलाई

११औं संस्करणको लिगलिगे दौडको उपाधि गजेन्द्र राईलाई


गोरखा। गोरखाको लिगलिगमा बुधबार भएको ११औं संस्करणको लिगलिगे दौड प्रतियोगितामा खोटाङका गजेन्द्र राई प्रथम हुन सफल भएका छन्। चेपेघाटदेखि लिगलिगसम्मको १३.८ किलोमिटर दौड राईले ५६ मिनेट ३६ सेकेन्डमा पूरा गरेर प्रथम भएका हुन्।

लिगलिग बिकास अभियानले आयोजना गरेको दौडमा राईले जितसंगै नगद १ लाख रुपैयाँ हात पारेका छन्। मेन ईलिट (खुल्ला) प्रतियोगिता अन्तरर्गत निर्धारीत दुरी पार गरेका दोस्रो, तेस्रो, चौथो र पाँचौ हुनेलाई क्रमश। ५०, २५, १५ र १० हजार पुरस्कार सहित मेडल र प्रमाण पत्र पाउने आयोजक संस्थाले जनाएको छ।

विगत १ दशकदेखी सञ्चालनमा आएको लिगलिगे दौडको यो ११औं संस्करण भएको अभियानका अध्यक्ष संञ्जिव राना मगरले जानकारी दिए।

दौड पालुङटार नगरपालिका–५ को चेपे दोभानबाट सुरु भएर वडा नम्बर २ को लिगलिग कोटमा रहेको कालिका मन्दिरमा पुगेर टुगिएको थियो।

३ समूह चरणमा छुट्टाईएको प्रतियोगितामा स्थानिय ७०० लिगलिग र बिद्यार्थीहरुको दौड समेत समावेश गरिएको छ। खुल्ला तर्फ भाग नलिने स्थायिनले भने क्रमश। २०, १५, १०, ५ र ३ हजार रुपैयाँ नगद सहित मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन्।

त्यस्तैगरी, बिद्यार्थीहरुले भाग लिन चाहेको खण्डमा सम्वन्धित बिद्यालयबाट पत्र लिएर आएको खण्डमा १८ बर्ष मुनीका छात्रले सहभागिता जनाउन सक्ने छ। उनीहरुले भने १५, १०, ७, ५ र ३ हजार नगद सहित मेडल र प्रमाणपत्र पाउनेछन्। बिद्यार्थीहरुको लागि भने पालुङटार नगरपालिका–३ को मैबलबाट कालिका मन्दिरसम्मको ३ किलोमिटर दौडमा सहभागी गराइने आयोजक संस्थाका अध्यक्ष सञ्जिव राना मगरले बताए।

परापूर्व कालमा उक्त स्थानमा दौडिएर राजा हुने इतिहास थियो। सोही इतिहासलाई जिवित पार्न लिगलिग बिकास अभियानले बर्षेनी दौड प्रतियोगिताको आयोजना गर्दै आएको छ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’ बीचको खेल रद्द

काठमाडौँ । नेपाल ए र आयरल्याण्ड ए बीचको टी-२० सिरिजको पहिलो खेल रद्ध भएको छ । लगातारको बर्षाका कारण मैदान

नेपालले महिला एसिया कप क्रिकेट खेल्ने

काठमाडौँ । नेपालको महिला राष्ट्रिय क्रिकेट टोलीले एसीसी महिला एसिया कप खेल्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)का अनुसार

बहराइनसँग नेपाल ३-० ले पराजित

काठमाडौँ । नेपाल फिफा विश्वकप तथा एएफसी एसियन कप छनोटअन्तर्गत बहराइनसँग पराजित भएको छ । गएराती सम्पन्न खेलमा बहराइनले नेपाललाई

आयरल्यान्ड ‘ए’ माथि नेपालको लगातार दोस्रो जित

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीले टी–२० आई खेलमा आयरल्याण्ड वुल्भ्सको ‘ए’ टोलीविरुद्ध लगातार दोस्रो जित निकालेको छ । नेपालले

नेपालले आयरल्याण्ड ‘ए’ लाई दियो १९९ रनको लक्ष्य

काठमाडौँ । नेपाले आयरल्याण्ड वुल्भ्सको ‘ए’ टोलीलाई जितका लागि १९९ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस

आयरल्यान्ड वुल्भ्समाथि नेपालको जित

काठमाडौँ । पहिलो टी–२० खेलमा आयरल्यान्डको ए क्रिकेट टिम आयरल्यान्ड्स वुल्भ्समाथि नेपाली राष्ट्रिय क्रिकेट टिमले जित हात पारेको छ ।

Techie IT