मतदाता नामावलीमा नाम लेखाउन स्थानीय तहमा पनि भीड

बनेपा, साउन २८ । काभ्रेपलाञ्चोकको स्थानीय तहमा फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराउन भीड लाग्न थालेको छ ।

 

सात गाउँपालिका र ६ नगरपालिकामा आठ दिनको अवधिमा ६ हजार ७२ जनाले फोटोसहितको मतदाता नामावलीमा आफ्नो नाम दर्ता गरेका छन् ।

 

उनीहरुले गत १६ गतेदेखि २३ गतेसम्म स्थानीय तहमा पुगेर नाम दर्ता गराएका हुन । नाम दर्ता गराएकामध्ये तीन हजार ३५ महिला र तीन हजार ३७ पुरुष रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

 

यो सँगै जिल्लाबाट फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराउनेको संख्या साउनयता कुल १२ हजार ९३२ पुगेको छ । यसअघि जिल्ला निर्वाचन कार्यालय, धुलिखेलबाट मात्रै ६ हजार ८६० जनाले फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराएका थिए ।

 

काभ्रेपलाञ्चोकका निर्वाचन अधिकारी मधुकर पोखरेलले स्थानीय तहमा पनि फोटोसहितको मतदाता नामावलीको लागि भीड बढेको जानकारी दिँदै स्थानीय तहले कर्मचारी व्यवस्थापन गरेर फोटोसहितको मतदाता नामावली संकलन भएको बताए ।

 

१६ वर्ष उमेर पुगेका सबै नागरिकले फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराउन पाउने तर मतदान गर्न १८ वर्ष उमेरको हुनुपर्ने कानूनी प्रावधान छ ।

 

यसअघि जिल्लामा कूल दुई लाख ३० हजार ८४९ मतदाता रहेका थिए । स्थानीय तहमा फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराउनुका साथै सच्चाउनसमेत स्थानीयवासीको भीड लागेको छ ।



Your Comment

थप समाचार

एनआरएन यूकेको सल्लाहकार परिषद बैठकमा आए यस्ता 'सल्लाह र सुझाव'

  • 1 hour ago
एनआरएन यूकेको सल्लाहकार परिषद बैठकमा आए यस्ता 'सल्लाह र सुझाव'

लण्डन । गैरआवासीय नेपाली संघ एनआरएन यूकेको सल्लाहकार परिषदको बैठक आइतबार फार्नबरोस्थित भिलेज होटेलमा सम्पन्न भएको छ । झण्डै दुई सय सल्लाहकार सहभागी बैठकमा विभिन्न सल्लाह तथा सुझावहरु संकलन गरिएको छ ।

ईनास युरोपस्तरीय नृत्य तथा गायन प्रतियोगिताका लागि बेलायतबाट छानिए ६ प्रतियोगी

  • 5 hours ago
ईनास युरोपस्तरीय नृत्य तथा गायन प्रतियोगिताका लागि बेलायतबाट छानिए ६ प्रतियोगी

शनिबार प्लमस्टिडमा सम्पन्न अडिसनबाट गायन तथा नृत्य दुवै विधामा ३ / ३ जना प्रतियोगी छनौट भएका छन् ।

नाइटोले खाेल्छ महिलाको यस्ताे राज

  • 11 hours ago
नाइटोले खाेल्छ महिलाको यस्ताे राज

एजेन्सी । महिलाको सुन्दरतामा मात्र होइन समुन्द्र शास्त्रमा पनि निक्कै महत्व छ नाइटो अर्थात नाभीको ।


Loading...

भिडियो

hamropatro

विचित्र विश्व

जब यी अमेरिकन राष्ट्रपतिहरु यस्ता विवादहरुमा फसेँ

जब यी अमेरिकन राष्ट्रपतिहरु यस्ता विवादहरुमा फसेँ

एजेन्सी । अमेरिकी राष्ट्रपतिहरु कतिपय राजनैतिक चर्चाभन्दा पनि सेक्स स्क्याण्डलका कारण चर्चामा आए । उनीहरुको यही चर्चाले कतिपय राष्ट्रपतिहरु आलोचित छन् । सेक्स स्क्याण्डलको रहस्य खुलेपछि