स्थानीय तहमा एमालेले पूरा गर्यो शतक, १०५ स्थानमा विजयी

  • शुक्रबार, ५ जेष्ठ, २०७४
  • 9 months ago
  • नेपाल

काठमाडौं, जेठ ५ । स्थानीय तहको पहिलो चरणको निर्वाचनमा नेकपा एमालेले अहिलेसम्म ३३ नगरपालिका र ७२ गाउँपालिका गरी १०५ स्थानीय तहमा विजय हासिल गरेको छ ।

 

घोषित मत परिणामअनुसार निर्वाचन भएका ३४ जिल्लाका सदरमुकाम तथा प्रमुख शहरी क्षेत्रका नगरपालिकामा एमालेले विजय हासिल गरेको छ ।

 

मतगणना भइरहेका चार महानगरपालिकामध्ये तीन महानगरपालिका काठमाडौं, भरतपुर र पोखरा–लेखनाथमा एमालेको अग्रता कायमै छ भने ललितपुर महानगरमा पनि नेपाली काँग्रेसका उम्मेदवारसँग एमालेले मतान्तर कम गर्दै अगाडि बढिरहेको छ ।

 

पछिल्लो मत परिणामअनुसार काभ्रेपलाञ्चोकको ऐतिहासिक शहर पनौतीको नगरप्रमुख र उपप्रमुखमा एमालेका भीम न्यौपाने र गीता बञ्जारा निर्वाचित भएका छन् ।

 

विगतमा सधै नेपाली कांग्रेसले जित्दै आएका नवलपरासीको गैडाकोट र काभ्रेको बनेपामा समेत यसपाली एमालेले विजय हासिल गरेर कांग्रेसको गढ भत्काएको छ । साथै, एमालेबाट दुई जना दलित समुदाय र दुई जना महिला नगरप्रमुखमा विजयी भएका छन् ।

 

यस्तो छ नेकपा एमालेले जितेको नगरपालिका र गाँउपालिकाको सूची

 

 



    Your Comment

    थप समाचार

    पोखराको बिजयपुरमा टाईम बम विस्फोट

    • 5 minutes ago
    पोखराको बिजयपुरमा टाईम बम विस्फोट

    पोखरा । पोखराको बिजयपुर खोलामा टाईम बम विष्फोट हुँदा पत्रकार घनश्याम पाण्डे र प्रहरी कुलबहादुर खत्री घाइते भएका छन् ।

    मोबाइल, ल्यापटपसम्बन्धी प्राविधिक बन्ने युवाहरुलाई समेट्दै एलाइन्स

    • 14 minutes ago
    मोबाइल, ल्यापटपसम्बन्धी प्राविधिक बन्ने युवाहरुलाई समेट्दै एलाइन्स

    काठमाडौं । विगत ८ वर्षदेखि काठमाडौंको पुतलीसडकमा रहेर बेरोजगारीको समस्याले जरा गाडेको अवस्थामा युवाहरुलाई दक्ष बनाई रोजगारीको अवसर प्रदान गर्दै आएको एलाइन्स ल्यापटप एण्

    प्रचण्डको प्रष्टोक्तिः पाँच वर्ष ओली नै प्रधानमन्त्री

    • 15 minutes ago
    प्रचण्डको प्रष्टोक्तिः पाँच वर्ष ओली नै प्रधानमन्त्री

    काठमाडौं, फागुन ८ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब पाँच वर्षका लागि केपी शर्मा ओली नै प्रधानमन्त्री हुने बताएका छन् । एक कार्यक्रममा सहभागी हुन चितवन पुगेका


    Loading...

    भिडियो

    hamropatro

    नेपाल

    पोखराको बिजयपुरमा टाईम बम विस्फोट

    पोखराको बिजयपुरमा टाईम बम विस्फोट

    पोखरा । पोखराको बिजयपुर खोलामा टाईम बम विष्फोट हुँदा पत्रकार घनश्याम पाण्डे र प्रहरी कुलबहादुर खत्री घाइते भएका छन् ।

    जीवनशैली

    वैज्ञानिकले गरे भविष्यवाणी, यति वर्षपछि पृथ्वीबाट हराउने छ मानव अस्तित्व

    वैज्ञानिकले गरे भविष्यवाणी, यति वर्षपछि पृथ्वीबाट हराउने छ मानव अस्तित्व

    उनले यसको विकल्प स्वरुप अर्को ग्रह खोज्नुपर्ने बताएका छन् । हकिङ्सले भनेका छन्,‘मलाई लाग्दैन कि अर्को ग्रह नखोजी पृथ्वीमा एक हजार सालसम्म मानिसहरु जीवित रहन सक्छन् ।’

    विचित्र विश्व

    जब यी अमेरिकन राष्ट्रपतिहरु यस्ता विवादहरुमा फसेँ

    जब यी अमेरिकन राष्ट्रपतिहरु यस्ता विवादहरुमा फसेँ

    एजेन्सी । अमेरिकी राष्ट्रपतिहरु कतिपय राजनैतिक चर्चाभन्दा पनि सेक्स स्क्याण्डलका कारण चर्चामा आए । उनीहरुको यही चर्चाले कतिपय राष्ट्रपतिहरु आलोचित छन् । सेक्स स्क्याण्डलको रहस्य खुलेपछि