'स्थानीय निकायको निर्वाचन असंवैधानिक'

फाइल तस्विर

रौतहट, चैत ५ । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेसी मोर्चाका माग सम्बोधन नगरी कुनैपनि हालतमा निर्वाचन हुन नसक्ने दावी गरेका छन् ।


शनिवार रिपोर्टर्स क्लब नेपाल रौतहट शाखाद्वारा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष यादवले मधेसी मोर्चाले उठाएका माग सम्बोधन नगरी कुनैपनि शक्तिको आडमा निर्वाचन गराउन नसक्ने दावी गरेका हुन् ।

 

गणतन्त्र मुलभुत समावेसीको मुद्धालाई सम्बोधन गर्न संविधान असफल रहेको उल्लेख गर्दै अध्यक्ष यादवलेदेशमा अहिले निर्वाचन भन्दा बढी संविधान संशोधनको आवश्यक्ता रहेको बताए ।
अध्यक्ष यादवले प्रमुख तीन दल मधेसीहरुलाई आपस आपसमा लडाउने षड्यन्त्रमा लागेको आरोप लगाउँदै त्यही सोंचका कारण देश अन्धकारतर्फ धकेलिरहेको पनि बताए ।

 

स्थानीय नकायको निर्वाचन असंवैधानिक

 

त्यस्तै अध्यक्ष यादवले स्थानीय निकायको निर्वाचन असंवैधानिक भएको पनि आरोप लगाएका छन् ।


काठमाडौँको सरकारले कुनैपनि प्रान्तको निर्वाचन गराउने अधिकार नराख्ने बताउँदै अध्यक्ष यादवले प्रमुख तीन दलले संघीयता सखाप पार्न स्थानीय तहको निर्वाचन घोषणा गरेको आरोप लगाए ।
‘यहाँ जुन संरचना बनाइएको छ, त्यो घोर आपत्तिजनक रहेको छ । केन्द्रीय सरकारले स्थानीय निर्वाचन नाममा मधेसमा फेरी दमन र शोषण गर्न कदम चालेको छ ।’

 

जनसंख्याको अधारमा निर्वाचन क्षेत्र घोषण गरेर अगाडी बढ्दा उपयुक्त हुने बताउँर्दै अध्यक्ष यादवले अहिले हुन लागेको निर्वाचन संघीयताको भावना विपरीत अपुर्ण संरचनामा हुन लागेको बताउँदै आफुहरु त्यसको विरोधमा रहेको बताए ।


उनले संविधान संशोधन प्रस्ताव अर्थहिन रहेको बताउँदै अब लिखित रुपमा सम्झौता भएमात्र आफुहरु सहमतिमा जाने बताए ।



    Your Comment

    Loading...

    भिडियो


    Related Post

    कांग्रेस—माओवादी चैतसम्म स्थानीय निकायको निर्वाचन गर्न सहमत

    • 8 months ago
    कांग्रेस—माओवादी चैतसम्म स्थानीय निकायको निर्वाचन गर्न सहमत

    काठमाडौं—नयाँ सरकार बनाउने गृहकार्यमा लागेका नेपाली कांग्रेस र माओवादी केन्द्र चैतसम्म स्थानीय निकायको निर्वाचन गर्न सहमत भएका छन् । बुधबार सिहंदबारका बसेको दुई दलको बैठक स्थानीय निकायको सीमांकन

    नौबुँदे सम्झौता असंवैधानिक भएको भन्दै रिट दायर

    • 11 months ago
    नौबुँदे सम्झौता असंवैधानिक भएको भन्दै रिट दायर

    काठमाडौँ, २७ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओली र एकीकृत नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहालबीच बिहीबार भएको नौबुँदे सम्झौता असंवैधानिक भएको भन्दै सर्वोच्च अदात

    उपप्रधानमन्त्री थापा भन्छन्, 'राजनीतिक सहमतिमा स्थानीय निकायको निर्वाचन हुन्छ'

    • 9 months ago
    उपप्रधानमन्त्री थापा भन्छन्, 'राजनीतिक सहमतिमा स्थानीय निकायको निर्वाचन हुन्छ'

    चितवन-उपप्रधान तथा स्थानीय विकासमन्त्री कमल थापाले राजनीतिक दलहरुको सहमतिमा स्थानीय निकायको निर्वाचन हुने बताउनुभएको छ । मिडिया नेपालले आज चितवनमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले अहिलेकै

    hamropatro


    नेपाल

    एउटा निर्णय नहुँदा लाखौं लिटर पेट्रोलियम भण्डारण गर्ने ट्यांकी वर्षैंदेखी खाली

    एउटा निर्णय नहुँदा लाखौं लिटर पेट्रोलियम भण्डारण गर्ने ट्यांकी वर्षैंदेखी खाली

    धनगढी, वैशाख १० । पेट्रोलियम पदार्थ भण्डारण गर्न बेला बखत ट्यांकीको अभाव देखिएको अवस्थामा नेपाल आयल निगम धनगढीको कार्यालयमा रहेको मट्टीतेल भण्डारण गर्ने ट्यांकी भने प्रयोगविहीन अवस्थामा छ ।

     

    सात लाख ६० हजार लि क्षमताको उक्त ट्यांकी चार वर्षअघि खाली गराइएको भए पनि अहिलेसम्म प्रयोगविहीन अवस्थामा रहेको कार्यालयका प्रमुख नरेशकुमार डङ्गोलले बताए । “निगमको केन्द्रीय टोली आएर उक्त ट्यांकी खाली गर्ने निर्णय भयो”, डङ्गोलले भने, “डिजेल भण्डारण गर्ने भनेर खाली गरिएको भए पनि अहिलेसम्म निर्णय हुन नसक्दा ट्यांकी बन्द अवस्थामा छ ।”

    जीवनशैली

    डण्डीफोरले सताएको छ ? अब यसो गर्नुहोस्

    डण्डीफोरले सताएको छ ? अब यसो गर्नुहोस्

    शरीरमा भिटामिन बी–१२ को मात्रा धेरै हुादा डन्डिफोर आउने युनिभर्सिटी अफ क्यालिफोर्नियाका वैज्ञानिकले गरेको एक अध्ययनले देखाएको छ ।