देशभरका गाविस विघटन, ७४४ स्थानीय तह आजैबाट कार्यन्वयन

  • शुक्रबार, २७ फागुन, २०७३
  • 8 months ago
  • नेपाल


काठमाडौं, फागुन २८ । सरकारले गाउँ विकास समितिहरुको संरचना आजैदेखि भंग भएको घोषणा गरेको छ ।


स्थानीय विकास मन्त्री कमल थापाले शुक्रबार मन्त्रालयमा पत्रकार सम्मेलन आयोजना गरी गाविस संरचनाहरु विघटन भएको घोषणा गरेका हुन् ।


‘राजपत्रमा ७४४ वटा स्थानीय तहको संरचना प्रकाशित भइसकेको छ । अब गाउँपालिकाहरु अस्थित्वमा आएका छन् । यस अघिका गाविसहरु विघटन भएका छन्,’ उपप्रधानमन्त्री एवं स्थानीय विकास मन्त्री थापाले भने ।


थापाले विहिबार साँझ मात्रै उपप्रधान तथा स्थानीय विकास मन्त्रीको रुपमा सपथ ग्रहण गरेका थिए । उनले शुक्रबारबाट जिम्मेवारी सम्हालेका छन् ।


यसअघिका स्थानीय विकासमन्त्री हितराज पाण्डेले जाँदा जाँदै स्थानीय तहको संरचनामा हस्ताक्षर गरी राजपत्रमा प्रकाशित गराएका थिए । सरकारले पाण्डेलाई हटाएर थापालाई सो मन्त्रालयको जिम्मेवारी दिएको छ ।

 

अब यसअघिका गाविसहरु वडा कार्यलयमा परिणत भएका छन् । २०४७ सालको संविधान बनेपछि गाउँ विकास समितिहरु गठन भएका थिए ।


गाउँपालिकाको तत्काल न्यूनतम बजेट एक करोड रुपैयाँ हुनेछ । संविधानले गाउँ पालिकालाई एकल रुपमा प्रयोग गर्न सक्ने गरी २२ वटा अधिकार प्रत्यायोजन गरेको छ । नगर प्रहरी, सहकारी संस्था, एफएम सञ्चालन, स्थानीय कर, स्थानीय सेवाको व्यवस्थापन अब गाउँपालिकाबाट नै हुनेछन् ।

 



    Your Comment

    थप समाचार

    निर्दयी सुनमाया : ७५ वर्षीय भूपू गोर्खा लिम्बुको घांटी अट्ठ्याएर गरिन् हत्या

    • 10 hours ago
    निर्दयी सुनमाया : ७५ वर्षीय भूपू गोर्खा लिम्बुको घांटी अट्ठ्याएर गरिन् हत्या

    लिम्बूको हत्या गरेको तथा नीजकी श्रीमतिलाई आक्रमण गरी बन्धक बनाएको लगायतका अभियोगमा मुद्धा खेपिरहेकी आरोपी ५० वर्षीया सुनमाया तामांगले भने अदालतसामु आफुमाथि लगाइएको अभिय

    के साँच्चै प्रियंकाले पाएकै हुन् त जीवनसाथी ? एकसाथ दुवै यस्तो अवस्थामा भेटिए

    • 11 hours ago
    के साँच्चै प्रियंकाले पाएकै हुन् त जीवनसाथी ? एकसाथ दुवै यस्तो अवस्थामा भेटिए

    एजेन्सी । बलिउडदेखि हलिउडसम्म आफ्नो खास पहिचान बनाउन सफल अभिनेत्री प्रियंका चोपडा यी दिनहरुमा निकै चर्चामा रहेकी छिन् । 

    बलिउड अभिनेता सलमान खानको साथमा ज्याकलिन नेपाल आउँदै

    • 12 hours ago
    बलिउड अभिनेता सलमान खानको साथमा ज्याकलिन नेपाल आउँदै

    मंसिर २ । बलिउड सुपरस्टार सलमान खान बलिउडमा चर्चित श्रीलंकाली अभिनेत्री ज्याकलिन फर्नान्डिसका साथमा नेपाल आउँदैछन् ।


    Loading...

    भिडियो

    hamropatro

    नेपाल

    "वाम गठबन्धनको बहुमत पुग्नु भनेको भ्यागुताले धार्नी उचाल्ने जस्तै" - प्रम देउवा

    बाजुरा, मंसिर २ । नेपाली काँग्रेसका सभापति एवँ प्रधानमन्त्री शेरबहादुर देउवाले वाम गठबन्धनले जनताको अधिकारलाई रक्षा गर्न नसक्ने बताएका छन् । 

    जीवनशैली

    कुनैपनि काम नबनेर हैरान हुनुहुन्छ ? दशाग्रहले सताएको छ ? १ कचौरा नुन बाथरुममा राख्नुस्

    कुनैपनि काम नबनेर हैरान हुनुहुन्छ ? दशाग्रहले सताएको छ ? १ कचौरा नुन बाथरुममा राख्नुस्

    एजेन्सी । नूनको प्रयोगसहित गरिने केही उपायले घरका सदस्यको सोँच नै सकारात्मक हुन्छ । नूनले खानाको स्वाद मात्र बढाउने होइन यसले बास्तु दोष पनि कटाउन मद्दत पुर्‍याउँछ ।