७४४ स्थानीय तह आजैबाट कार्यन्वयन, यस्ता छन गाउँपालिकाको अधिकार क्षेत्र

  • शुक्रबार, २७ फागुन, २०७३
  • 1 year ago
  • नेपाल

काठमाडौं, फागुन २८ । सरकारले गाउँ विकास समितिहरुको संरचना आजैदेखि भंग भएको घोषणा गरेको छ ।


स्थानीय विकास मन्त्री कमल थापाले शुक्रबार मन्त्रालयमा पत्रकार सम्मेलन आयोजना गरी गाविस संरचनाहरु विघटन भएको घोषणा गरेका हुन् ।


‘राजपत्रमा ७४४ वटा स्थानीय तहको संरचना प्रकाशित भइसकेको छ । अब गाउँपालिकाहरु अस्थित्वमा आएका छन् । यस अघिका गाविसहरु विघटन भएका छन्,’ उपप्रधानमन्त्री एवं स्थानीय विकास मन्त्री थापाले भने ।


यसअघिका स्थानीय विकासमन्त्री हितराज पाण्डेले जाँदाजाँदै स्थानीय तहको संरचनामा हस्ताक्षर गरी राजपत्रमा प्रकाशित गराएका थिए । सरकारले पाण्डेलाई हटाएर थापालाई सो मन्त्रालयको जिम्मेवारी दिएको छ ।


अब यसअघिका गाविसहरु वडा कार्यलयमा परिणत भएका छन् । २०४७ सालको संविधान बनेपछि गाउँ विकास समितिहरु गठन भएका थिए ।


गाउँपालिकाको तत्काल न्यूनतम बजेट एक करोड रुपैयाँ हुनेछ । संविधानले गाउँ पालिकालाई एकल रुपमा प्रयोग गर्न सक्ने गरी २२ वटा अधिकार प्रत्यायोजन गरेको छ ।


के के छन त गाउँपालिकाले प्रयोग गर्न सक्ने अधिकार ?


संविधानको अनुसूची–८ मा व्यवस्था भएअनुसार स्थानीय तहले निम्नअनुसारको अधिकार प्रयोग गर्न सक्छन्


१. नगर प्रहरी


२. सहकारी संस्था


३. एफएम सञ्चालन


४.स्थानीय कर (सम्पत्ति कर, घर बहाल कर, घर जग्गा रजिष्ट्रेशन शूल्क, सवारी साधन कर) सेवा शुल्क दस्तुर, पर्यटन शुल्क, विज्ञापन कर, व्यवसाय कर, भूमिकर (मालपोत) दण्ड जरिवाना, मनोरञ्जन कर, मालपोत संकलन ।


५. स्थानीय सेवाको व्यवस्थापन


६. स्थानीय तथ्यांक र अभिलेख संकलन


७.स्थानीय स्तरका विकास आयोजना तथा परियोजनाहरु


८.आधारभूत र माध्यामिक शिक्षा


९.आधारभूत स्वास्थ्य र सरसफाइ


१०. स्थानीय बजार व्यवस्थापन, वातावरण संरक्षण र जैविक विविधता


११. स्थानीय सडक, ग्रामीण सडक, कृषि सडक, सिंचाइ


१२.गाउँ सभा, नगर सभा, जिल्ला सभा, स्थानीय अदालत, मेलमिलाप र मध्यस्थताको व्यवस्थापन


१३. स्थानीय अभिलेख व्यवस्थापन


१४.घर जग्गा धनी पुर्जा वितरण


१५. कृषि तथा पशुपालन, कृषि उत्पादन व्यवस्थापन, पशु स्वास्थ्य, सहकारी


१६. जेष्ठ नागरिक, अपांगता भएका व्यक्ति र अशक्तहरुको व्यवस्थापन


१७. बेरोजगारको तथ्यांक संकलन


१८. कृषि प्रसारको व्यवस्थापन, सञ्चालन र नियन्त्रण


१९. खानेपानी, साना जलविद्युत आयोजना, वैकल्पिक उर्जा


२०. विपद व्यवस्थापन


२१. जलाधार, वन्यजन्तु, खानी तथा खनिज पदार्थको संरक्षण


२२. भाषा संस्कृति र ललितकलाको संरक्षण र विकास

 

सम्बन्धित समाचार

हेर्नुहाेस् तपार्इ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयाे (सूची सहित)

 



Your Comment

थप समाचार

नयां नेतृत्व चुन्दै नेपाली साहित्य विकास परिषद बेलायत , अधिवेसन मे १३ मा

  • 26 minutes ago
नयां नेतृत्व चुन्दै नेपाली साहित्य विकास परिषद बेलायत , अधिवेसन मे १३ मा

मे १३ तारिख आइतबार लण्डनको एक्टनस्थित एबिआई कलेजमा परिषदको अधिवेसन हुंदैछ । अधिवेसनबाट संस्थाको नयां नेतृत्व चयन गर्न कृष्ण भट्टको संयोजकत्वमा निर्वाचन समिति गठन गरिएको छ ।

महारानी एलिजावेथपछि युवराज चार्ल्स कमनवेल्थ प्रमुख बन्ने

  • 1 hour ago
महारानी एलिजावेथपछि युवराज चार्ल्स कमनवेल्थ प्रमुख बन्ने

कमलनवेल्थ अन्तर्गतका ५३ मुलुकहरुको यो नेटवर्कको प्रमुखमा अहिले बेलायती महारानी एलिजावेथ द्धितिया छन् । महारानी स्वयमले पनि आफ्नो यो जिम्मेवारी आफुपछि युवराज चार्ल्सलाई नै दिने ईच्छा जाहेर गरेको बताइएक

बेलायत नेपाल प्रज्ञा परिषद अध्यक्षमा डा. अधिकारी निर्वाचित

  • 1 hour ago
बेलायत नेपाल प्रज्ञा परिषद अध्यक्षमा डा. अधिकारी निर्वाचित

परिषदको हालै सम्पन्न निर्वाचनबाट आगामी ४ बर्षको लागि डा. अधिकारीको नेतृत्वमा तीन जना मुख्य कार्यकारी पदाधिकारीहरूको निर्विरोध चयन भएको हो । 


Loading...
The British College

भिडियो

hamropatro

जीवनशैली

अम्बानीकी छोरी : यति सानै उमेरमा ४ करोड भन्दा बढी कमाउँछिन्

अम्बानीकी छोरी : यति सानै उमेरमा ४ करोड भन्दा बढी कमाउँछिन्

एजेन्सी । रिलायन्स र जियोको बोर्ड मिटिङमा आफ्नो दमदार प्रस्तुती दिएकी एसियाकै धनि मुकेश अम्बानीकी छोरी ईशा अम्बानी छिट्टै बलिउडमा देखिने भएकी छिन् । उनी फिल्म प्रोड्युसरको रुपमा बलिउडमा प्रवेश गर्न लागेकी हुन् ।

विचित्र विश्व

२७ वर्ष काटेपछि बुढीकन्ये !

२७ वर्ष काटेपछि बुढीकन्ये !

एजेन्सी । २७ वर्षभन्दा उमेर कटेका युवतीलाई चिनीयाँ समाजमा ‘बुढी कन्या’ भनेर हैरान पार्छ । समयमै विवाह गर्नुपर्ने राय बाड्ने यहाँको समाज उमेर उकालो लाग्ने बित्तिकै छानेर छाडिएकी वा कुनै गम्भिर समस्या भएकी भन्नेसम्म शंका गर्छ ।