गाउँपालिका र नगरपालिकामा यसरी हुन्छ जनप्रतिनिधिकाे निर्वाचन, जान्नै पर्ने तथ्य

काठमाडौं, चैत्र १ । सरकारले गत शुक्रबारबाट ७ सय ४४ स्थानीय तह कार्यान्वयनमा ल्याएको छ । यसअघि स्थानीय निकायको रुपमा रहेका गाउँ विकास समिति र नगरपालिकाहरु स्थानीय तहको रुपमा गाउँपालिका र नगरपालिकामा परिणत भएका छन् ।

 

जिल्ला विकास समिति जिल्ला समन्वय समितिमा रुपान्तरण भएको छ । गाउँपालिका, नगरपालिका र जिल्ला समन्वय समितिले अब स्थानीय तहको रुपमा काम गर्नेछन् ।


संविधानको धारा २१४ को उपधारा (४) मा व्यवस्था भएअनुसार गाउँपालिका र नगरपालिकाको कार्यकारी कार्य गाउँ कार्यपालिका र नगर कार्यपालिकाको नाममा हुनेछ ।


यसरी गठन हुनेछ गाउँ कार्यपालिका


संविधानले प्रत्येक गाउँपालिकामा एक जना गाउँ कार्यपालिका अध्यक्ष रहने व्यवस्था गरेको छ । उसैको अध्यक्षतामा गाउँ कार्यपालिका गठन हुने व्यवस्था छ । त्यसैगरी, गाउँ कार्यपालिकामा एक जना उपाध्यक्ष, प्रत्येक वडाबाट निर्वाचित वडा अध्यक्ष र गाउँ सभाका सदस्यहरुले आफूमध्येबाट निर्वाचित गरेका चार जना महिला सदस्य र दलित वा अल्पसंख्यक समुदायबाट गाउँ सभाले निर्वाचित गरेका दुई जना सदस्य समेत गाउँ पालिकाको सदस्य हुनेछन् ।


गाउँ कार्यपालिकाको अध्यक्ष र उपाध्यक्ष गाउँ पालिका क्षेत्रभित्रका मतदाताले प्रत्यक्ष रुपमा निर्वाचित गर्नेछन् ।


यस्तो हुन्छ गाउँ सभा


संविधानले प्रत्येक गाउँपालिकामा एक गाउँ सभा रहने व्यवस्था गरेको छ । गाउँ सभामा गाउँ कार्यपालिका अध्यक्ष र उपाध्यक्ष, वडा अध्यक्ष र प्रत्येक वडाबाट निर्वाचित चार जना सदस्य र दलित र अल्पसंख्यक समुदायबाट निर्वाचित व्यक्ति गाउँ कार्यपालिकाका सदस्य गाउँ सभामा रहनेछन् ।


चार जना सदस्य मध्ये दुई खुल्ला हुन्छन भने दुई सदस्य महिला हुनुपर्ने व्यवस्था छ । दलित वा अल्पसंख्यक समुदायबाट प्रतिनिधि नभएको उक्त पद खाली रहने व्यवस्था स्थानीय तह निर्वाचन ऐनले गरेको छ ।


गाउँसभाको निर्वाचनको अन्तिम परिणाम प्राप्त भएको मितिले १५ दिनभित्र गाउँसभाको बैठक बसेर सदस्यहरुले आफूमध्येबाट चारजना महिला सदस्य र दलित वा अल्पसंख्यक समुदायबाट २ जना सदस्य गाउँ कार्यपालिकामा पठाउनको लागि निर्वाचित गर्नुपर्ने व्यवस्था छ ।


यसरी गठन हुन्छ नगर कार्यपालिका


प्रत्येक नगरपालिकामा एक जना नगर कार्यपालिका प्रमुख हुन्छन । निजको अध्यक्षतामा नगर कार्यपालिका गठन हुनेछ । त्यसैगरी, एक जना उपप्रमुख, प्रत्येक वडाबाट निर्वाचित वडा अध्यक्ष र नगर सभाका सदस्यले आफूमध्येबाट निर्वाचित गरेका पाँच जना महिला सदस्य तथा दलित वा अल्पसंख्यक समुदायबाट नगर सभाले निर्वाचित गरेका तीन जना सदस्य नगर कार्यपालिकाको सदस्य हुनेछन् ।


नगर कार्यपालिकाको प्रमुख र उपप्रमुख नगरपालिका क्षेत्रभित्रका मतदाताले प्रत्यक्ष निर्वाचनद्वारा निर्वाचित गर्नेछन् । यसैको लागि सरकारले आगामी वैशाख ३१ गते निर्वाचनको मिति घोषणा गरेको छ ।


राष्ट्रिय सभाका मतदाता


गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष र नगरपालिकाका प्रमुख उपप्रमुखले राष्ट्रियसभा गठनका लागि मतदान गर्नेछन ।

 

नयाँ शक्ति छाड्दै रामेश्वर खनालले भने-  राजनीति मेराे क्षमताकाे विषय रहेनछ

यस्ता छन गाउँपालिकाकाे अधिकार क्षेत्र

तपार्इ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयाे ?


Loading...

Your Comment


भिडियो


Related Post

गर्भावस्थाका यस्ता भ्रम र जान्नै पर्ने तथ्य

  • 3 months ago
गर्भावस्थाका यस्ता भ्रम र जान्नै पर्ने तथ्य

काठमाडौं, मंसिर १४ । गर्भावस्था महिलाको लागि निकै संवेदनशील अवस्था हो । गर्भावस्थाको बेला महिलालाई निकै धेरै स्याहार र माया चाहिन्छ ।

अब कपिलवस्तुमा पाँच नगरपालिका र ६ गाउँपालिका, कुन ठाउँ कुन पालिकामा ?

  • 4 months ago
अब कपिलवस्तुमा पाँच नगरपालिका र ६ गाउँपालिका, कुन ठाउँ कुन पालिकामा ?

कपिलवस्तु । कपिलवस्तुमा पाँचवटा नगरपालिका र ६ गाउँपालिका बनाउने सर्वदलीय सहमति जुटेको छ । स्थानीय निकायको सिफारिस गर्न गठित जिल्ला प्राविधिक समितिको आयोजनामा भएको सर्वद

स्थानीयले गाउँपालिका उद्घाटन गर्न पुगेका कर्मचारीलाई लखेटे

  • 1 day ago
स्थानीयले गाउँपालिका उद्घाटन गर्न पुगेका कर्मचारीलाई लखेटे

सोलुखुम्बु, चैत ९ । स्थानीय निकायको पुनर्संरचना गर्दा साबिकको तिंला गाविसवासीको भावना विपरीत नेचासल्यान गाउँपालिकामा समाहित गरेको भन्दै साबिकको तिंलावासीले विरोध गर्दा

hamropatro

नेपाल

प्रधानमन्त्री चीन जानुअघि आएका चिनीयाँ रक्षामन्त्रीले के कुरा गरे दाहालसँग ?

प्रधानमन्त्री चीन जानुअघि आएका चिनीयाँ रक्षामन्त्रीले के कुरा गरे दाहालसँग ?

काठमाडौंं, चैत्र १० । प्रधानमन्त्री र चीनका रक्षामन्त्री जनरल चाङ वानक्वानबीच भेट भएको छ ।

 

नेपालको तीन दिने भ्रमणमा आएका चिनीयाँ रक्षामन्त्रीसँग बिहिबार दिउसो प्रधानमन्त्री निवास बालुवाटारमा शिष्टाचार भेट भएको हो । भेटका अवसरमा प्रधानमन्त्रीले नेपाल र चीनबीच लामो समयदेखि गहिरो आत्मीय सम्बन्ध रहँदै आएको बताउँदै यसखालका उच्चस्तरीय भ्रमणले सम्बन्ध अझ माथि उठाउने बताएका थिए ।

जीवनशैली

विवाह गर्न यस्ता ट्रेनिङ लिन्छन् जापानका युवाहरु

विवाह गर्न यस्ता ट्रेनिङ लिन्छन् जापानका युवाहरु

विवाह गर्नु एउटा ठुलो निर्णय लिनु हो । तर, कुनै ठाउँमा भने यो ठुलो मुस्किल समेत बन्ने गरेको छ । जापानका अविवाहित युवाहरु विवाह विवाहको लायक बन्न केही विशेष कुराहरु सिक्ने गर्छन् । जापानमा यो अचम्म लाग्दो परम्परालाई ‘इकुमेन’ भनिन्छ ।

विचित्र विश्व

तापक्रम वृद्धिको असरले होचो हुनेछन् मानिसहरु !

तापक्रम वृद्धिको असरले होचो हुनेछन् मानिसहरु !

ग्लोबल वार्मिङको कारणले वातावरणमा पर्ने धेरै नकरात्मक असरहरुको बारेमा हामीले सुनेका छौं तर, यससँग सम्बन्धित एउटा नयाँ तथ्य अगाडी आएको छ ।