Techie IT
२०८० चैत्र १५, बिहीबार
NepaliPatra logo
गृहपृष्ठनेपालनिर्वाचनमा गोरखा गएको औचित्य पुष्टि हुनेगरी काम गर्छुः प्रधानमन्त्री

निर्वाचनमा गोरखा गएको औचित्य पुष्टि हुनेगरी काम गर्छुः प्रधानमन्त्री


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गोरखाले चीरकालसम्म स्मरण गर्नेगरी सो जिल्लाको विकासमा लागिपरेको बताएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज गोरखा पत्रकार समाज नेपालका पदाधिकारीसँगको भेटमा प्रधानमन्त्री दाहालले गोरखाको विकासमार्फत् आफू निर्वाचनका लागि गोरखा गएको औचित्य पुष्टि गर्ने स्पष्ट ग पारे ।

उनले भने, “यसपटक नीतिगत निर्णय र बजेट बिनियोजनको कमाण्ड लिएको छु, गोरखा मेरो उच्च प्राथामिकतामा छ । सबैले महसुस गर्नेगरी काम गर्ने मेरो योजना छ ।” उनले जनताका अपेक्षा धेरै भएको भन्दै गोरखाको विकासमा चाहेजति ध्यान दिन नसकेको पनि उल्लेख गरे ।

बिगतमा समयको दबाबले अपेक्षाअनुसारको काम गर्न नसकेको उल्लेख गर्दै उहाँले यसपटक भने आफूले गोरखालाई उच्च प्राथामिकतामा राखेको दोहोर्याए । उनले आँपपिपल अस्पतालको क्षमताअभिबृद्धिका लागि मन्त्रिपरिषद्बाट निर्णय भइसकेको जानकारी गराउँदै केही दिनभित्र बुढीगण्डकी आयोजना शिलन्यास हुने जानकारी दिए ।

उनले भने, “बुढीगण्डकी जलविद्युत् आयोजना निर्माणका लागि स्रोतको सुनिश्चितता भइसकेको छ । अब केही दिनभित्रै शिलन्यास हुन्छ । यसले पनि गोरखामा मात्रै नभइ मुलुकमा नै केही राम्रो काम हुँदैछ भन्ने सन्देश जानेछ ।”

उनले हाल बन्द रहेको गोरखकाली रबर उद्योग सञ्चालनका लागि गम्भीर छलफल भइरहेको जानकारी गराउँदै रुग्ण उद्योगहरु सञ्चालनका लागि अध्ययन भइरहेको बताए ।

प्रधानमन्त्री दाहालले कृषि क्याम्पस र कृषि तथा प्रविधिपार्क निर्माण गर्ने सोचमा आफू रहेको सुनाए । उनले केही समयअघि भएको आफ्नो चीन भ्रमणका क्रममा पनि यस विषयमा छलफल भएको जानकारी गराए ।

उनले भने “चीनमा राँगा र भैँसीको मासुको माग उच्च रहेछ । गोरखामा नै यस्तो केन्द्र निर्माण गर्नुपर्छ भन्ने मेरो सोच छ । रामपुरमा बनाउने कुरा पनि भएको थियो तर मेरो प्राथामिकता गोरखामा नै छ । यसतर्फ म लागिरेहेकै छु ।”




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

विकास निर्माणका क्षेत्रमा धेरै काम गर्न बाँकी छ: प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चालु आर्थिक वर्षमा विकास निर्माणका क्षेत्रमा अपेक्षाअनुसार धेरै काम गर्न बाँकी रहेको बताएका छन्

भारतबाट ५ सय ५४ मेगावाट बिजुली आयातका लागि सम्झौता

काठमाडौँ । नेपालले भारतबाट पाँच सय ५४ मेगावाट बिजुली आयातका लागि सम्झौता गरेको छ । नेपाल र भारतबीचको बिजुली आयात

राष्ट्रिय सभा उपाध्यक्ष अर्यालले दिइन् राजीनामा

काठमाडौँ । राष्ट्रिय सभा उपाध्यक्ष उर्मिला अर्यालले राजीनामा दिएकी छन् । अर्यालले बिहीबार राष्ट्रिय सभा अध्यक्ष नारायण दाहाललाई राजीनामा पत्र

मन्त्री चौधरी र फिनल्याण्डका राजदूतबिच शिष्टाचार भेट

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरी र नेपालका लागि फिनल्याण्डका राजदूत रिना रिक्का हेक्काबिच शिष्टाचार भेट

नयाँ दिल्लीमा आरजु देउवाको शल्यक्रिया

काठमाडौँ । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवं सांसद डा. आरजु राणा देउवाले थाइराइडको शल्यक्रिया गरेकी छन् । आरजुले भारतको नयाँ

प्रधानमन्त्रीले बोलाए संवैधानिक परिषद्को बैठक

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संवैधानिक परिषद्को बैठक बोलाएका छन् । संवैधानिक निकायमा पदाधिकारी नियुक्तिका लागि सिफारिस गर्न बैठक

Techie IT