माछापुच्छ्रे गाउँपालिका छिर्न कर तिनुपर्नेः नेपालीलाई ५०, विदेशीलाई ५ सय रुपैयाँ प्रस्ताव

पोखरा, साउन १ । अब कास्कीको माछापुच्छ्रे गाउँपालिका प्रवेश गर्न स्वदेशी तथा विदेशी पर्यटकले कर तिनुपर्ने भएको छ । शनिबार भएको गाउँसभामा प्रस्तुत प्रस्ताव अनुसार स्वदेशीलाई ५० रुपैयाँ र विदेशी पर्यटकबाट ५ सय कर लिन प्रस्ताव गरिएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना क्षेत्रभित्र पर्ने माछापुच्छ्रे गाउँपालिका पुगेका विदेशी पर्यटकसँग एक्यापले पर्यटक प्रवेश शुल्क लिने गरेको छ । 

कास्कीको माछापुच्छ्रे गाउँपालिकामा ३९ करोड बजेट प्रस्ताव गरिएको छ । गाउँसभामा गाउँपालिका अध्यक्ष कर्णबादुर गुरुङले बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गरे । शनिबार आरम्भ भएको संघीय सरकारको सशर्त १२ करोड ७१ लाख ७३ हजार, अनुदान १७ करोड ९३ लाख ८० हजार, सामाजिक सुरक्षा भत्ता ६ करोड ६६ लाख र आन्तरिक आम्दानी ५१ लाख ६५ हजार र जनसहभागिता ७० लाख गरी ३९ करोड ४७ लाख २३ हजार बजेट प्रस्ताव गरिएको छ । बजेट, नीति तथा कार्यक्रम हुने गाउँसभाबाट पारित गरी साउन ३ गते सार्वजनिक हुनेछ ।

करको दरलाई साँघुरो पारेर दायरलाई फराकिलो बनाइ एकीकृत सम्पत्ति कर प्रणाली लागू गर्न प्रस्ताव गरेको अध्यक्ष कर्णले बताए । दीगो विकासका लागि विस्तृत गुरुयोजना तयार गर्न प्रस्ताव गरिएको छ । अतिक्रमणको चपेटामा परेका प्राकृतिक स्रोत, साधन, सार्वजनिक जग्गा, पोखरी, नदीका किनार, झरना लगायतको संरक्षणलाई प्राथमिकता दिइएको छ । अभियान नै चलाएर सबैको स्वास्थ्य बिमा गर्न जनतालाई प्रोत्साहन गर्ने र अति विपन्न परिवारलाई स्वास्थ्य बिमा प्रिमियममा ५० प्रतिशत छुट दिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

Your Comment

थप समाचार

बेलायतको सर्वोच्च अदालतमा पहिलोपटक महिला प्रमुख

  • 9 hours ago
बेलायतको सर्वोच्च अदालतमा पहिलोपटक महिला प्रमुख

लण्डन । बेलायतकै इतिहासमा पहिलोपटक यहांको सर्वोच्च अदालतको प्रमुखमा एक महिला नियुक्त भएकी छिन् । 

एनआरएनए यूकेमा चुनावी सरगर्मी

  • 11 hours ago
एनआरएनए यूकेमा चुनावी सरगर्मी

अहिलेसम्म अध्यक्षको दौडमा हिराधन राई, योगकुमार फगामी र कृष्ण तिमल्सेना नै मुख्य प्रतिस्पर्धी देखिएका छन् ।

प्रेम गरेकाे भन्दै युवतीलाई निर्घात कुटपिट गर्ने पाँचजना विरद्ध मुद्दा दायर

  • 12 hours ago
प्रेम गरेकाे भन्दै युवतीलाई निर्घात कुटपिट गर्ने पाँचजना विरद्ध मुद्दा दायर

बुटवल, साउन ६। रुपन्देहीको सम्मरीमाई गाउँपालिकामा अन्तरजातीय प्रेम गरेको भन्दै युवतीमाथि निर्घात कुटपीट गर्ने पाँच जनाविरुद्ध रुपन्देही प्रहरीले ज्यान मार्ने उद्योगको मुद्दा दर्ता गरेको छ ।

भिडियो

hamropatro

नेपाल

जीवनशैली

खाली पेटमा गाँजरको जुस पिएमा मिल्छ यस्ता फाइदा

खाली पेटमा गाँजरको जुस पिएमा मिल्छ यस्ता फाइदा

हाम्रो ठिक तरिकाले खानपिन गर्ने बानीले स्वास्थको लागि धेरै अर्थ राख्छ । आजकालको कुरा गर्ने हो भने बेकारको जीवनशैली र खानपानको कारणले धेरै मानिसहरुले विभिन्न खालका मानसिक र शारीरिक समस्याहरुको सामना गरिरहनु परेको छ ।