लेस्टरको लज्जास्पद हार, ह्यारी केनको मात्रै ४ गोल

  • शुक्रबार, ५ जेष्ठ, २०७४
  • 7 months ago
  • खेल

काठमाडौं, जेठ ५ । गएराति सम्पन्न इंग्लिस प्रिमियर लिगमा लेस्टर सिटीले घरेलु मैदानमा लज्जास्पद हार बेहोरेको छ ।

 

लेस्टरले टोटनह्यामसँग ६–१ को हार बेहोरेको हो । खेलको २५ औं मिनेटमा ह्यारी केनले टोटनह्यामको लागि पहिलो गोल गरेका थिए । त्यस्तै ३६ औं मिनेटमा मिन सनले अर्को गोल गरेर पहिलो हाफमा टोटनह्याम २–० ले अगाडी रह्यो ।

 

 

खेलको ५९ औं मिनेटमा लेस्टरले गोल गरेर खेलमा फर्कने आश जगायो । उक्त गोल बेन चिलवेलले गरेका हुन् । तर, खेललाई लेस्टरले सन्तुलित बनाउन सकेन । खेलमा टोटनह्यामले गोल थपिरह्यो । ७३, ८८ र इन्जुरी समयमा ह्यारी केनले गोल गरेर भने मिन सनले पनि ७१ औं मिनेटमा व्याक्तिगत दोस्रो गोल गरे । 

 

खेलपछि ह्यारी केन प्रिमियर लिगको उच्च गोलकर्ता बनेका छन् । यसअघिको खेलसम्म २२ गोल गरेका उनले २३ गोल गर्ने एलेक्सिस सान्चेज र २४ गोल गर्ने रोमेलु लुकाकुलाई पछि पारेका छन् ।

 

 

अब यो सिजनको प्रिमियर लिग सकिन केबल एक खेल बाँकी छ ।

 

 



Your Comment

थप समाचार

बुद्ध फाउण्डेसनले आइतबार वीलवीचमा बुद्धसम्बन्धी प्रवचन आयोजना गर्दै

  • 4 hours ago
बुद्ध फाउण्डेसनले आइतबार वीलवीचमा बुद्धसम्बन्धी प्रवचन आयोजना गर्दै

लण्डन । बुद्ध फाउण्डेसन यूकेले लण्डनमा बुद्धसम्बन्धी एक प्रवचन कार्यक्रम आयोजना गर्ने भएको छ । त्यस अवसरमा विद्याधर आचार्य महायोगी श्रीधर राणा रिम्पोचेले प्रवचन दिनेछन् ।

बेलायतमा भिसा नभएका आप्रवासीहरुको रामकहानी

  • 4 hours ago
बेलायतमा भिसा नभएका आप्रवासीहरुको रामकहानी

अस्पतालमा प्रवेशाज्ञा देखाउन नसक्दा एउटा गर्भवति महिलाले करिब ५५ सय देखि ६ हजार पाउण्ड सम्मको बिल तिर्नुपर्ने बाध्यता छ । कति महिलाहरु पैसा तिर्ने डरले जोखिम मोलेरै भएपनि घरमै सुत्केरी भएका घट्ना पनि

समानुपातिकतर्फ प्रदेशसभामा चितवनबाट को–को भए निर्वाचित ?

  • 6 hours ago
समानुपातिकतर्फ प्रदेशसभामा चितवनबाट को–को भए निर्वाचित ?

काठमाण्डौ, माघ ४ । निर्वाचन आयोगले गत मङ्सिर २० र २१ गते सम्पन्न प्रदेशसभा सदस्य निर्वाचनको समानुपातकितर्फको विजयी उम्मेदवारको सूचीमा चितवनबाट ७ ज


Loading...

भिडियो

hamropatro

नेपाल

साँफे-मार्तडी राजमार्ग तीन दिन बन्द

साँफे-मार्तडी राजमार्ग तीन दिन बन्द

बाजुरा, माघ ४ । साँफे–मार्तडी राजमार्ग अन्तर्गतको बूढीगंगा नगरपालिका–१, अम्कोटेमा रहेको सडकखण्ड आजदेखि तीन दिनका लागि सडक बन्द हुने भएको छ । 

जीवनशैली

उनले तपार्इंलार्इ मन पराउछिन कि पराउदिनन् ? यस्ता छन् पत्ता लगाउने १० सुत्र

उनले तपार्इंलार्इ मन पराउछिन कि पराउदिनन् ? यस्ता छन् पत्ता लगाउने १० सुत्र

काठमाडाैं । धेरैजसो पुरुषहरु महिलाको भावना बुझ्न निकै कठिन हुने बताउँछन् । यसो हुँदा हुँदै पनि माया प्रेममा रहेकाहरु भने एकअर्का प्रति नजिक हुन विभिन्न लक्षण र प्रतिक्रियाहरु व्यक्त गर्ने गर्छन ।