महन्थ ठाकुरले भनेः अंगीकृत नागरिकलाई राष्ट्रपति, प्रधानमन्त्री बनाउने पक्षमा छैनौंँ

पर्सा, साउन १। राष्ट्रिय जनता पार्टी नेपाल राजपाका अध्यक्षमण्डलका संयोजक महन्थ ठाकुरले अंगीकृत नागरिकलाई राष्ट्रपति र प्रधानमन्त्री बनाउने पक्षमा राजपा नरहेको बताएका छन् ।

वीरगन्ज महानगरपालिका– २१ पटेलनगरमा आज आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै संयोजक ठाकुरले अन्तरिम संविधानमा भएको व्यवस्थानुसार नै नागरिकता वितरणका पक्षमा राजपा रहेको प्रस्ट पार्दै यसको उल्टो प्रचार गरी मधेस केन्द्रित दललाई बदनाम गर्ने प्रयास भएको जिकिर गरे । वैवाहिक अंगीकृत नागरिकता रहेकी महिलाले श्रीमान्सरह अधिकार पाउनुपर्ने विचार नेता ठाकुरले व्यक्त गरे ।

नेता ठाकुरले मोर्चासँग भएको सहमतिलाई सरकारले पूरा गरे स्थानीय तह निर्वाचनमा सहभागी हुन राजपा तयार रहेको दोहो¥याउँदै निर्वाचनमा सहभागी हुने वातावरण निर्माण गर्न सरकारलाई आग्रह गरे । निर्वाचनमा दल दर्ता गरिए पनि मधेसका माग सम्बोधन नभएसम्म राजपा चुनावमा नजाने उनले स्पष्ट पारे।

वीरगन्ज– २१ पटेल नगरका एक आगलागी पीडितको घरको आजै शिलान्यास गर्दै ठाकुरले देशमा प्रकृतिक विपत्ति आउँदा पूरै देश नै एक जुट भई पीडितलाई सहयोग गर्ने गरेको र यस्ता कार्यले राष्ट्रिय सद्भावलाई बलियो बनाएको धारणा व्यक्त गरे ।

Your Comment

थप समाचार

बेलायतको सर्वोच्च अदालतमा पहिलोपटक महिला प्रमुख

  • 9 hours ago
बेलायतको सर्वोच्च अदालतमा पहिलोपटक महिला प्रमुख

लण्डन । बेलायतकै इतिहासमा पहिलोपटक यहांको सर्वोच्च अदालतको प्रमुखमा एक महिला नियुक्त भएकी छिन् । 

एनआरएनए यूकेमा चुनावी सरगर्मी

  • 11 hours ago
एनआरएनए यूकेमा चुनावी सरगर्मी

अहिलेसम्म अध्यक्षको दौडमा हिराधन राई, योगकुमार फगामी र कृष्ण तिमल्सेना नै मुख्य प्रतिस्पर्धी देखिएका छन् ।

प्रेम गरेकाे भन्दै युवतीलाई निर्घात कुटपिट गर्ने पाँचजना विरद्ध मुद्दा दायर

  • 12 hours ago
प्रेम गरेकाे भन्दै युवतीलाई निर्घात कुटपिट गर्ने पाँचजना विरद्ध मुद्दा दायर

बुटवल, साउन ६। रुपन्देहीको सम्मरीमाई गाउँपालिकामा अन्तरजातीय प्रेम गरेको भन्दै युवतीमाथि निर्घात कुटपीट गर्ने पाँच जनाविरुद्ध रुपन्देही प्रहरीले ज्यान मार्ने उद्योगको मुद्दा दर्ता गरेको छ ।

भिडियो

hamropatro

नेपाल

जीवनशैली

खाली पेटमा गाँजरको जुस पिएमा मिल्छ यस्ता फाइदा

खाली पेटमा गाँजरको जुस पिएमा मिल्छ यस्ता फाइदा

हाम्रो ठिक तरिकाले खानपिन गर्ने बानीले स्वास्थको लागि धेरै अर्थ राख्छ । आजकालको कुरा गर्ने हो भने बेकारको जीवनशैली र खानपानको कारणले धेरै मानिसहरुले विभिन्न खालका मानसिक र शारीरिक समस्याहरुको सामना गरिरहनु परेको छ ।