शिव सर मार्ने माओवादीलाई कसरी भोट हालौं ?

कतिबेला हाफटाईमको घण्टी बज्ला र घरमा गएर बिहानको खाना खान पाइएला भन्ने ध्याउन्नमा थिएँ । चौथो घण्टीमा शिव सरले सामाजिक शिक्षा पढाइरहनु भएको थियो । हुनतः मलाई मन पर्ने र मलाई मन पराउनेमध्येको एक हुनुहुन्थ्यो, शिव सर ।

 

कुनै प्रश्नको जवाफ अरु कसैले मिलाएनन् भने मलाई सोध्नु हुन्थ्यो । मेरो जवाफ उहाँलाई चित्त नबुझ्ने कहिल्यै हुदैनथ्यो । जब मैले जवाफ दिन्थेँ, तब अरु साथीहरुलाई समेत बुझाई दिन भन्नुहुनथ्यो । मैले सकेको बुझाउँथेँ । शिव सरले मलाई धेरै पटक धाप मार्नु भएको छ । स्यावासी दिनु भएको छ । ‘सुनिलाले जीवनमा केही गर्छे’ भनेर फुक्र्याउनु भएको छ । 

 

‘व्यक्तिव्यक्ति मिलेर घर बन्छ, घरघर मिलेर समाज, समाजसमाज मिलेर देश । हरेक समाजको आफ्नै वेग्लै विशेषता हुन्छ ।’ उहाँले यस्ता कुरालाई उदाहरण दिएर सजिलोसँग बुझाउँनु हुन्थ्यो । त्यसैले– मलाई मात्र होइन, कक्षाका, स्कुलका सबै विद्यार्थीले शिव सरलाई मन पराउँथे । शिव सरले चाहीं सबैभन्दा बढी मलाई नै मन पराउनुहुन्थ्यो । त्यो दिन उहाँले आधुनिक समाजको बारेमा पढाउनु भएको थियो ।

 

अनि मलाई सोध्नु भएको थियो, आधुनिक समाज भनेको के हो ?’ मैले भनेथेँ, ‘समयअनुसार परिवर्तन भएको समाज नै आधुनिक समाज हो ।’ मेरो जवाफ कतिको पूर्ण थियो, थाहा थिएन । तर सरले सारै मन पराउनु भयो । कक्षामै भन्नुभयो, ‘तिमरु सबैले सुनिलासँग सिक ।’ सरको कुराले लजाएँ । कति साथी इश्र्याले जले पनि ।

 

यस्तैमा ‘टिङटिङटिङटिङ....’ घण्टी बज्यो । कक्षाका सबै जना किताब÷कापी झोलामा हालेर बाहिरिन हतारिए । विद्यार्थीको भाव बुझेर हुनुपर्छ– जहिल्यै समयभन्दा बढी क्लास लिने शिव सरले घण्टी बज्नेवित्तिकै ‘भोलि सबैले आधुनिक समाजको बारेमा निबन्ध लेखेर ल्याउनू’ भनेर होमवर्क दिँदै बाहिरिनु भयो । सबैले उठेर ‘थ्याङ्क यू’ सर भन्यौं । र, बाहिरियौं ।

 

साथीहरु खेल्नका लागि चउरतिर लागे । म भने बिहान खान नभ्याएकाले खाना खानकै लागि घरहतारहतार घरतिर दौडिएँ । स्कुलको गेटमा पुग्दा १०÷१२ जना नौला मान्छेहरु देखेँ । ठूलोठूलो झोला बोकेका नौला मान्छेहरु देखेर डराएँ पनि । ती मान्छेहरु लस्करै भित्र छिर्दै गर्दा एउटाले कम्बरमा पेस्तोल भिरेको देखेँ । झसङ्ग भएँ । अनुमान गरेँ, ‘सरहरुसँग चन्दा माग्न आएका माओवादीहरु होलान् ।’ उनीहरु गेटभित्र छिरेपछि मात्रै म बाहिरिएँ ।  हस्याङफस्याङ गर्दै घर पुगेँ ।

पछिल्ला दिनहरुमा गाउँ निकै आतंकीत थियो । दिनहूँजसो रेडियोमा ‘माओवादी आतंककारी र सुरक्षाकर्मीको दोहोरो भीडन्तमा मृत्यु भएको’ समाचार आइरहन्थ्यो । कतिपय गाउँमा माओवादीले कारबाही गरेर मान्छे मारेको खबर आइरहन्थ्यो । साँझ÷बिहान घरबाहिर निस्कनु डरमर्नु थियो । अनि, ‘माओवादीले गाउँका हुर्केका सबै मान्छेलाई लैजान्छ रे’ भन्ने हल्ला थियोे । सायद, त्यसैले आमा सबैभन्दा डराउनु भएको थियो । कतै माओवादीले मलाई पनि लैजान्छन् कि भनेर ।

स्कुल र मेरो घरको दुरी १० मिनेट जतिको थियो । तर त्यसदिन बाटो लामोजस्तो लाग्यो । किनकि, घर पुगेर आमालाई स्कुलमा आएका नौला मान्छेहरुबारे सुनाउनु थियो । खाना खाने कुरा करिब विर्सिसकेको थिएँ ।

 

म घरमा पुग्दा आमा पिँडीमा मकै केलाउँदै हुनुहन्थ्यो । आमाको छेवैमा गएर भनेँ, ‘आमा ! आमा ! हाम्रो स्कुलमा माओवादी आ’का छन् ।’

 

‘आउवादी !’ आमा झस्किनु भयो ।

 

‘मैले बन्दुक पनि देखेको आमा ।’

 

आमा टोल्हाउनुभयो ।

 

पछिल्ला दिनहरुमा गाउँ निकै आतंकीत थियो । दिनहूँजसो रेडियोमा ‘माओवादी आतंककारी र सुरक्षाकर्मीको दोहोरो भीडन्तमा मृत्यु भएको’ समाचार आइरहन्थ्यो । कतिपय गाउँमा माओवादीले कारबाही गरेर मान्छे मारेको खबर आइरहन्थ्यो । साँझ÷बिहान घरबाहिर निस्कनु डरमर्नु थियो । अनि, ‘माओवादीले गाउँका हुर्केका सबै मान्छेलाई लैजान्छ रे’ भन्ने हल्ला थियोे । सायद, त्यसैले आमा सबैभन्दा डराउनु भएको थियो । कतै माओवादीले मलाई पनि लैजान्छन् कि भनेर ।

 

डरैडरैले भरिएको आवाजमा आमाले मलाई सम्झाउँनु भयो, ‘नडरा छोरी, केही हुँदैन । हामीले के विगार गरेका छौं र ? भन्छन् नि, नबिराउनु नडराउँनु ।’ आमाले मकै केलाउन छाडेर भन्नु भो, ‘हाम्लाई केही हुँदैन, बरु भात खान आइज ।’ आमा गुन्गुनाउँदै भित्र छिर्नु भो ।

 

‘बा खोइ त ?’ आमाको पछि लाग्दै मैले सोधें ।

 

‘वेँसी । तैले किन ब्यान भात नखाई गा’को ?’ भात पस्कँदै आमाले सोध्नु भो ।

 

‘घाँस लिएर घरमा आउँदा तामाङ भाषाको समाचार आइसकेको थियो । खानै भ्याइनँ । स्कुलमा ढिला भयो भने लास्ट बेन्चीमा परिन्छ भनेर भातै नखाई दौडिएँ ।’
‘ट्यामको ख्याल गर्नु पर्दैन त ! म बनबाट आउँदा तँ गैसकिछस् ! बा पनि के काम प¥यो भनेर भातै नखाई वेँसी जानुभएछ । मलाई पनि खानै मन लागेन ।’ आमाले दुवै थालमा भात पस्कनु भयो ।

 

‘छोरी !’ अलि गम्भीर भएर आमाले बोलाउनु भयो ।

 

‘हजुर’

 

‘किन हो, आज मलाई एकदमै डर लागिरा’छ ।’

 

‘किन डराउनु प¥यो ? के भयो र आमा ?’

 

‘हाम्रो छोरा भने पनि छोरी भने पनि तैँ होस् । उमेर ढल्केपछि जन्मेकी । तेरो पढाई राम्रो छ भनेर सरहरुले भन्दा ज्यादै खुसी लाग्छ । गाउँलेले पनि तँलाई राम्री, इमानदार र भलाद्मी भन्छन् । खुसी लाग्छ । तर.....’

 

आमा चुप लाग्नु भो ।

 

‘तर के आमा !’

 

‘तर तँमाथि धेरैको आँखा लागेको छ भन्ने सुनेको छु । माओवादीले लैजाने गाउँका मान्छेहरुको लिस्टाँ तेरो नाम पनि छ रे । मैले ब्यान सुनेको । त्यसपछि मेरो हातमा कामै आएको छैन । हामी बुढाबुढीको बाँच्ने आधार भनेकै तँ होस् । तँलाई केही भैहाल्यो भने....’ आमाले त भात खाँदाखाँदै आँशु चुहाउनु भएछ । आमाको आँखाबाट लडिबुडी गर्दै एक ढिको आँशु भात खाँदै गरेको थालमा खसेको देखेँ । मेरो पनि झण्डै आँशु चुहिएको । तै पनि आमालाई सम्झाउँदै भने, ‘केही हुँदैन आमा । तिनरुले लगे पनि म जानु प¥यो नि ! म त धेरै पढेर बाआमालाई सुख दिने हो । त्यस्तो माउवादीमा लागेर के हुन्छ र ?’

‘तँ त भन्छेस् नि !’ भन्दै आफैंले पच्छौराको फेरले आँशु पुछ्नु भयो ।

‘तर तँमाथि धेरैको आँखा लागेको छ भन्ने सुनेको छु । माओवादीले लैजाने गाउँका मान्छेहरुको लिस्टाँ तेरो नाम पनि छ रे । मैले ब्यान सुनेको । त्यसपछि मेरो हातमा कामै आएको छैन । हामी बुढाबुढीको बाँच्ने आधार भनेकै तँ होस् । तँलाई केही भैहाल्यो भने....’ आमाले त भात खाँदाखाँदै आँशु चुहाउनु भएछ । आमाको आँखाबाट लडिबुडी गर्दै एक ढिको आँशु भात खाँदै गरेको थालमा खसेको देखेँ । मेरो पनि झण्डै आँशु चुहिएको ।

मैले हतारहतार खाना खाइसकेर चुठेँ । किनकि, मलाई हाफटाइम सकिनुभन्दा अघि नै स्कुल पुग्नु थियो । मनमा कताकता डर थियो । तर आमालाई डराएजस्तो देखाइनँ । उल्टै सम्झाएँ, ‘चिन्ता नलिनु आमा, मलाई कसैले केही गर्दैन । हाम्ले कसको के बिगाद्र्या छ र ?’ एकछिन अघि आमाले जे भनेर मलाई सम्झाउँनु भएको थियो, त्यहीं भनेर मैले सम्झाउने प्रयास गरेँ । अनि आमाले स्कुल न’जा भनेर ढिपी गर्नु भो । मैले मानिनँ ।

 

‘बरु भरे छिट्टै आउँछु नि आमा । पिर नमानी वस्नू’ भनेर दौडदैँ स्कुलतिर झरेँ ।

 

स्कुलभन्दा माथिको पिपलको फेदबाटै देखियो– सबै विद्यार्थीहरु चउरको वरिपरि गोलो घेरा बनाएर वसेका रहेछन् । कुनै अतिरिक्त कृयाकलापको सूचना आएको थिएन । त्यसैले सोचें, ‘माओवादीले केही कार्यक्रम गर्न लागेछन् क्यारे ।’

 

त्यसपछि दौडिइनँ । विस्तारै हिँडे । किनकि, कक्षा छुट्ला भन्ने चिन्ता भएन । सोचेँ, ‘माओवादीले कार्यक्रम गर्ने भए त मञ्चमा अभिएर भाषण गर्नु पर्ने हो । किन सबैलाई गोलो घेरा बनाएर राखेको होला !’

 

विस्तारै डराईडराई स्कुलभित्र छिरेँ । सबैजना चुपचाप÷चुपचाप छन् । एकापट्टि कुनामा माओवादीहरु वसेका छन् । उनीहरुको छेवैजस्तोमा सरमिसहरु छन् । अनि, सबै विद्यार्थीहरु वरिपरि ।

 

सुस्तरी प्रविनको छेउमा गएर उभिएँ । उसलाई साउती गर्दै सोधेँ, ‘के हुन लागेको ?’

 

‘शिव सरलाई माओवादीले जनकारबाही गर्ने रे’ प्रविनले पनि मेरो कानमा खुसुक्क भन्यो । त्यसपछि मेरो आँखाले शिव सरलाई खोज्यो । सरमिसहरु उभिएको ठाउँमा हेरेँ, देखिनँ । चारैतिर हेरेँ । देखिनँ । अनि फेरि प्रविनलाई सोधेँ, ‘शिव सर खोइ त ?’

 

‘अफिसमा हुनुहुन्छ । माओवादीको नेताले कुरा गरिराँछ ।’

 

यस्तो लाग्दै थियो, सबैजना मानिसहरु शिव सरलाई माओवादीले जनकारबाही गरेको हेर्न प्रतीक्षारत छन् । अनि, मजस्तै सबैको मनमा प्रश्न थियो, ‘के विगार गरे प्रिय शिव सरले ? किन कारबाही गर्दैछन् माओवादीले ? अनि के कारबाही गर्लान् ?’ हुनतः माओवादीलाई कारबाही गर्न कुनै ठूलो कारण चाहिँदैन । उनीहरुलाई चित्त बुझेन भने, सहयोग गरेन भने, चन्दा दिएन भने पनि सुराकीको आरोप लगाएर विभिन्न कारबाही गरेको सबैले सुनेकै हो ।

 

अफिसबाट दुई जना माओवादीले शिव सरलाई अगाडि लगाउँदै चउरको बिचमा ल्याए । सरको दुवै हात पछाडि लगेर डोरीले बाँधिएको थियो । उहाँले एकपटक वरिपरि सबैलाई हेर्नु भयो । उहाँको अनुहार मलिन थियो । मेरो मनमा प्रश्न खेल्यो, ‘माओवादीले किन, कस्तो कारबाही गर्दैछन् ? भन्ने शिव सरलाई थाहा छ कि छैन होला ?’

अफिसबाट दुई जना माओवादीले शिव सरलाई अगाडि लगाउँदै चउरको बिचमा ल्याए । सरको दुवै हात पछाडि लगेर डोरीले बाँधिएको थियो । उहाँले एकपटक वरिपरि सबैलाई हेर्नु भयो । उहाँको अनुहार मलिन थियो । मेरो मनमा प्रश्न खेल्यो, ‘माओवादीले किन, कस्तो कारबाही गर्दैछन् ? भन्ने शिव सरलाई थाहा छ कि छैन होला ?’

एकपटक शिव सरको छेउमा गएर ‘सर तपाईंलाई माओवादीले किन यस्तो गरेको ?’ भनेर सोध्न मन लाग्यो । माओवादीहरुसँग ‘तिमरुले हाम्रो प्रिय सरलाई किन, के गर्न लागेको ?’ भनेर सोध्न मन लाग्यो । डाँको छाडेर रुन मन लाग्यो । ‘मेरो सरलाई यस्तो नगर’ भनेर चिच्चाउँन मन लाग्यो । तर आँट आएन ।

 

एउटा माओवादीले सरलाई पछडिबाट धकेल्यो । सर हुत्तिनुभयो । सरलाई हुत्याउँदै÷हुत्याउँदै भलिबल खेल्न नेट बाँध्ने पोलको छेवैमा ल्यायो । अर्कोले झोलाबाट मोटो नाइलनको डोरी निकाल्यो । सरलाई पोलमा टनटनी बाँधियो ।

 

अनि एउटाले बोल्यो, ‘यो समाजको धमिरा हो । वर्गीय मुक्तिका लागि हामीले गरेको संघर्षमा साथ दिएन त ठीकै छ, यसले हामीलाई फसाउन अनेक प्रयास गरेको प्रमाण हामीले फेला पा¥यौं । दुस्मनलाई हाम्रो सूचना दिएर यसले जनघात गरेको छ । यस्ता धमिरालाई जिउँदो राख्नु भनेको हाम्रो वर्गयुद्ध र समाजको लागि घातक हुनेछ । त्यसैले हामीले यसलाई कारबाही गर्दैछौं ।’

 

अरु माओवादीहरु पनि चउरको बिचमा गए । एउटाले परैबाट लात्ती उज्याएर गयो र शिव सरको छातीमा वेस्मारी हान्यो । सरले ऐया पनि भन्न नपाउँदै अरुहरुले पनि पालैपालो सरमाथि लात्ती वर्साए । कसैले डोरीले हाने ।

‘ड्याङ्ग...’ आवाज आयो । एउटाले आकाशतिर बन्दुक ठड्याएर गोली पड्काएछ । अनि, त्यहीं मान्छेले शिव सरतिर बन्दुक सोझ्यायो । हेर्दाहेर्दै, पत्यार नलाग्दानलाग्दै त्यो मान्छेले गोली चलायो, ‘ड्याङ्ग...ड्याङ्ग...’ ।

त्यो दृश्य हेर्नु हामीलाई निकै गाह्रो थियो । तर म आउनुभन्दा पहिल्यै माओवादीले ‘शिव सरलाई कारबाही नगरुन्जेल कोही पनि नहिँड्नू र कोही पनि नबोल्नू’ भनेर उर्दी जारी गरेको रहेछ । त्यसैले सबैले चुपचाप शिव सरलाई कारबाही गरेको दृश्य हेरिरह्यौं ।

 

एकैछिन त कसैले केही बोल्लान् भन्ने लागेको थियो । कोही हेर्न नसकेर आँखा चिम्लँदै थिए, कोही मुन्टो फर्काउँदै थिए । तर कसैले बोल्ने हिम्मत गरेनन् ।
कुद्दैकुद्दै सरसँगै उभिएर ‘बरु मैलाई मार, मेरो प्रिय सरलाई केही नगर’ भन्न मन लाग्यो । गोलो घेराको लाइनबाट फुत्किएर चउरको बिचमा जान मात्रै के लागेको थिएँ, प्रविनले मेरो हातमा समातेर तान्यो ।

 

‘ड्याङ्ग...’ आवाज आयो । एउटाले आकाशतिर बन्दुक ठड्याएर गोली पड्काएछ । अनि, त्यहीं मान्छेले शिव सरतिर बन्दुक सोझ्यायो । हेर्दाहेर्दै, पत्यार नलाग्दानलाग्दै त्यो मान्छेले गोली चलायो, ‘ड्याङ्ग...ड्याङ्ग...’ ।

 

मैले पनि हेर्न नसकेर आँखा चिम्लिएँ । आँखा उघार्दा शिव सरको छातीमै गोली लागेछ । सरको टाउको लत्रक्क लत्रेछ ।

 

माओवादीहरुले जितको खुसीयालीमा अबिरजात्रा गरे । ‘नेकपा माओवादी–जिन्दावाद’ भनेर नारा लगाउँदै स्कुल बाहिर निस्किए । तर हामी बोल्न नसक्ने, चलमलाउन नसक्ने भएका थियौं । सबैको आँखामा आँशु थियो । कोही चिच्याइरहेका थिए । तर सरको छेउमा जाने आँट कसैले गरेनन् ।

 

हेड सर विस्तारै उभिएको ठाउँबाट शिव सर भएतिर अघि बढ्नु भयो । हेडसरसँगै अरु सरहरु पनि अघि बढे । हामी पनि अघि बढ्दै थियौं । फेरि आवाज आयो, ‘ड्याङ्ग...ड्याङ्ग...’

 

 

 

 



Your Comment

Related Post

संघीय गठबन्धनले प्रचण्डलाई भोट हाल्ने, तीन बुँदे सहमति

  • 9 months ago
संघीय गठबन्धनले प्रचण्डलाई भोट हाल्ने, तीन बुँदे सहमति

काठमाडौं—तीन बुँदे सहमति भएपछि संघीय गठबन्धनले माओवादी केन्द्र र नेपालीका कांग्रेसका तर्फबाट प्रधानमन्त्रीका साझा उम्मेदवार पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भोट दिने भएको छ । बुधबार

अमेरिकी राष्ट्रपतिकाे चुनाव अाज, कसले मार्ला बाजी ?

  • 6 months ago
अमेरिकी राष्ट्रपतिकाे चुनाव अाज, कसले मार्ला बाजी ?

अमेरिकामा आज राष्ट्रपति चुनावका लागि भोट हालिदैछ । नेपाली समय अनुसार पहिलो भोट बिहान १०ः४५ बजे न्यु हेमेशफेयरको डिक्सविल नाँचमा हालिनेछ । नोभेम्बर ९ मा विहान ६ः१५ सम्म भोट हाल्ने काम जारी रहनेछ ।

माओवादीलाई नहेप्न प्रधानमन्त्रीको चेतावनी

  • 2 months ago
माओवादीलाई नहेप्न प्रधानमन्त्रीको चेतावनी

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले माओवादीलाई नहेप्न र साह्रै धेरै नखेद्न चेतावनी दिएका छन् ।


भिडियो


Loading...
hamropatro


नेपाल

राष्ट्रपतिको चियापानमा जे देखियो, हेर्नुहोस् ८ रोचक तस्वीरः

राष्ट्रपतिको चियापानमा जे देखियो, हेर्नुहोस् ८ रोचक तस्वीरः

काठमाडौँ, जेठ १४ । राष्ट्रपति विद्यादेवी भण्डारीले दशौं गणतन्त्र दिवसका अवसरमा चियापान समारोहको आयोजना गरेकी छिन् ।

जीवनशैली

यो हो विश्वकै सबैभन्दा महँगो कार

यो हो विश्वकै सबैभन्दा महँगो कार

एजेन्सी–उक्त बलिस्टिक मिसाइल ४५० किलोमिटर उडेको र पुर्वी समुन्द्रमा खसेको थियो जुन पेनिसुला र जापानको बीचमा रहेको छ ।

विचित्र विश्व

विचित्र विचित्रका विवाहः कसैले कोब्रा सर्पसँग त कसैले आइफल टावरसँग गरे विवाह

विचित्र विचित्रका विवाहः कसैले कोब्रा सर्पसँग त कसैले आइफल टावरसँग गरे विवाह

संसारमा धेरै नै अजिव किसिमका मानिसहरु देख्न पाइन्छ । यस्ता अजिव किसिमका मानिसहरुले कहिलेकाँहि यस्ता अजिव हर्कतहरु गर्छन् कि त्यस्ता हर्कतहरु थाहा पाएर हामी अाश्चर्यचकित हुन्छाै ।