Techie IT
२०८० चैत्र १६, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठअर्थसिद्धार्थ राजमार्ग तरकारी पकेट क्षेत्र तथा सङ्कलन केन्द्रमा जोडिँदै कृषक

सिद्धार्थ राजमार्ग तरकारी पकेट क्षेत्र तथा सङ्कलन केन्द्रमा जोडिँदै कृषक


कास्की । सिद्धार्थ राजमार्गअन्तर्गत पोखरा महानगरपालिका–२२ स्थित ठुलढुङ्गामा पछिल्लो एक दशकयता स्थानीयवासी व्यावसायिक कृषिमा लागेका छन् ।

उब्जाउयोग्य जमिनका साथै उत्पादित सामानको सहज बजारीकरणले उनीहरू व्यावसायिक कृषिमा उन्मुख भएका हुन् । कृषिप्रति स्थानीयवासीको बढ्दो आकर्षणसँगै पोखरा महानगरपालिकाले पनि यहाँको कृषि विकासलाई प्राथमिकतामा राखेको छ ।

महानगरपालिकाले यहाँका कृषकको व्यावसायिकतामा सहयोग पुर्‍याउने गरी सिद्धार्थ राजमार्ग तरकारी पकेट क्षेत्र तथा सङ्कलन केन्द्र सञ्चालनमा ल्याइसकेको पोखरा महानगरपालिका कृषि महाशाखा प्रमुख मनोहर कडरियाले बताए ।

“किसानलाई व्यावसायिक कृषिप्रति आकर्षित गर्दै छरिएका कृषिजन्य उत्पादन सङ्कलन गरी त्यसको बजारीकरणमा सहयोग पुर्‍याउने लक्ष्यका साथ हामीले सिद्धार्थ राजमार्ग तरकारी पकेट क्षेत्र तथा सङ्कलन केन्द्र सञ्चालनमा ल्याएका हौँ”, उनले भने, “महानगरपालिकाको सहयोगमा रु चार लाख ७५ हजारको लागतमा भवन निर्माण गरी केन्द्र सञ्चालनमा ल्याइएको छ ।”

महानगरपालिकाले उत्पादित वस्तुको बजारीकरणका लागि चिस्यान उपकरण जडानसहितको कृषि एम्बुलेन्स पनि सञ्चालनमा ल्याएको बताउँदै प्रमुख कडरियाले यसबाट स्थानीय उत्पादन प्रवर्द्धन गर्दै त्यसलाई सहजरुपमा उपभोक्तासम्म पुर्‍याउन सकिने विश्वास व्यक्त गरे ।

“केन्द्रमार्फत सङ्कलित कृषिउपजलाई कृषि एम्बुलेन्समा राखेर बजारमा पुर्‍याउँदा त्यसले उत्पादनको पहिचान कायम गर्दै उपभोक्तालाई गुणस्तरीयताको प्रत्याभूति गराउँछ”, उनले भने । विगत ११ वर्षदेखि ठुलढुङ्गामा व्यावसायिक तरकारी खेती गर्दै आएका विष्णुप्रसाद पौडेलले तरकारी खेतीबाटै सबै खर्च कटाएर वार्षिक रु छ लाखसम्म बचत गर्दै आएका छन् ।

उनका फार्ममा मौसमी तथा बेमौसमी सबै किसिमका तरकारी उत्पादन हुने गरेको छ । राजमार्ग क्षेत्र भएका कारण उत्पादित समानको बजारीकरणमा समस्या नभएको बताउँदै पौडेलले महानगरपालिकाले सञ्चालनमा ल्याएको राजमार्ग तरकारी पकेट क्षेत्र तथा सङ्कलन केन्द्रले आफूहरूको उत्पादनको सहज बजारीकरणमा थप सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

“यस केन्द्रसँग यहाँका १६ कृषक समेटिएका छन्”, केन्द्रका अध्यक्षसमेत रहेका पौडेलले भने, “केन्द्रको दायरालाई फराकिलो बनाउँदै उपल्लो खाल्सेलाई पनि जोड्ने हाम्रो लक्ष्य छ ।” यहाँको उपल्लो खाल्सेमा ठुलो सङ्ख्यामा स्थानीयवासी व्यावसायिक कृषिमा लागेका छन् ।

उनले ठुलढुङ्गाको १२ रोपनी क्षेत्रफलमा व्यावसायिक तरकारी खेती गर्दै आउनुभएको छ । पौडेलको फार्मबाट प्रत्येक महिना १०÷१५ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।

अर्का कृषक कुमार खड्काले आफ्नो फार्ममा काँक्रो, घिरौँला, लौका, सिमी, बोडी, काउली, ब्रोकाउली, टमाटर आदि लगाउँदै आएका छन् । उनले सबै खर्च कटाएर वार्षिक रु पाँच लाखसम्म बचत गर्दै आएका छन् । सुरुमा सिमी खेतीबाट व्यावसायिक कृषि थालेको बताउँदै खड्काले पछिल्ला समयमा मौसमी तथा बेमौसमी सबै किसिमका खेती गर्दै आएको जानकारी दिए ।

अर्का कृषक भीमप्रसाद पौडेल करिब साढे पाँच रोपनी जमिनमा व्यावसायिक तरकारी खेती गर्दै आएका छन् । केन्द्रका उपाध्यक्षसमेत रहेका उनले तरकारी खेतीका साथै कुखुरापालन, बाख्रापालन पनि गर्दै आएका छन् । तरकारीसहित कुखुरा तथा बाख्रा पालनबाट पौडेलले वार्षिक रु पाँच÷छ लाखसम्म बचत गर्दै आएको सुनाए ।

ठुलढुङ्गामा नै दुईवटा टनेलमा व्यावसायिक तरकारी खेती गर्दै आउनुभएकी मनकुमारी गुरुङ यस क्षेत्रमा पानीको समस्या रहेको गुनासो गरे । बत्ती र पानीको उचित प्रबन्धसँगै बाँदरको व्यवस्थापन हुनसके उत्पादनमा समस्या नरहेको उनको भनाइ थियो । उक्त केन्द्र सञ्चालनले आफूहरूका उत्पादनले सहजरुपमा बजार पाएपनि पानी, बत्तीजस्ता आधारभूत आवश्यकतामा राज्यका तर्फबाट सहयोग आवश्यक भएको गुरुङले उल्लेख गरे । ठुलढुङ्गा क्षेत्रमा मात्रै ४० वटा टनेलमा तरकारीजन्य उत्पादन भइरहेको छ ।

पोखरा महानगरपालिका–२२ अन्तर्गत सिद्धार्थ राजमार्ग आसपास क्षेत्रमा पछिल्लो समयमा व्यावसायिक कृषिप्रति आकर्षण बढिरहेको वडा कृषि सञ्जालका अध्यक्ष देवीलाल बरालले बताए । “वडाभित्र एक सय ५० भन्दा बढी सङ्ख्यामा कृषक व्यावसायिक कृषिमा लागेका छन्”, उनले भने, “यहाँ १५ भन्दा बढी समूहगतरुपमा कृषक आबद्ध छन् ।”

कृषिप्रतिको व्यावसायिक आकर्षणलाई लक्ष्य गरी राज्यका तर्फबाट निरन्तर साथ र सहयोग आवश्यक भएको अध्यक्ष बरालले बताए । पोखरा महानगरपालिकाले उत्पादित कृषिजन्य वस्तुको सहज बजारीकरणसँगै उनीहरूलाई यसतर्फ प्रोत्साहित गर्न विभिन्न ३५ वटा कृषिजन्य वस्तुको न्युनतम समर्थन मूल्य समेत तोकिसकेको महाशाखा प्रमुख कडरियाले बताए ।

उनका अनुसार महानगरभित्रका विभिन्न स्थानमा उत्पादित कृषिजन्य वस्तुका लागि २५ वटा सङ्कलन तथा बिक्री केन्द्रसमेत सञ्चालनमा आइसकेका छन् । रासस




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

आकासियो सुनको मूल्य

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड राखेको छ । तोलामा २ हजार १०० रुपैयाँले बढेको छ । नेपाल

भारतबाट ५ सय ५४ मेगावाट बिजुली आयातका लागि सम्झौता

काठमाडौँ । नेपालले भारतबाट पाँच सय ५४ मेगावाट बिजुली आयातका लागि सम्झौता गरेको छ । नेपाल र भारतबीचको बिजुली आयात

गरिमा विकास बैंकको सिइओमा माधव प्रसाद उपाध्याय

काठमाडौँ । गरिमा विकास बैंकको सिइओमा गरिमा विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा माधव प्रसाद उपाध्याय नियुक्त हुने भएका

ग्लोबल आइएमई बैंक र आईएफसीबीच जोखिम व्यवस्थापन, लैङ्गिक तथा जलवायु…

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेड र विश्व बैंक समूहको सदस्य अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) बिच जोखिम व्यवस्थापन, जलवायु वित्त

शेयर बजारमा सामान्य वृद्धि

काठमाडौँ । आज शेयर बजार सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ४ दशमलव ७८ अङ्कले बढेर दुई

मुक्तिनाथ विकास बैंकद्वारा कञ्चनपुरको कृष्णपुरमा वृक्षारोपण

काठमाडौँ । मुक्तिनाथ विकास बैंक लिमिटेडले कञ्चनपुरको कृष्णपुरमा वृक्षारोपण गरेको छ । सामाजिक उत्तरदायित्व अन्तर्गत करिब १५० वटा कागतीका विरुवा

Techie IT