हेलिकप्टरबाट बेहुलालाई सरप्राइज दिन खोज्दा बेहुलीको निधन !

जोसुकैले पनि आफ्नो विवाहलाई आफ्नो जीवनकै अमूल्य र सुखद् अविश्मरणीय क्षण बनोस रहोस भन्ने चाहन्छ । विवाहलाई विशेष बनाउनको लागि सबै खालको प्रयास हुनेगर्छ । तर, सुखद् क्षणको आशाले गरिएको त्यस्तो प्रयास अप्रत्याशित रुपमा दुःखद् बन्ला भन्ने कमैले मात्रै अनुमान गरेका हुन्छन् ।


त्यस्तै भयो ब्राजिलकी एक युवतीलाई । आफ्नो विवाहलाई अविस्मरणीय बनाउने सपना सजाएकी थिइन उनले ।


ब्राजिलकी ३२ वर्षीय युवती रोजमेरी नासिमेन्तो सिल्भा पेशाले नर्स थिइन् । उनी आफूले सँगै जिन्दगी बिताउन लागेका प्रेमीलाई विवाहको दिन विशेष खालको सरप्राइज दिन चाहन्थिन तर के थाहा उनलाई नियतिले ठग्छ भन्ने कुरा ।


उनले बेहुला ३४ वर्षिय युडिर्ले नारक्र्वेस डामासेनोकोलाई सरप्राइज दिनको लागि विवाहस्थलसम्म हेलिकप्टरमा आउने तयारी गरेकी थिइन् । विवाहस्थलमा हेलिकप्टरमा जाँदा सबैको ध्यान खिच्न सकिन्छ भन्ने पनि उनलाई लागेको हुँदो हो ।


उनको विवाहका योजनाकार कार्लोस एडुवार्डो बाटिस्टाले बताए अनुसार रोजमेरीले आफ्नो विवाह परीको कथा जस्तै होस भन्ने चाहेकी थिइन । त्यसैले उनीहरुले बेहुलीलाई विवाहस्थलसम्म हेलिकप्टरमा लैजाने योजना बनाएका थिए ।


सबै तयारी गरेर दुलहीलाई हेलिकप्टरमा चढाइयो । उनीसँगै उनका भाई, ६ महिनाकी गर्भवति फोटोग्राफर पनि हेलिकप्टर चढिन् ।


दुलहीलाई लिएर उडेको हेलिकप्टर ४ बजे विवाहस्थलमा पुग्नुपर्ने थियो । तर, न दुलही आउछिन न हेलिकप्टर । बेहुला सहित ३०० जना पाहुनाहरु निकै रमाइलो माहौलमा बेहुलीलाई पर्खिरहेका थिए ।


तर, बेहुली चढेको हेलिकप्टर भने बीचमै दुर्घटनामा परिसकेको थियो । हेलिकप्टरमा रहेका पाइलट सहित सबैको दुर्घटनामा मृत्यु भयो । जब बेहुला पक्षले हेलिकप्टर दुर्घटनामा दुहलीको मृत्यु भएको खबर सुने उनीहरु सबै छाँगाबाट खसेजस्तै भए । विवाह मण्डपमा एकछिन सन्नाटा छायो । अनि सबै रुन थाले ।

 

एक प्रत्यक्षदर्शीले बताए अनुसार हेलिकप्टर दुर्घटना हुनभन्दा पहिले ल्यान्ड गर्न खोजेजस्तो गरी घुमेको थियो । हेलिकप्टर विवाहस्थल भन्दा केही माइल नजिकै जंगलमा दुर्घटनामा परेको थियो ।


ब्राजिलको साओपाउलो नजिकै भएको यो घटनाको बारेमा प्रहरीहरुले अनुसन्धान गरिरहेको बताएको छ । 



Your Comment

थप समाचार

सहपाठीकाे हत्याप्रयास गर्ने तीन छात्रविरूद्ध मुद्दा दर्ता

  • 5 hours ago
सहपाठीकाे हत्याप्रयास गर्ने तीन छात्रविरूद्ध मुद्दा दर्ता

चितवन । आफ्नै साथीको हत्या गरेर विद्यालय बन्द गराउने भन्दै सैनिक महाविद्यालयमा एक विद्यार्थीलाई निर्घात कुटपिट गरेका तीन छात्रविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरिएको छ ।

कुटपिट गर्ने छात्रविरुद्ध मुद्दा

  • 5 hours ago
कुटपिट गर्ने छात्रविरुद्ध मुद्दा

चितवन । आफ्नै साथीको हत्या गरेर विद्यालय बन्द गराउने भन्दै यहाँको सैनिक महाविद्यालयमा एक विद्यार्थीलाई निर्घात कुटपिट गरेका तीन छात्रविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरिएको छ । 

माधव नेपालसँग मिलेर ओलीले म विरुद्व षड्यन्त्र गरे : झलनाथ खनाल

  • 5 hours ago
माधव नेपालसँग मिलेर ओलीले म विरुद्व षड्यन्त्र गरे : झलनाथ खनाल

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले केपी ओली र माधव नेपालले तोकेको बरियता कुनै पनि हालतमा नमान्ने बताएका छन् ।


Loading...
The British College

भिडियो

hamropatro

नेपाल

सहपाठीकाे हत्याप्रयास गर्ने तीन छात्रविरूद्ध मुद्दा दर्ता

सहपाठीकाे हत्याप्रयास गर्ने तीन छात्रविरूद्ध मुद्दा दर्ता

चितवन । आफ्नै साथीको हत्या गरेर विद्यालय बन्द गराउने भन्दै सैनिक महाविद्यालयमा एक विद्यार्थीलाई निर्घात कुटपिट गरेका तीन छात्रविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरिएको छ ।

जीवनशैली

यी विश्वविद्यालयकाबारेमा तपाईलाई थाहा नहुनसक्छ

यी विश्वविद्यालयकाबारेमा तपाईलाई थाहा नहुनसक्छ

तपाईले हारवर्ड विश्वविद्यालयको नाम सुन्नु भएको छ, प्रिन्सटन विश्वविश्वविद्यालयको नाम सुन्नु भएको छ । तर कहिल्यै यो विश्वविद्यालयको अवधारण कहाँबाट आएको हो त्यो बारे भने धेरै जना अनविज्ञ छन् ।

विचित्र विश्व

एउटा अजबगजबको बेश्यालय, यस्तो छ कहानी !

एउटा अजबगजबको बेश्यालय, यस्तो छ कहानी !

एजेन्सी । बंगलादेशमा विश्वको त्यस्ता मुस्लिम राष्ट्रहरुमा पर्छ, जहाँ बेश्याबृत्तिलाई कानुनी मान्यता दिइएको छ । बंगलादेशमा टंगेल जिल्लामा रहेको सबैभन्दा पुरा बेश्यालय हो कन्दापारा बेश्यालय ।