मिरा राणाको प्रस्तुतिमा मन्त्रमुग्ध भयो लण्डन
- सोमबार, ७ चैत, २०७३
- 1 year ago
- युके

लण्डन । नेपाली संगीतकी एक वरिष्ठ गायिका मिरा राणाले आइतबार लण्डनका आफ्ना दर्शक श्रोतामाझ प्रस्तुति गरेकी छन् ।
केहि स्थानीय कलाकारको साथमा एकल प्रस्तुति दिएकी गायिका राणाले एक दर्जन बढी गीतहरु सुनाइन् ।
त्यसअवसरमा गायिका राणाले राष्ट्रिय, लोक, आधुनिक तथा सेमी क्लासिकसहितका फरक फरक गीतहरु पस्किइन् ।
कार्यक्रममा स्थानीय गायकहरु गंगा थापा, दिपक थापा र प्रमोदराज न्यौपानेले पनि आफ्ना एक एक गीत सुनाएका थिए । उनीहरुले गायिका राणाले गाएका केहि युगल गीतमा पनि उनलाई साथ दिएका थिए ।
कार्यक्रममा उपस्थित गायिका राणाका छोरा शिरिषजंग राणाले समेत एक गीत गाएका थिए ।
झण्डै ३ घण्टा चलेको कार्यक्रममा गायिका राणाको प्रस्तुतिबाट दर्शकहरुले भरपुर मनोरञ्जन लिए । उनको प्रस्तुतिसंगै दर्शकहरु मन्त्रमुग्ध थिए । अधिकांश दर्शकले फ्लोरमै उत्रिएर कम्मर मर्काउन पनि पछि परेनन् ।
अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज ईनास यूकेको आयोजनामा साउथ ईस्ट लण्डनको वीलवीचमा सम्पन्न कार्यक्रममा एक सय बढि दर्शक सहभागी थिए ।
सोहि अवसरमा गायिका राणाले ईनास यूकेको नवगठित कार्यसमितिका पदाधिकारीहरुलाई प्रमाणपत्र वितरण गरिन् । अस्मिता एशोसिएट्स र साइनी ब्युटी पार्लरका तर्फबाट गायिका राणालाई मायाको चिनो प्रदान गरियो ।
त्यसक्रममा गायिका राणाका पति उदयजंग राणा र छोरा शिरिषजंग राणालाई पनि सम्मान गरियो ।
मनिष श्रेष्ठ र प्रमोदराज न्यौपानेले कार्यक्रम सञ्चालन गरेका थिए भने कार्यक्रमको अन्त्यमा ईनास यूके अध्यक्ष रजनी शर्मा सुनुवारले सहभागीलाई धन्यवाद दिएके ईनास यूके सचिव तथा सञ्चारकर्मी गुणदेव घिमिरेले नेपालीपत्रलाई जानकारी दिए ।
थप समाचार
कति छ म्यानचेस्टर सिटी क्लबका मालिकको सम्पत्ति ?
- 1 minute ago

एजेन्सी । विश्वमा केही यस्ता धनाढ्यहरु रहेका छन् जो फुटबल खेलको निकै सौखिन रहेका छन् । कतिपय धनाढ्यहरु एउटै देशको मात्र नभइ अन्य राष्ट्रमा पनि फुटबल क्लब किन्ने गरेका छन् ।
मलिन्डो एयरको दुर्घटनापछि बन्द अन्तर्राष्ट्रिय उडान पुनः सुचारु
- 7 minutes ago

काठमाडौं । मलिन्डो एयरको जहाज दुर्घटनापछि शुक्रबार दिउँसो १२ बजेम्मका लागि बन्द गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडान र अवतरण पुनः सुचारु भएको छ ।
पढाइ र राजनीति दुवैमा अब्बल भएका विश्वका १० शक्तिशाली नेताहरु
- 41 minutes ago

एजेन्सी । विश्वका धेरै प्रख्यात नेताहरुले आफ्नो देशको कार्यकारी पदमा रहेर आफुलाई प्रमाणित त गरे नै त्यसबाहेक उनीहरुले विश्वविद्यालयमा पनि आफुलाई अब्बल साबित गराउन सफल र
भिडियो
नेपाल
मलिन्डो एयरको दुर्घटनापछि बन्द अन्तर्राष्ट्रिय उडान पुनः सुचारु

काठमाडौं । मलिन्डो एयरको जहाज दुर्घटनापछि शुक्रबार दिउँसो १२ बजेम्मका लागि बन्द गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडान र अवतरण पुनः सुचारु भएको छ ।
जीवनशैली
कुन राशिका मानिसहरु अत्यन्त धनी ?

एजेन्सी । तपाईं कुनै व्यापार शुरु गर्नुहुँदैछ भने तपाईंको राशिले यसमा मद्दत गर्न सक्छ ।
संसारभरि गरिएको सर्वेक्षणमा कुनै विशेष राशिको मानिस व्यापारमा अत्यन्त सफल भएको देखिएको छ । संसारभरिका अर्बपतिहरूको जन्मदिनलाई आधार मानेर उनीहरूको राशि पत्ता लगाएर यो सर्वेक्षण गरिएको थियो । यसको परिणाम फोर्ब्स पत्रिकामा पनि छापिएको थियो ।
विचित्र विश्व
यी हुन् विश्वकै खतरनाक अपराधिहरु जसले डरलाग्दा घटना घटाए

विश्वमा लाखौं मानिसहरु अपराधमा संलग्न छन् । ठगी, डकैती, चोरी, आतंकवाद, लागुपदार्थ तस्करी, हत्या, अपहरण र युद्ध अपराधहरु लगाएत अपराधमा संलग्न धेरै अपराधिहरु अन्तराष्ट्रिय प्रहरी संगठनको मोस्ट वान्टेड लिस्टमा छन् ।
Your Comment