Techie IT
२०८१ वैशाख ८, शनिबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियपुटिनकाे खुलासाः युक्रेनको राजधानी किभबाट रुसी सेना फर्किएकाे थियाे तर…

पुटिनकाे खुलासाः युक्रेनको राजधानी किभबाट रुसी सेना फर्किएकाे थियाे तर…


एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले ठूलो खुलासा गरेका छन् । पुटिनले भने,‘युक्रेनले मार्च २०२२ मा रुससँग सम्झौता गरेको थियो जब रुसी सेना गत वर्ष सयौं ट्याङ्कहरू लिएर किभ सहरमा पुगेको थियो।’

सम्झौता अनुसार रुसी सेना किभबाट फर्किएमा युक्रेनले रुसका ती सर्तहरू स्वीकार गर्नेछ अर्थात् युक्रेनले आफ्नो सैन्य क्षमता सीमित गर्नेछ र नाटोको सदस्य बन्ने प्रयास गर्नेछैन ।

टर्कीका राष्ट्रपति एर्दोगानको पहलमा इस्तानबुलमा भएको सम्झौतामा युक्रेनको प्रतिनिधिमण्डलले पनि हस्ताक्षर गरेको हो ।

सम्झौतापछि रुसी सेना युक्रेनको राजधानी किभबाट फर्किएपछि युक्रेनले धोका दिएको र आफ्नो कुराबाट पछि रुसी राष्ट्रपतिले हटेको बताए ।

रुस–युक्रेन युद्ध अन्त्य गर्न अफ्रिकी मुलुकको प्रतिनिधिमण्डल दुवै देशको भ्रमणमा छन् ।

अफ्रिकी प्रतिनिधिमण्डलले पहिले युक्रेनका राष्ट्रपति जालेस्कीलाई भेटेको थियो र त्यसपछि राष्ट्रपति पुटिनलाई भेट्न रुस गएको थियो।

पुटिनले अफ्रिकी प्रतिनिधिमण्डललाई रुसले वार्ताबाट समस्या समाधान गर्न चाहेको तर अर्को पक्ष (युक्रेन)ले सम्झौता उल्लंघन गरेको बताए ।

पुटिनले अफ्रिकी नेताहरूलाई गत वर्ष इस्तानबुलमा भएको सम्झौताका कागजातहरू पनि देखाएको मिडिया रिपोर्टमा उल्लेख छ।

रुस र युक्रेनबीच भएको सम्झौतापछि नाटोले तत्कालीन बेलायती प्रधानमन्त्री बोरिस जोन्सनलाई किभ पठाएको र बेलायतको दबाबमा युक्रेन उक्त सम्झौताबाट पछि हटेको रुसी राष्ट्रपतिले आरोप लगाएका छन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

केन्याका सेना प्रमुखको विमान दुर्घटनामा मृत्यु

काठमाडौँ । केन्याका राष्ट्रपति विलियम रुटोले बिहीबार देशको उत्तर पश्चिमी भागमा भएको हेलिकप्टर दुर्घटनामा सेना प्रमुख फ्रान्सिस ओगोलासहित १० जना

आजबाट भारतमा आमनिर्वाचन हुँदै

एजेन्सी । भारतमा आजबाट आमनिर्वाचन हुँदैछ । लोकसभाको ५ सय ४३ सिटका लागि सात चरणमा मतदान हुनेछ । शुक्रबार आज

भारतको कश्मीरमा डुंगा दुर्घटना हुँदा ६ जनाको मृत्यु

एजेन्सी । भारत प्रशासित कश्मीरमा विद्यार्थी बोकेको डुंगा दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । घटनामा केही बालबालिका बेपत्ता

इजरायलमा रहेका नेपालीलाई अत्यावश्यक बाहेक घरबाट ननिस्कन दूतावासको आग्रह

काठमाडौँ। इजरायलस्थित नेपाली राजदूतावासले त्यहाँ रहेका नेपालीहरूलाई स्थानीय सुरक्षा प्रोटोकलको पालना गर्न र अत्यावश्यक अवस्थामा बाहेक घरबाट बाहिर ननिस्कन अनुरोध

युक्रेनको पावर प्लान्टमा रुसको आक्रमण

काठमाडौँ । रुसले युक्रेनको ठूलो मध्येको एक पावर प्लान्टमा आक्रमण गरी ध्वस्त बनाइदिएको छ । विहीबार कियभ क्षेत्रमा रहेको ट्रिपिलिस्का

गाजाको शरणार्थी शिविरमा इजरायलको हवाई आक्रमण

काठमाडौँ । गाजामा रहेको शरणार्थी शिविरमा इजरायलले गरेको पछिल्लो हवाई आक्रमणमा १४ जना प्यालेस्टाइनी नागरिकको ज्यान गएको छ । गएराति

Techie IT