हेर्नुस् रातभरी भिजाएको एक चम्चा मेथीदानाका १० अतिउपयोगी फाइदा !

एजेन्सी। मेथीदानामा अत्यधिक पौष्टिक तत्व पाइन्छन् । यसलाई राती भिजाएर बिहान खाली पेटमा मज्जाले चपाएर खाँदा र यसको पानी पनि पिउँदा विभिन्न स्वास्थ्य समस्यालाई फाइदा पुर्याउने गर्दछ ।

 

के हुन् मेथी दानाका फाइदा ?

 

भारतको उत्तराखण्ड आयुर्वेदिक विश्वविद्यालयका स्वस्थ वृत्त विभागका एचओडी डा। अवधेश मिश्राका अनुसार मेथीले भोक बढाउँछ र यसको नियमित सेवनले पित्त, कफ र ज्वारोको समस्यालाई टाढा राख्छ ।

 

मेथीमा कस्ता पौष्टिक तत्व पाइन्छन् ?

 

मेथी दानामा आइरन, क्याल्सियम, म्याग्नेसियम, पोटासियम, सोडियम, जिंक, फस्फरोस, फोलिक एसिडजस्ता मिनरल्सका साथै भिटामिन ए, बी र सी पनि पाइन्छन् । यसका साथै, यसमा भरपूर मात्रामा फाइबर्स, प्रोटिन, स्टार्च, सुगर, फस्फरोस एसिडजस्ता पौष्टिक तत्व पाइन्छ ।

 

१.कमजोरीः


मेथी दानाको दैनिक जसो प्रयोग गर्दा बाँझोपनजस्ता समस्या हुँदैन । स्पर्म काउन्ट र क्वालिटी निकै राम्रो हुन्छ ।

 

२. स्वस्थ मृगौलाः


मेथी दानामा शरिरको टक्सिन बाहिर निकाल्ने क्षमता हुन्छ जसले मृगौलालाई स्वस्थ राख्न सहयोग पुर्याउँछ ।

 

३. ग्याष्ट्रिकको समस्याः


मेथी दाना नियमित रुपमा खाँदा ग्याष्ट्रिकको समस्याबाट बच्न सकिन्छ । जलन र एसिडिटी पनि हुनबाट जोगाउँछ ।

 

४. सुगर नियन्त्रणमा रहन्छः


मेथीदानामा पाइने् सोलुबल फाइबर्स ब्लड सुगरलाई नियन्त्रणमा राखेर मधुमेहको खतरा घटाउने गर्दछ ।

 

५. हृदयघातबाट बचाउः


मेथी दानामा पाइने गेलाक्टोमेनन र पोटासियमले रक्तचापलाई नियन्त्रणमा राख्छ र हृदयघातबाट बचाउन सहयोग पुर्याउँछ ।

 

६. बलियो पाचन प्रणालीः


भिजाइएको मेथी दानाले पाचन क्रियालाई बलियो बनाउँछ । कब्जियतसहित पेटका विभिन्न समस्यालाई टाढै राख्छ ।

 

७. स्वस्थ छालाः


मेथीदानाले शरिरको टक्सिन बाहिर निकालेर छालालाई स्वस्थ बनाउँछ । चायाँ, पोतो, डण्डीफोरबाट बचाउने गर्दछ ।

 

८.कालो, बाक्लो कपालः


बिहान दैनिक भिजाइएको मेथी दाना खाँदा कपाल चाँडै सेतो हुँदैन । झर्न पनि रोकिन्छ ।

 

९. पायल्सः


मेथीदानाले पाचन क्रियालाई बलियो बनाएर कब्जियत र एसिडिटीलाई टाढै राख्छ । यसले पायल्सको समस्याबाट पनि राहत प्रदान गर्छ ।

 

१०. पिसाबको समस्याः


मेथी दानाले धेरै पिसाब लाग्नु वा पिसाबको संक्रमणजस्तो समस्यालाई टाढा राख्न सहयोगी भूमिका खेल्छ ।



Your Comment

थप समाचार

संयुक्त राष्ट्रसंघका लागि चिनियाँ विशेषदूतको आग्रह

  • 1 minute ago
संयुक्त राष्ट्रसंघका लागि चिनियाँ विशेषदूतको आग्रह

संयुक्त राष्ट्रसंघ । विगत सात वर्षदेखि द्वन्द्व जारी रहेको सिरियाको समस्या समाधानको लागि संयुक्त राष्ट्रसंघका लागि चिनियाँ विशेषदूतले बिहीबार आग्रह गरेका छन् । 

पहिरोमा पुरिएका आठ शव निकालियो

  • 7 minutes ago
पहिरोमा पुरिएका आठ शव निकालियो

जाकार्ता । इन्डोनेसियाको जाभा प्रान्तमा बिहीबार गएको पहिरोमा परी ज्यान गुमाएका आठ व्यक्तिको शव उद्धारकताहरुले बाहिर निकालेका छन् । 

जनार्दन शर्मा ओली सरकारमा मन्त्रीको सूचीमा किन परेनन् ?

  • 16 minutes ago
जनार्दन शर्मा ओली सरकारमा मन्त्रीको सूचीमा किन परेनन् ?

काठमाडौं । नेकपा माओवादी केन्द्रले आज मन्त्री हुनेहरुको नाम सार्वजनिक गरेको छ । मन्त्री हुनेहरुको नाम सार्वजनिक गरेसँगै स्रोतका अनुसार रामबहादुर थापाले माओवादीबाट गर्ने


Loading...

भिडियो

hamropatro

नेपाल

जन्मनुभन्दा तीन वर्षअघि नै अपराधी ठहर !

जन्मनुभन्दा तीन वर्षअघि नै अपराधी ठहर !

नुवाकोट, फागुन ११ । यहाँका एक नागरिक जन्मनु भन्दा तीन वर्ष अघिनै चोरी मुद्दामा दोषी ठहरिएर जेल चलान भएका छन् ।

जीवनशैली

कहिलेकाही धित मर्ने गरी रुनुहोस्ः अध्ययन

कहिलेकाही धित मर्ने गरी रुनुहोस्ः अध्ययन

एजेन्सी । भन्छन् रुनु कमजोरीको प्रतिक हो । तर, अनुसन्धानकर्ता भन्छन् रुनु स्वास्थको लागि राम्रो हो । कहिले कामदेखि वाक्क लागेर, सुमुधुर सम्बन्ध टुट्दा तथा फिल्म हेरेर हामी रुने गर्छौ । आँखाबाट

विचित्र विश्व

२५६ वर्षउमेर, २४ विवाह र २०० सन्तान भएका यी को हुन् !

२५६ वर्षउमेर, २४ विवाह र २०० सन्तान भएका यी को हुन् !

वेइजिङ—चीनका एक ब्यक्ति पृथ्वीमा सबैभन्दा बढी उमेर बाँचेका ब्यक्तिका रुपमा चिनिन्छन् । आयुर्वेदिक चिकित्सक तथा मार्सल आर्टका खेलाडी लिचिङ युन सबैभन्दा लामो उमेर बाँच्ने मानिसका रुपमा परिचित छन् ।