सगुनको मिनि–आइपिओ अबको एक सातामै बन्द हुने

काठमाडौं, चैत्र ४ । नेपालीले अमेरिकामा स्थापना गरेको सामाजिक सञ्जाल सगुन डटकमको मिनी आइपिओ अबको करीब एक सातामै बन्द हुने भएको छ । सगुनले सर्वसाधारणको लागि खुलाएको मिनिआइपिओको आवेदन यही मार्च २७ देखि बन्द गर्न लागेको हो ।

 

सर्बसाधारणको लागि आवेदन बन्द गरेपछि संस्थागत लगानीकर्ताका लागि मात्रै आवेदन खुल्ला गर्ने कम्पनीले बताएको छ । सगुन गत फेब्रुअर दोस्रो साताबाट सगुनमा लगानी गर्न सक्ने गरी मिनि आइपिओको आवेदन खुल्ला गरेको थियो । त्यसयता चार हजार भन्दा बढीले सेयरको लागि आवेदन गरेको तर करीब १ हजार ७ सय जनाको आवेदन मात्रै पूर्ण रहेको कम्पनीले बताएको छ । अपुरो आवेदनलाई कम्पनीले अस्वीकृत गरेको छ ।


करीब १ हजार ७ सय जनाबाट २० लाख डलर बराबरको सेयरका लागि आवेदन परेको सगुन डटकमले बताएको छ । सगुनको सेयरमा अमेरिका र एशियाली मुलुकबाट लगानीकर्ताको उत्साहजनक सहभागिता देखिएको छ ।

 

कसरी किन्न सकिन्छ सगुनकाे शेयर ?

 

अमेरिकामा दर्ता गरी गैरआवासीय नेपालीले प्रवद्र्धन गरेको कम्पनीले विश्वव्यापी रुपमा शेयर आवेदन खुल्ला गरेको यो पहिलो अवसर हो ।

 

गैरआवासीय नेपाली गोविन्द गिरीले प्रवद्र्धन गरेको सगुन डटकमले केही समय अघि अमेरिकाको ‘जब्स एक्ट’ अनुसार मिनि आइपीओ निश्कासन गर्ने अनुमति पाएको थियो । अमेरिकामा दर्ता भएको स्टार्टअप कम्पनी सगुनले भारतको नयाँदिल्ली र काठमाडौंमा कार्यालय स्थापना गरेर काम गरिरहेको छ ।

 

सर्बसाधारणका लागि मिनी आइपिओको निश्कासन चरण सकिएपछि सगुन आफ्ना प्रोडक्ट डेभलपमेन्टमा लाग्ने सगुन इन्डियाकी स्वाती दयालले बताइन । ‘हाम्रो पाइप लाइनमा धेरै प्रोडक्ट छन्’, उनले भनिन, ‘तिनलाई प्रयोगकर्तासम्म पु¥याउन अब हामी आफ्नो सबै क्षमता प्रयोग गर्नेछौं ।’

 

सगुनले केही समयमा नै मोबाइल एप्स सार्वजनिक गर्ने तयारी गरेको छ । सगुनका संस्थापक गोविन्द गिरीले एप्स डेभलपमेन्टको करीब ५० प्रतिशत काम सकिएको जानकारी दिए । आगामी जुलाई महिनासम्ममा सगुनको एप्स बजारमा आइसक्ने उनले बताए ।

 

सम्बन्धित समाचार 

सर्बसाधारणकाे लागि सगुनकाे मिनिअाइपिअाे

सगुनमा लगानीकाे उत्साह बढ्दाे, के हाे सगुन ? कसरी गर्ने लगानी ?

 



Your Comment

Related Post

सर्वसाधारणको लागि मिनि आईपिओ खोल्ने तयारीमा सगुन

  • 7 months ago
सर्वसाधारणको लागि मिनि आईपिओ खोल्ने तयारीमा सगुन

काठमाडौं, कात्तिक ९ । नेपालीहरूले प्रवर्दन गरेको सामाजिक सञ्जाल सगुन डटकमले सर्वसाधारणको लागी मिनि आईपिओ जारी गर्ने तयारी गरेको छ मिनि आइपिओको लागि सगुनले आवश्यक कागजपत्रहरु यूएस सेक्यूरिटिज र एक्सचेन

सगुनको ऐतिहासिक फड्को, पायो मिनी आइपीओको अनुमति

  • 3 months ago
सगुनको ऐतिहासिक फड्को, पायो मिनी आइपीओको अनुमति

काठमाडाैं, माघ १९ । सोसल इ–कमर्स साइट सगुन डटकमले मिनी आइपिओ जारी गर्ने अनुमति पाएको छ ।

सगुनमा आयो ५० करोडको लगानी प्रतिबद्धता

  • 4 months ago
सगुनमा आयो ५० करोडको लगानी प्रतिबद्धता

काठमाडौं, पुस २६ । सगुन डटकममा धेरैले उत्साहपूर्वक लगानी गर्ने चाहना व्यक्त गरेका छन् । स्टार्टअप कम्पनी सगुनले डलरमा मिनि आइपिओ जारी गर्ने तयारी गरेको छ


भिडियो


Loading...
hamropatro


जीवनशैली

वृद्धहरुले धेरै औषधि प्रयोग गर्दा हुन्छ यस्तो असर

वृद्धहरुले धेरै औषधि प्रयोग गर्दा हुन्छ यस्तो असर

एजेन्सी–वैज्ञानिकहरुले गरेको एक अध्ययनले दैनिक ५ वटाभन्दा बढी औषधिको चक्की लिनुले वृद्धहरुलाई झन् कमजोर बनाउने निष्कर्ष निकालेको छ । वैज्ञानिकहरुका अनुसार बढ्दो उमेरका साथै अधिक औषधि सेवनले कार्य गर्ने क्षमतामा प्रभावित पार्छ ।

विचित्र विश्व

यो हो विश्वकै सबैभन्दा ठुलो भान्छा

यो हो विश्वकै सबैभन्दा ठुलो भान्छा

एजेन्सी–विश्वको सबैभन्दा ठुलो भान्छा कहाँ रहेको छ ? सायद यसबारे कमै मानिसहरुले ध्यान दिने गर्छन् । तर भारतमा यस्ता धेरै ठुला भान्छाहरु रहेका छन् जसमा दिनहुँ लाखौ मानिसहरुले भोजन गर्ने गर्छन् ।