महिनावारी अनियमित हुन्छ ? नियमित गराउन गर्नुस् यी घरेलु उपायहरु

एजेन्सी । अनियमित महिनावारीलाई चिकित्सकीय भाषामा ‘ओलिगोमेनोरिया’ भनिन्छ, जुन अधिकांश महिलाहरूका लागि साझा समस्या बन्दै आएको छ।

 

तौलमा घटबढ, चिकित्सकीय समस्या, अस्वस्थ खानेबानी तथा जीवनशैलीजस्ता अनेकौँ कारणले गर्दा हुने अनियमित रजस्वलाले गर्दा महिलाहरूमा अनावश्यक तनाव उत्पन्न गराउन थाल्दछ। यसैकारण नै आज हामी तपाईँहरूलाई यस्तो तनावबाट मुक्त गराउने सुरक्षित तथा प्राकृतिक उपायहरूको बारेमा छोटो जानकारी दिन गैरहेका छौँ।

 

अनि थाहा छरु अनियमित रजस्वलाको समस्याबाट राहत दिने उपचार विधिहरू प्रकृतिकै कोखमा भेटिन्छन्, जुन हामीले सँधै देख्दै आइरहेका छौँ, याद मात्र गर्दैनौँ। धनियाँको हरीयो पात देखि लिएर भिटामिन-सी युक्त फलफूलसम्म- प्रकृतिले हामीलाई अनियमित रजस्वला हटाउनका लागि अनेकौँ स्रोतहरू प्रदान गरेको छ।

 

रजस्वलाचक्रलाई नियमित गर्ने सबैभन्दा उपयोगी र प्रभावशाली प्राकृतिक उपायहरू यसप्रकार रहेका छन् ।

 

-नोट : तल दिइएकामध्ये केही विधिले गर्भपतन पनि गराउन सक्दछ। त्यसैले यदि तपाईँको रजस्वला रोक्किएको छ र गर्भवती हुनुभएको छ भने चिकित्सककोमा जानु उचित हुनेछ।

 

१. धनियाँको हरीयो पात

 

प्राचीन कालमा शताब्दीऔँ देखि नै धनियाँको पातलाई रजस्वला निम्त्याउने प्राकृतिक औषधीको रूपमा प्रयोग गरिँदै आएको छ। “धनियाँको पातमा हुने दुईवटा तत्वहरू- एपियोल र मिरिस्टिसिनले पाठेघरलाई खुम्च्याउँदछ, जसले रजस्वला चक्रलाई सुचारु गर्न मद्दत गर्दछ।”, पोषणविशेषज्ञ ‘डा. लभनीत बात्रा’ भन्छन्।

 

कसरी प्रयोग गर्ने ?

 

रजस्वला नियमित गराउनको लागि हरीयो धनियाँको पातको दैनिक डोज भनेको केवल ६ ग्राम हुनुपर्दछ, जसलाई २र२ ग्राम गरी १५० मिलिलिटर पानीमा उमाली दिनमा तीनपटक पिउनुपर्दछ। अथवा १ गिलास पानीमा ३र४ पत्ता हरीयो धनियाँको पात राखेर उमालेर पिउँदा पनि उपयोगी हुन्छ।

 

२. जीरा

 

धनियाँकै प्रजातीमा पर्ने जीराको दानाले पनि उस्तै प्रभाव गर्ने विशेषज्ञहरू बताउँछन्। यसले महिलाहरूमा रजस्वलाचक्रलाई नियमित गराउनुको साथै नियमित सेवनले दुई हप्तामा नै मोटोपना घटाउँदछ।

 

कसरी प्रयोग गर्ने ?

 

१. गिलास पानीमा आधा चम्चा जीराको दाना राखेर १० मिनेट उमाल्नुहोस्, ताकि पानीको रङ्ग हलुका खैरो होस्। त्यसपछि त्यसलाई ५ मिनेटसम्म छोपेर राख्नुहोस् र पिउनुहोस्। यसले रजस्वलाचक्रलाई नियमित गराउन मद्दत गर्दछ। यदि तपाईँको गर्भवती हुनुहुन्छ भने यो विधि अपनाउनु हानीकारक हुने चिकित्सकहरू सल्लाह दिन्छन्।

३. मेवा

रजस्वलाचक्रलाई नियमित बनाउने सबैभन्दा प्रभावशाली घरेलु उपायहरूमध्ये मेवा पनि पर्दछ। डा. बात्राका अनुसार, काँचो हरीयो मेवाले पाठेघरलाई खुम्च्याई रजस्वला सुचार गर्न मद्दत गर्दछ। यसमा पाइने क्यारोटिनले महिलाहरूमा एस्ट्रोजेन हरमोनको उत्पादन गराई रजस्वला सुचारु गराउँदछ।

 

कसरी प्रयोग गर्ने ?

 

विशेषज्ञका अनुसार, रजस्वलाचक्रका अन्तिम दिनहरूमा काँचो मेवा चपाउने अथवा मेवाको जुस दिनमा दुईपटक ९२०० मिलिलिटर० पिउने अथवा १ बटुको पाकेको मेवा खाने गर्नाले यसको प्रभाव देख्न सकिन्छ।

 

४. अदुवा

 

अदुवाको चियालाई रजस्वला निम्त्याउने सबैभन्दा शक्तिशाली तत्व मानिन्छ। तर यसले अलिकति साइडइफेक्ट दिने चिकित्सकहरू सुझाव दिन्छन्( एसिडिटी। त्यसैले धेरैदिनसम्म रजस्वला रोक्किएको छ भने हरीयो धनियाँको पात र अदुवाको चिया बनाएर पिउन चिकित्सक सल्लाह दिन्छन्। अदुवाले पाठेघर वरिपरीको तापक्रम बढाएर त्यसलाई खुम्च्याई रजस्वला गराउन मद्दत गर्दछ।

 

कसरी प्रयोग गर्ने ?

 

अदुवालाई चियाको रूपमा सेवन गर्नु सबैभन्दा सजिलो उपाय हुन आउँछ। तर यसबाट राम्रो प्रभाव पाउनका लागि आधा गिलास अदुवाको रसमा आधा चम्चा मह मिसाएर पिउनुपर्ने विज्ञहरू बताउँछन्। रजस्वला रक्किएका दिनहरूमा विहान उठ्ने बित्तीकै आधा गिलास पानीमा आधा गिलास अदुवाको रस मिसाएर खालीपेटमा पिउनुपर्दछ।

 

५. मेथी

 

प्रजनन समस्याको उपचारको लागि मेथीलाई शताब्दीऔँ देखि नै प्रयोग गरिँदै आएको इतिहास रहेको छ। यसले महिलाहरूमा एस्ट्रोजेन र प्रोजेस्टेरोन हरमोनलाई सक्रिय गराई पाठेघरलाई खुम्च्याउँदछ र रजस्वला गराउन मद्दत गर्दछ। साथै यसले प्रशवावस्थाको पीडा सहिरहेका महिलाहरूको पीडा कम गर्न पनि मद्दत गर्दछ। तर यसको धेरै सेवनले गर्भपतन गराउने खतरा निम्त्याउँदछ।

 

कसरी प्रयोग गर्ने ?

 

तरकारीमा एक चम्चा मेथीको दाना राखेर दैनिक खाने बानीले रजस्वलाचक्रमा आउने समस्या टाढा हुने विज्ञहरूको सल्लाह रहेको छ। साथै विहानीपख एकगिलास पानीमा आधा चम्चा मेथीको दाना राखि उमालेर पिउँदा पनि प्रभावकारी हुने उनीहरू बताउँछन्।

 

अन्त्यमा– रजस्वला रोक्किनु महिला र उनको जीवनसाथीको लागि कहिले खुशीको खबर हुन सक्छ भने कहिले तनावको खबर हुन सक्छ। त्यसैले यसलाई हेलचेक्र्याईँ गर्नु भनेको खतरासँग जुवारी खेल्नुसरह हुन्छ। माथीमा घरेलु उपायहरू अपनाउँदा पनि रजस्वलाचक्रमा समस्या देखापर्यो भने चिकित्सकसँग परामर्श लिई सही उपचार गर्नु आवश्यक हुन्छ।



Your Comment

थप समाचार

एनआरएन सल्लाहकार डा. शर्मा र कोषाध्यक्ष थापालाई युथ इन्स्पाइरेसन अवार्ड

  • 3 hours ago
एनआरएन सल्लाहकार डा. शर्मा र कोषाध्यक्ष थापालाई युथ इन्स्पाइरेसन अवार्ड

लण्डन । गैरआवासीय नेपाली संघका सल्लाहकार डा. हेमराज शर्मा र कोषाध्यक्ष हिक्मत थापा युथ इन्स्पाइरेसन अवार्डले सम्मानित भएका छन ।

परीक्षाफल प्रकाशित, यसरी हेर्नुस् नतिजा

  • 9 hours ago
परीक्षाफल प्रकाशित, यसरी हेर्नुस् नतिजा

 काठमाडौँ, माघ २ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७३ साल कात्तिक-मंसिरमा सञ्चालित मानविकी तथा सामाजिकशास्त्र संकायतर्फ स्नातकोत्तर दोस्रो वर्ष २०७३ आंशिकको संस

अब वाम गठबन्धनको नेतृत्वले संविधान परिष्कृत गर्दै लैजान्छ

  • 10 hours ago
अब वाम गठबन्धनको नेतृत्वले संविधान परिष्कृत गर्दै लैजान्छ

काठमाडौँ, माघ २ । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले वामपन्थीको नेतृत्वमा संविधानलाई परिष्कृत गर्दै लगिने बताएका छन् ।   अनेरास्ववियूद्वारा आयोजित दुईदिने


Loading...

भिडियो

hamropatro

नेपाल

परीक्षाफल प्रकाशित, यसरी हेर्नुस् नतिजा

परीक्षाफल प्रकाशित, यसरी हेर्नुस् नतिजा

 काठमाडौँ, माघ २ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७३ साल कात्तिक-मंसिरमा सञ्चालित मानविकी तथा सामाजिकशास्त्र संकायतर्फ स्नातकोत्तर दोस्रो वर्ष २०७३ आंशिकको संस्कृति, पत्रकारिता तथा आमसञ्चार र इतिहास विषयको परीक्षाफल आज प्रकाशित गरिएको छ ।

जीवनशैली

हरेक रातमा ३ देखि ५ बजेको बीचमा निन्द्रा खुल्छ ? हुनसक्छ अन्जान शक्तिको यस्तो इशारा

हरेक रातमा ३ देखि ५ बजेको बीचमा निन्द्रा खुल्छ ? हुनसक्छ अन्जान शक्तिको यस्तो इशारा

एजेन्सी । के तपाई राति सुतेपछि हरेक दिन एउटै समयमा ब्युझिने गर्नुहुन्छ ? चाइनिज मान्यता अनुसार यो कुनै अदृश्य शक्तिको इशारा हुनसक्छ । वा कुनै शक्तिको प्रभाव हुनसक्छ ।

विचित्र विश्व

पढ्ने खर्च जुटाउन भर्जिनिटी लिलाममा !

पढ्ने खर्च जुटाउन भर्जिनिटी लिलाममा !

एजेन्सी–राम्रो शिक्षा लिन आजकल जोकोही चाहान्छ । तर, पैसाको अभावमा मानिसले राम्रो शिक्षा लिनबाट बञ्चित हुने गरेको छ । राम्रो शिक्षा पाउनका लागि धेरै समस्याहरुको सामना गर्न पनि केही मानिसहरु पछि पर्दैनन् ।