मोरङमा मारामारः वाम एकताले टिकट बाँडफाँडमा बबाल

विराटनगर, असोज २६ । राष्ट्रिय राजनीतिमा भएको वाम एकताको कारण आसन्न प्रदेशसभा तथा प्रतिनिधि सभा निर्वाचनका लागि मोरङमा क्षेत्र बाँडफाँडमा सकस देखिएको छ । ६ निर्वाचन क्षेत्र रहेको मोरङमा चार एमाले र २ माओवादी केन्द्रलाई भनेर बाँडफाँड गरिएपनि कुन–कुन क्षेत्र भनेर मिलाउन सकस भएको हो । मोरङ क्षेत्र नम्बर ५ मा कुनै विवाद नदेखिएपनि अन्य क्षेत्रमध्ये कुन एउटा माओवादीलाई दिने भन्ने विषयमा मतान्तर देखिएको छ । 

 

माओवादीका एक थरी नेताहरुले मोरङको क्षेत्र नम्बर ५ सँगै क्षेत्र १ पनि पाउनुपर्ने दावी गरेका छन् भने अर्कोथरीले ५ र ३ नम्बर क्षेत्रको लागि लबिङ गरिरहेका छन् । विशेषगरी ५ नम्बर क्षेत्रमा आपूर्ति मन्त्री शिवकुमार मण्डलले पाउने प्रायः निश्चित बनेको छ भने क्षेत्र १ का लागि कुशल लिम्बु र क्षेत्र ३ का लागि सावित्रि कुमार काफ्लेले लबिङ गरिरहेका छन् ।

 

वाम एकतापछि जित नजिक पुगेको अनुमान भएका मोरङका यी दुवै क्षेत्रमा एमालेले पनि आफ्नै नेताहरुले टिकट पाउनुपर्नेमा जोड दिएको छ । क्षेत्र १ मा एमालेबाट घनश्याम खतिवडा र डा. शिवमाया तुम्बाहाम्फेको नाम सिफारिस भएको छ भने क्षेत्र तीनबाट एमालेका प्रमुख सचेतक भानुभक्त ढकालको नाम सिफारिस भएको छ ।

 

कुन क्षेत्र माओवादीलाई दिने भन्ने विषयमा जिल्ला तहको छलफलबाट नटुङ्गीने भन्दै एमाले मोरङका अध्यक्ष बिनोद ढकालले केन्द्रबाट नै टुङ्गिने बताए । दुवै दलले सबै क्षेत्रमा पार्टीका उमदवारको उपस्थिति कायम गराउने सहमति भने गरेका छन् । माओवादीले प्रतिनिधिसभामा उमेदवार दिइएको क्षेत्र भित्र पर्ने प्रदेशसभाको क्षेत्रमा उमेदवारी नदिने भएको माओवादी मोरङका संयोजक कुशल लिम्बूले जानकारी दिनुभयो । लिम्बूले सबैसँगको सहमतिमा क्षेत्र मिलाउन अहिले पनि छलफल भईरहेको बताउनुभयो ।

 

बाम एकतापछि मोरङका रहेका ६ प्रतिनिधिसभाका लागि ४ एमाले र २ माओवादीको भागमा छ भने प्रदेशसभाका १२ सिटका लागि ८ वटा एमाले र चारवटा माओवादीका भागमा परेको स्रोतले बताएको छ ।

 



Your Comment

थप समाचार

७४ सिटका लागि डेढसय भन्दा बढी उम्मेदवार

  • 10 hours ago
७४ सिटका लागि डेढसय भन्दा बढी उम्मेदवार

काठमाडौं, कात्तिक ५ । पहिलो चरणमा ३२ जिल्लामा प्रदेशसभाका ७४ सिटमा हुने चुनावका लागि आइतबार उम्मेदवारी दर्ता भएको छ । विभिन्न दल तथा स्वतन्त्र उम्मेदवारहरुले निर्वाधन कार्यालयमा

आलमले केपी ओलीलाई हजुरबासँग तुलना गरेपछि...

  • 10 hours ago
आलमले केपी ओलीलाई हजुरबासँग तुलना गरेपछि...

काठमाडौं कात्तिक ५ । भक्तपुरको बोलकोटस्थित एमाले अध्यक्ष केपी ओलीको निवासमा भाईटीकाको भोलिपल्ट पनि तामझाम र रौनक उस्तै थियो । अर्थात्, आइतबार दिउसो ।

प्रहरी झुक्याउने दीपक मनाङेले एमालेलाई पनि झुक्याए

  • 11 hours ago
प्रहरी झुक्याउने दीपक मनाङेले एमालेलाई पनि झुक्याए

काठमाडौं, कात्तिक ५ । गुन्डा नाइके दीपक मनाङेलाई मनाङबाट उम्मेदवार बनाउने नेकपा एमालेको निर्णयको चौतर्फी आलोचना भएपछि एमालेले मनाङेलाई उम्मेदवार नबनाउने भएको छ ।


Loading...

भिडियो

hamropatro

नेपाल

म्हैपीमा गोली प्रहारबाट एक घाइते, शंकास्पद ५ जना पक्राउ

म्हैपीमा गोली प्रहारबाट एक घाइते, शंकास्पद ५ जना पक्राउ

काठमाडौं, कात्तिक ५ । नयाँ बसपार्क नजिकै म्हैपीमा आइतबार बिहान गोली प्रहारबाट कल्याण गुरुङ घाइते भएका छन् । घटनापछि घाइतेलाई उपचारका लागि महाराजगन्जस्थित शिक्षण अस्पताल लगिएको छ ।

जीवनशैली

कहिल्यै गर्न हुँदैंन नुहाउदा यी १० गल्ती

कहिल्यै गर्न हुँदैंन नुहाउदा यी १० गल्ती

नुहाउदा हामीले अक्सर कयौं गल्तीहरु गरिरहेका हुन्छौं । जसले हाम्रो छाला र कपाललाई असर गर्नुका साथै कयोैं स्वास्थ्य समस्याहरुको कारण बन्न सक्छ ।