के यी डरलाग्दा फिल्महरु एक्लै हेर्न सक्नुहुन्छ ?

एजेन्सी । विश्वमा बन्ने चलचित्रको तथ्याङ हेर्ने हो भने २० प्रतिशत चलचित्र हरर बनिरहेका छन् । हरर चलचित्र हेर्ने दर्शकको आफ्नै जमात छ । हरर चलचित्र हेरेर दर्शक डराउने अनि रमाउने गर्छन् ।

 

आज हामी चर्चा गछौँ , ९ त्यस्ता डरलाग्ने चलचित्रहरुको बारेमा जसले दर्शकलाई डराउन समेत सफल भएको छ भने अवार्ड पनि हात पार्न सफल भएको छ ।

 

१. दि एक्जारसिस्ट

 

बिश्वभर प्रख्यात अवार्डको रुपमा मानिन्दै आएको ओस्कार अवार्डमा नोमिनेशनमा पर्ने सफल भएको ‘दि एकजारसिस्ट’ १९७४ मा बनेको हो । यो अमेरिकाको पहिलो ओस्कार नोमिनेसनमा परेको चलचित्र हो । चलचित्रमा एउटी केटीको शरिरमा प्रेतको साया पर्ने र त्यो सँग लड्नुलाई डरलाग्दो तरिकाबाट देखाइएको छ । यसै चलचित्रको कथालाई लिएर राम गोपाल बर्माले बलिउडमा ‘भुत’ नामक चलचित्र बनाएका छन् ।

 

२. ईविल डेड

 

सन् १९८१ मा ‘ईविल डेड’को पहिलो सिरिज आएको थियो । एक प्रेत आत्माको किताव जसमा शैतानी आत्मा एक लोकबाट अर्को लोकमा आउने जाने गर्छन् । उसलाई जंगलमा लुकाइएको थियो । केही बर्षपछि एउटा समुहले त्यो किताव खोल्छ । २०१३ मा रिबुट गरिएको यो फिल्म देश विदेशमा समेत केही अवार्ड जितेको छ ।

 

३. कन्ज्युरिङ

 

हलिउड चलचित्र ‘कन्ज्युरिङ’ लाई ओस्कार अवार्ड नमिलेता पनि यसलाई क्रिटिक्सले सबैभन्दा डराउने चलचित्रको रुपमा घोषित गरेको थियो । चलचित्रमा भुतप्रेतलाई समात्ने एक जोडीको बारेमा आधारित छ । यो चलचित्र प्रदर्शन हुदाँ एक्लै नहेर्न आग्रह गरिएको थियो ।

 

४. दि रिङ्ग

 

सन् २००२ मा रिलिज भएको अमेरिकी चलचित्र ‘द रिङ’ एक जापनिज चलचित्रमा आधारित छ । यो चलचित्रले देश बिदेशका केही अवार्डहरु समेत जितेको छ ।

 

५. स्लीपी होलो

 

१९९९ मा रिलिज भएको ‘स्लीपी होलो’ एक अमेरिकी हरर चलचित्र हो । यो चलचित्रले ओस्कारमा उत्कृष्ट निर्देशकको अवार्ड जितेको थियो ।

 

६. ड्रैकुला

 

सन् १९९२ मा रिलिज भएको चलचित्र ‘ड्रेकुला’ ब्रेम स्टोकरको चलचित्रमा आधारित छ । यो चलचित्रले स्ट्युम, मेकअप र साउण्डबाट तीन ओस्कार अवार्ड जितेको छ ।

 

७. साईलेन्स अफ दि लेन्ब्स

 

एक रियिल किलरको काहानीमा आधारित रहेको चलचित्र ‘साइलेन्स अफ दि लैन्ब्स’ले सर्वश्रेष्ठ चलचित्र, निर्देशक, अभिनेता, अभिनेत्री र स्क्रिनप्लेबाट ओस्कार अवार्ड जितेको छ ।

 

८. रोजमैरी बेबी

 

निर्देशक रोम पोलास्कीको निर्देशनमा बनेको चलचित्र ‘रोजमैरी बेबी’ सन् १९७८ मा प्रदर्शन भएको थियो । यो चलचिले एक ओस्कार र एक गोल्डन ग्लोब अवार्ड जितेको थियो ।

 

९. भूत

 

राम गोपाल वर्माको चलचित्र ‘भूत’बाट उर्मिलालाई फिल्म फेयर अवार्ड हात पारेको थियो ।। यो चलचित्र अमेरिकी फिल्म ‘दि एक्जारसिस्ट’ प्रेरित हो ।



Your Comment

थप समाचार

तपाईको शरीरमा पनि यी ५ लक्षण देखापर्छन् ? बेवास्ता नगर्नुस्

  • 2 hours ago
तपाईको शरीरमा पनि यी ५ लक्षण देखापर्छन् ? बेवास्ता नगर्नुस्

एजेन्सी । शरीरको हरेक भागका बारेमा गम्भीर हुन महत्त्वपूर्ण छ। किनभने जबसम्म हाम्रा शरीरका सबै भागहरू फिट हुँदैन तबसम्म तपाईले आफूलाई स्वस्थ राख्न सक्नुहुन्न ।

महिलाको नाइटोमा लुकेको हुन्छ यस्ता राजहरु

  • 2 hours ago
महिलाको नाइटोमा लुकेको हुन्छ यस्ता राजहरु

एजेन्सी । महिलाको सुन्दरतामा मात्र होइन समुन्द्र शास्त्रमा पनि निक्कै महत्व छ नाइटो अर्थात नाभीको ।

वेस्ट मिडल्याण्डमा हाम्रो नेपाली समाजले मनायो नयां वर्ष

  • 3 hours ago
वेस्ट मिडल्याण्डमा हाम्रो नेपाली समाजले मनायो नयां वर्ष

लण्डन । हाम्रो नेपाली समाज वेस्ट मिडलण्डले हरेक वर्ष जस्तै यस वर्ष पनि एक कार्यक्रमका साथ नेपाली नयां वर्ष मनाएको छ ।


Loading...
The British College

भिडियो

hamropatro

जीवनशैली

तपाईको शरीरमा पनि यी ५ लक्षण देखापर्छन् ? बेवास्ता नगर्नुस्

तपाईको शरीरमा पनि यी ५ लक्षण देखापर्छन् ? बेवास्ता नगर्नुस्

एजेन्सी । शरीरको हरेक भागका बारेमा गम्भीर हुन महत्त्वपूर्ण छ। किनभने जबसम्म हाम्रा शरीरका सबै भागहरू फिट हुँदैन तबसम्म तपाईले आफूलाई स्वस्थ राख्न सक्नुहुन्न ।

विचित्र विश्व

यी हुन् विश्वकै खतरनाक अपराधिहरु जसले डरलाग्दा घटना घटाए

यी हुन् विश्वकै खतरनाक अपराधिहरु जसले डरलाग्दा घटना घटाए

विश्वमा लाखौं मानिसहरु अपराधमा संलग्न छन् । ठगी, डकैती, चोरी, आतंकवाद, लागुपदार्थ तस्करी, हत्या, अपहरण र युद्ध अपराधहरु लगाएत अपराधमा संलग्न धेरै अपराधिहरु अन्तराष्ट्रिय प्रहरी संगठनको मोस्ट वान्टेड लिस्टमा छन् ।