मुग्लिन सडक खण्डमा सवारी रोक्दै काम गरिँदै

  • मंगलबार, २८ कार्तिक, २०७४
  • 5 months ago
  • नेपाल

 

चितवन, कात्तिक , २८ । नारायणगढ–मुग्लिन सडक विस्तारका क्रममा आजदेखि सवारी रोक्दै पुनः भित्तो काट्ने कामलाई निरन्तरता दिइएको छ ।  वर्षात् र चाडपर्वको समय परेका कारण झण्डै दुई महिना यतादेखि भित्तो काट्ने काम रोकिरहेका थिए । गत भदौ २८ गतेदेखि भित्तो काट्ने काम रोकेर सवारी सञ्चालन गर्दै आएका थिए ।

 

त्यसअघि दिनका समयमा सवारी रोकेर भित्तो काट्ने काम गरिरहेका थिए । नारायणगढ–मुग्लिन सडक आयोजनाका प्रमुख चन्द्रनारायण यादवका अनुसार सवारी चाप कम भएको समय पारेर केहीबेर सवारी रोकी भित्तो काट्ने योजना तय गरिएको हो ।

 

सोअनुसार बिहान ७ देखि ८ः३० बजेसम्म, ११ बजेदेखि १२ बजेसम्म, अपराह्न १ देखि २ बजेसम्म र अपराह्न ३ देखि ४ बजेसम्म सवारी रोकेर भित्तो काट्ने काम शुरु गरिएको छ । आज बिहान ११ बजेदेखि गाडी रोकेर भित्तो काट्ने काम थालिएको हो ।

 

स्थानीय प्रशासन, प्रहरी, आयोजना र ठेकेदार कम्पनीका बीचमा भएको संयुक्त छलफलपछि छोटो समय सवारी रोकेर भित्तो काट्ने कामलाई निरन्तरता दिने सहमति भएको यादवले बताए ।सडकको नारायणगढबाट १६ किमी ३०० मि, घुमाउनेमा २०० मिटर, चेपाङ डाँडा र जलबीरेमा गरी ३०० मि क्षेत्रमा सडक चौडा गर्न बाँकी छ । ती ठाउँमा पनि काम आधाभन्दा बढी भएकाले लामो समय नलाग्ने आयोजनाका इ शिव खनालले बताए ।

 

हालसम्म ५८ प्रतिशत मात्रै काम भएको छ । इ खनालका अनुसार सबै ठाउँमा तीन तहको कालोपत्रे गर्नुपर्ने हुन्छ । एक दिनमा ३०० मि हाराहारीका दरले कालोपत्रे गर्न सकिएको उनले बताए आगामी फागुन मसान्तसम्ममा कालोपत्रे सक्ने गरी काम भइरहेको बताइएको छ ।

 

नारायणगढ–मुग्लिन सडक खण्डको ३४ किमी खण्ड फराकिलो बनाइँदैछ । नारायणगढबाट १६ किमीसम्म सडक ११ मि फराकिलो हुनेछ भने त्यहाँबाट मुग्लिनसम्म नौ मि फराकिलो सडक बनाइँदैछ । सडकको सबै भाग कालोपत्रे गरिने छ ।

 



Your Comment

थप समाचार

कार्यक्रम गर्न लण्डन आएकी नायिका छुल्ठिमलाई म्युजिक भिडियो बोनस

  • 6 hours ago
कार्यक्रम गर्न लण्डन आएकी नायिका छुल्ठिमलाई म्युजिक भिडियो बोनस

निर्देशक कुशल श्रेष्ठले लण्डनबासी गायक सन्तोष विकको 'जुनीजुनी' बोलको गीतमा छुल्ठिमलाई अभिनय गराएका हुन् ।

नयां नेतृत्व चुन्दै नेपाली साहित्य विकास परिषद बेलायत , अधिवेसन मे १३ मा

  • 8 hours ago
नयां नेतृत्व चुन्दै नेपाली साहित्य विकास परिषद बेलायत , अधिवेसन मे १३ मा

मे १३ तारिख आइतबार लण्डनको एक्टनस्थित एबिआई कलेजमा परिषदको अधिवेसन हुंदैछ । अधिवेसनबाट संस्थाको नयां नेतृत्व चयन गर्न कृष्ण भट्टको संयोजकत्वमा निर्वाचन समिति गठन गरिएको छ ।

महारानी एलिजावेथपछि युवराज चार्ल्स कमनवेल्थ प्रमुख बन्ने

  • 8 hours ago
महारानी एलिजावेथपछि युवराज चार्ल्स कमनवेल्थ प्रमुख बन्ने

कमलनवेल्थ अन्तर्गतका ५३ मुलुकहरुको यो नेटवर्कको प्रमुखमा अहिले बेलायती महारानी एलिजावेथ द्धितिया छन् । महारानी स्वयमले पनि आफ्नो यो जिम्मेवारी आफुपछि युवराज चार्ल्सलाई नै दिने ईच्छा जाहेर गरेको बताइएक


Loading...
The British College

भिडियो

hamropatro

जीवनशैली

अम्बानीकी छोरी : यति सानै उमेरमा ४ करोड भन्दा बढी कमाउँछिन्

अम्बानीकी छोरी : यति सानै उमेरमा ४ करोड भन्दा बढी कमाउँछिन्

एजेन्सी । रिलायन्स र जियोको बोर्ड मिटिङमा आफ्नो दमदार प्रस्तुती दिएकी एसियाकै धनि मुकेश अम्बानीकी छोरी ईशा अम्बानी छिट्टै बलिउडमा देखिने भएकी छिन् । उनी फिल्म प्रोड्युसरको रुपमा बलिउडमा प्रवेश गर्न लागेकी हुन् ।

विचित्र विश्व

२७ वर्ष काटेपछि बुढीकन्ये !

२७ वर्ष काटेपछि बुढीकन्ये !

एजेन्सी । २७ वर्षभन्दा उमेर कटेका युवतीलाई चिनीयाँ समाजमा ‘बुढी कन्या’ भनेर हैरान पार्छ । समयमै विवाह गर्नुपर्ने राय बाड्ने यहाँको समाज उमेर उकालो लाग्ने बित्तिकै छानेर छाडिएकी वा कुनै गम्भिर समस्या भएकी भन्नेसम्म शंका गर्छ ।