१७ औं कमैयामुक्ति दिवसः व्यवस्था फेरियो, झुपडी फेरिएन

धनगढी उपमहानगरपालिका–७ मनेहरास्थित मुक्तकमैया शिविर


धनगढी, साउन २ । मुक्तकमैया घोषणा भएको आज १७ वर्ष पुरा भएको छ । यो अवधीमा देशको शासन व्यवस्था फेरियो, तर मुक्तकमैयाको जीवनस्तर भने अझै फेरिएन ।

 

बाल्यकालमा कमलरी र यूवा अवस्थामा कमैया बसेकी धनगढी उपमहानगरपालिका–१ वसन्त टोलकी छुट मुक्तकमैया विमला चौधरी अझै पुनस्र्थापनाको पर्खाइमै छिन् । उनी भन्छिन्–‘राजतन्त्र, प्रजातन्त्रबाट गणतन्त्र आयो, धेरै मन्त्री, प्रधानमन्त्री भए, आश्वासनको खोलो नै बगाए तर खोला तरे लौरो बिर्से ।’

 

 

पुस्तौंदेखि बाँधुवा मजदुर सरह जीवन बिताउदै आएका दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुर जिल्लास्थित हजारौं–हजार मुक्तकमैयाहरुलाई राज्यले आजकै दिेन अर्थात वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाको २०५७ सालको प्रधानमन्त्री कालमा तत्कालीन भूमी सुधार तथा व्यवस्था मन्त्री सिद्धराज ओझाले साउन २ गते प्रतिनिधि सभामा एक वक्तव्य जारी गर्दै मुक्तीको घोषणा गरेका थिए ।

 

तराईका अन्य जिल्लामा झै हाल कैलालीमा पनि परिचयपत्रधारी र छुट मुक्तकमैयाको संख्या उल्लेख्य छ । छुट मुक्तकमैयाहरु परिचय पत्र र पुनस्र्थापनाको पर्खाइमा छन् भने परिचयपत्रधारी मुक्तकमैयाहरु पुनस्र्थापना र बृद्धि विकासको लागि दिन गन्दै बसेका छन् । राज्य मुक्तकमैया पुनस्र्थापनाप्रति संवेदनशिल नहुँदा र राज्यका निकायले लक्ष्य बमोजिम काम नगर्दा समस्या माथि समस्या थपिन्दै गएको उनीहरुको आक्रोश भरिएको दुखेसो छ ।

 

 

‘हो, हामी नक्कली मुक्तकमैया हौं भने, हामीलाई कमैया राख्ने जमिन्दारहरु झै ज्युदै छन्, उनीहरुलाई बुझे भै गो, होइन भने हामीलाई पुनस्र्थापनामा किन यत्रो ढिलाई ?’, मुक्तकमैया विमलाले आक्रोश पोखिन् ।

 

भूमी सुधार कार्यालय कैलालीको गत आव ०७३÷०७४ असार मसान्तसम्मको तथ्यांक अनुसार कैलालीका ८ हजार ९१० मुक्तमैयामध्ये ८ हजार २०३ जना मुक्तकमैया पुनस्र्थापना भएका छन् । भने ५३४ जना पुनस्र्थापना हुन बाँकी छन् । त्यस्तै करिब हजारौंको संख्यामा छुट मुक्तकमैयाहरु रहेको संघ–सस्थाहरुको दाबी छ । छुट मुक्तकमैयाहरुको आवश्यक छानविन गरी परिचयपत्रसहित पुस्र्थापना गर्नु पर्ने बताउछन् मुक्तकमैया समाजका केन्द्रीय अध्यक्ष पशुपति चौधरी । उनले कमैयालाई हेर्ने राज्यको हेपाहा दृष्टिकोणले १७ वर्षको अवधीमा पनि पुनस्र्थापनाको कार्यले पूर्णता नपाएको बताउदै राज्यले गम्भिर भएर पुनस्र्थापनाको कार्य अगाडी बढाउनु पर्ने उल्लेख गरे ।

 

पुनस्र्थापनाको क्रममा कतिपय मुक्तकमैयालाई बसेकै स्थानमा जग्गा दिइएको छ । भने कतिपयलाई जग्गा खरिद अनुदानबाफत प्रति मुक्तकमैया दुई लाखको दरको अनुदान दिइरहेको छ । त्यस्तै जग्गा प्राप्त गरिसकेका परिवारलाई घर निर्माणबाफत ५५ हजार र काठ खरिदबाफत एक लाख अनुदान रकम दिदै आइएको छ । तर वर्षौ बित्दा पनि जग्गा नपाउनेहरु जग्गाको लागि र घर निर्माण गर्नेहरु निर्माण अनुदान र काठ खरिद अनुदानको लागि विभिन्न संघ–संस्थाहरु भौतारिरहेका छन् ।

 

 अनुदान रकमको लागि भूमी सुधार कार्यालय धनगढी पुगेका जानकी गाउँपालिका–३ लायकपुर वस्तीका मुक्तकमैया

 

जिल्लाको जानकी गाउँपालिका–३ लायकपुर मुक्तकमैया शिविरका मुक्तकमैया खुशीलाल चौधरीले आफुहरु जग्गा पाएको धेरै भएपनि घर निर्माण र काठ खरिदबाफत पाउने अनुदानबाट वञ्चित हुँदै आएको गुनासो पोखे । उनले भने–‘कमैया पुनस्र्थापनाको लागि आउने करोडौं बजेट बर्सेनि फ्रिज हुदै गएको छ, तर हामीले सबै प्रक्रिया पुरा गरी काठ र घर निर्माणको लागि समयमै आवेदन दिदा पनि वेवास्ता भयो ।’

 

गत आर्थिक वर्षमा जिल्ला भूमी सुधार कार्यालयले ५२९ जना मुक्तकमैयालाई जग्गा दिइ पुस्र्थापना गर्ने लक्ष्य बनाएकोमा २०९ जनाले मात्रै जग्गा पाए । त्यस्तै, ५२९ जनालाई घर निर्माण बाफत अनुदान दिइने लक्ष्य बनाएकोमा १६० लाई मात्रै दिइयो । भने २ हजार ३८६ लाई काठ खरिद अनुदान दिने भनिएपनि १ हजार ३५ लाई मात्रै वितरण गरिएको उक्त कार्यालयले जनायो । तर जिल्ला भूमी सुधार अधिकारी लक्ष्मण कठायतले गत वर्ष ६६ प्रतिशत कार्यप्रगति हासिल गरेको जानकारी दिए । उनको अनुसार ७ करोड बजेट बिनियोजन भएको थियो । जसको ३४ प्रतिशत फिर्ता गएको हो ।


१४ वर्षमा साढे १६ करोड वढी रकम फ्रिज, दुई वर्षको हरायो


जिल्ला भूमी सुधारकै तथ्यांकलाई लिने हो भने आर्थिक वर्ष ०६०/०६१ देखि ०७३/०७४ असार मसान्तसम्ममा ५२ करोड ५५ लाख ६९ हजार रुपैयाँ बिनियोजित भएको देखिन्छ । जसमध्ये ३५ करोड ८९ लाख मात्रै खर्च भएको देखिन्छ । भने बाँकी साढे १६ करोड भन्दा वढी रकम फ्रिज गएको छ ।

 

धनगढी उपमहानगरपालिका–१ वसन्त टोलस्थित मुक्तकमैया शिविर

 

तथ्यांक अनुसार आर्थिक वर्ष ०७१/०७२ मा सवैभन्दा वढी रकम फ्रिज गएको थियो । सात करोड ३३ लाख ६४ हजार २९० बिनियोजित रकम मध्ये दुई करोड ८४ लाख ५० हजार ५५२ रुपैया मात्रै खर्च भएको थियो । भने बाँकी चार करोड ४९ लाख १३ हजार ६९८ रुपैयाँ फिर्ता गएको थियो ।

 

त्यस्तै, वि.स. २०५७ सालदेखि पुनस्र्थापना तथा विभिन्न बृद्धि विकासको कार्यक्रम सञ्चालनमा आएपनि सुरवाती दुई वर्षका प्रगती विवरण हराएका छन् । कार्यालय सार्ने बेलामा दुई वर्षको विवरण हराएको हुन सक्ने भूमी सुधार अधिकारी कठायतको भनाई छ ।

 

पुनस्र्थापना ढिलाईका तीन कारण : भूमी सुधार कार्यालय

 

मुक्त घोषणाको डेढ दशक वढी बितेपनि पुनस्र्थापनाको कार्य पूर्णता नपाउनुको तीन कारण रहेको जिल्ला भूमी सुधार कार्यालयले औल्याएको छ । भूमी सुधार अधिकारी कठायतले जिल्लामा ऐलानी, पर्टी जग्गा नपाउनु, बसेकै ठाउँमा मुक्तकमैयाले जग्गा पाउनु पर्ने अडान राख्नले ढिलाई भएको औल्याए । त्यस्तै, उनले राज्यले दिदै आएको प्रति मुक्तकमैया दुई लाख जग्गा खरिद अनुदानले चाहे जस्तो जग्गा खरिद गर्न नसकिने हुँदा उक्त अनुदान कार्यक्रम मुक्तकमैयाको रोजाईमा पर्न नसकेको बताए ।

 

आ.व. ०६०/०६१ देखि ०७३/०७४ सम्म बिनियोजित बजेट र खर्च विवरण

 

 स्रोत : जिल्ला भूमी सुधार कार्यालय धनगढी

 



 



Your Comment

थप समाचार

राणा र थापाको चेपुवामा कोमल वली, छिट्टै एमाले प्रवेश गर्ने

  • 5 minutes ago
राणा र थापाको चेपुवामा कोमल वली, छिट्टै एमाले प्रवेश गर्ने

काठमाडौं, असोज ७ । केही महिनाअघि राप्रपा नेपाल मार्फत राजनीतिमा सक्रिय बनेकी गायिका कोमल वली अब उक्त पार्टी परित्याग गरी एमाले प्रवेशको तयारीमा छन् ।

आखाँ खैरो हुने मानिस हुन्छन् धोकेवाज, जान्नुहोस् अरु के हुने मानिस कस्तो ?

  • 1 hour ago
आखाँ खैरो हुने मानिस हुन्छन् धोकेवाज, जान्नुहोस् अरु के हुने मानिस कस्तो ?

एजेन्सी । शरीरका अंगबारे अध्यन गर्ने समुन्द्र शास्त्र ज्योतिष विज्ञानको एक हांगो हो । यसले हाम्रो शरीरका विभिन्न भागका बनौट र त्यसको अर्थबारे जानकारी दिन्छ ।

पहिरो खस्दा कार र ट्रक पुरिए, २ यात्रुको मृत्यु

  • 1 hour ago
पहिरो खस्दा कार र ट्रक पुरिए, २ यात्रुको मृत्यु

बुटवल, असोज ७ । रुपन्देहीको सिद्धबाबा सडक अन्तरगत तिनाउ गाउँपालिकास्थित दोभानमा पहिरो खस्दा एउटा कार र ट्रक पुरिएका छन् । पहिरोका कारण यात्रामा रह


Loading...

भिडियो

hamropatro

नेपाल

त्रिवेणी क्षेत्रका बासिन्दा वर्षेनी समस्यामा पर्दै

त्रिवेणी क्षेत्रका बासिन्दा वर्षेनी समस्यामा पर्दै

नवलपरासी, असोज ७ । महाभारत चुरे पहाडबाट बगेर आउने पानीको निकास नहुुँदा त्रिवेणी क्षेत्रका बासिन्दा वर्षेनी समस्यामा पर्दै आएका छन् ।

जीवनशैली

आखाँ खैरो हुने मानिस हुन्छन् धोकेवाज, जान्नुहोस् अरु के हुने मानिस कस्तो ?

आखाँ खैरो हुने मानिस हुन्छन् धोकेवाज, जान्नुहोस् अरु के हुने मानिस कस्तो ?

एजेन्सी । शरीरका अंगबारे अध्यन गर्ने समुन्द्र शास्त्र ज्योतिष विज्ञानको एक हांगो हो । यसले हाम्रो शरीरका विभिन्न भागका बनौट र त्यसको अर्थबारे जानकारी दिन्छ ।

विचित्र विश्व

एसियाली सहरहरुमा जलवायू परिवर्तनको असर भयावह

एसियाली सहरहरुमा जलवायू परिवर्तनको असर भयावह

मनिला, ५ असोज (रासस÷प्रोजेक्ट सिन्डीकेट) ः एसियाली मुलुकहरुमा अहिले मनसुनी वर्षा जारी छ, र महिनौं लामो गर्मीबाट राहतको श्वास लिन सकिने अवस्था छ । तर के गर्नु, यो प्रचण्ड गर्मी फेरि दोहोरिनेछ