नारायणपुर उद्योग बाणिज्य संघमा केसी र दाहालको प्रतिस्पर्धा

दाङ, भदौ २८ । दाङको नारायणपुर उद्योग बाणिज्य संघको नयाँ नेतृत्वका लागि दुई प्यानलबीच प्रतिस्पर्धा हुने भएको छ । भदौँ ३१ गते संघको नेतृत्वका लागि मंगलबार दुई प्यानलले छुट्टाछुट्टै उम्मेदवारी दर्ता गराएका हुन् । नयाँ नेतृत्वका लागि महेन्द्र दाहाल र दोर्णबहादुर केसीले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका छन् ।

 


संघको नेतृत्वका लागि नेकपा एमाले र नेपाली काँग्रेस निकट ब्यबसायीले नेतृत्वका लागि प्रतिष्पर्धा गर्ने पक्का भएको छ । नेकपा एमाले निकट ब्यबसायीको तर्फबाट केसी र नेपाली काँग्रेस प्रजातान्त्रिक उद्योगी ब्यबसायी संघको तर्फबाट दाहालले अध्यक्ष पदमा उम्मेदवारी दिएका छन् । यस्तै केसीको प्यानलबाट उद्योग उपाध्यक्षमा कुलराज खनाल, बाणिज्य उपाध्यक्षमा तिलक महरा, महासचिवमा टीकादत्त खनाल, कोषाध्यक्षमा निमराज खनाल र सचिवमा शिव श्रेष्ठले उम्मेदवारी दर्ता गराए ।

 

यस्तै प्रजातान्त्रिक ब्यबसायीक प्यानलका तर्फबाट उद्योग उपाध्यक्षमा अभियान बस्नेत, बाणिज्य उपाध्यक्षमा तिलक पौडेल, महासचिवमा दिपक सुवेदी, सचिवमा तिलक रोका, कोषाध्यक्षमा बसन्त न्यौपानेले उम्मेदवारी दिए ।

त्यसैगरी केसी प्यानलबाट महिला सदस्यमा केशरी विष्ट, खुल्ला सदस्यमा नारायण भट्टराई, प्रकाश सुबेदी, गणेश भण्डारी, तिलक भण्डारी र मित्रलाल बस्नेतले उम्मेदवारी दर्ता गराए । त्यस्तै महाराको प्यानलबाट महिला सदस्यमा रेखा खनाल, खुला सदस्यमा निमकुमार चौधरी, धर्मबहादुर केसी, सनतकुमार आचार्य, मोहनकुमार न्यौपाने र अनिल बस्नेतले उम्मेदवारी दिए । बाणिज्य संघमा चार सय ५८ जना सदस्य रहेका छन् ।



Your Comment

थप समाचार

युरोपेली संघ सम्झौताका लागि तयार हुन आवश्यक : बेलायत

  • 2 hours ago
युरोपेली संघ सम्झौताका लागि तयार हुन आवश्यक : बेलायत

लण्डन । बेलायतका ब्रेक्जिट मामिलाका मन्त्री (ब्रेक्जिट सेक्रेटरी) डेभिड डेभिसले ब्रेक्जिटको प्रक्रियामा आवश्यक सम्झौता गर्न युरोपेली संघ तयार हुनुपर्ने बताएका छन् ।

सगुनमा लगानीको अवसर नोभेम्बर ३० सम्म मात्रै

  • 3 hours ago
सगुनमा लगानीको अवसर नोभेम्बर ३० सम्म मात्रै

गत अगस्ट १८ मा सुरु गरिएको दोस्रो फेजको लगानीको अवसर यहि नोभेम्बर ३० तारिखमा बन्द गर्न लागिएको सगुनले जनाएको छ ।

"कम्युनिष्टले हैन काँग्रेसले जितेमा मुलुकमा तानाशाह आउँछ" - झलनाथ खनाल

  • 5 hours ago
"कम्युनिष्टले हैन काँग्रेसले जितेमा मुलुकमा तानाशाह आउँछ" - झलनाथ खनाल

काठमाडौँ, मंसिर १ । नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले सरकार र सत्तारुढ दलले नै निर्वाचन आचारसंहिताको उलंघन गरिरहेको आरोप लगाएका छन् । 


Loading...

भिडियो

hamropatro

नेपाल

"कम्युनिष्टले हैन काँग्रेसले जितेमा मुलुकमा तानाशाह आउँछ" - झलनाथ खनाल

काठमाडौँ, मंसिर १ । नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले सरकार र सत्तारुढ दलले नै निर्वाचन आचारसंहिताको उलंघन गरिरहेको आरोप लगाएका छन् । 

जीवनशैली

ह्याण्डसम देखिन चाहानुहुन्छ ? जान्नुहाेस् यी ५ उपाय

ह्याण्डसम देखिन चाहानुहुन्छ ? जान्नुहाेस् यी ५ उपाय

जोकोही पुरष ह्याण्डसम लुकमा हिड्न चाहान्छन् । तर, पुरुषहरुको छाला महिलाको तुलनामा रफ हुन्छ । यसकारण उनीहरुलाई आफ्नो छालाको हेरचाह गर्नु आवश्यक पर्छ ।