नबिर्सिनुहोस् लाहुरेको योगदानलाई

काङमाङ नरेश राई

नेपालीहरु विदेशीने परम्पराको सायद जेठो ईतिहास हुन सक्छ, लाहुरेहरुको ईतिहास । यो ईतिहास स्वईच्छाले जन्मिएको हैन, राज्य सत्ताले जन्माएको हो । यस्तो ईतिहास र घट्ना संसारमा नहुन सक्छ ।

 

एउटा देशको नागरिक कुनै अर्को देशको रक्षार्थ निम्ति लड्ने सायद लाहुरेहरु नै हुन् । आदिवासी जनजाती र केहि खस र छेत्रीका लक्का जवानहरुले वेलायती सेनामा सेवा गरेको २०२ बर्ष पुरा भईसक्यो । उनीहरुलाई भर्ती पठाए वापत नेपाल सरकारले रोयल्टी पाउँछ भन्ने सम्म सुनियो । तर यसको बिषयमा राज्य अनुत्तरित छ ।


हजारौ संख्याले वीरगती पाए, युद्ध भुमीमै । त्यतिकै संख्यामा हराए र विभिन्न देशहरुमा विस्थापित भए । युद्धमा हराएकाहरु धेरै जसो बर्मा, ईटाली, फिजी जस्ता देशहरुमा विस्थपित हुन पुगे । उनीहरुको संख्यालाई गणितिय हिसावमा उतार्ने हो भने झण्डै एक करोड भन्दा धेरै हुन्थे नेपाली माटोमा यति वेला ।

 

उनीहरु युद्वमा नमरेका र नहराएका भए उनीहरुका सन्तानहरु यतिवेला वेला देशको विभिन्न निकायहरुमा हुन्थे । कार्यपालीका, न्यायपालीका, ब्यावस्थापिका सबै ठाउँमा हुन्थे । नेता देखि मन्त्रि सम्म हुन्थे । पियनदेखि सचिव सम्म हुन्थे । स्कूलमा घण्टी वजाउने पियनदेखि प्रोफेसर र चौकीदार हुन्थे । फटाहा डन देखि बुद्धिमानहरु पनि पक्कै हुन्थे ।


पहिले पुर्खाहरुलाई जब्बरजस्त भर्ती पठाईयो । पुर्वी नेपालतिर पगरी, सुब्बा र मुखिया लगाएर हुकुमको भरमा भर्ती पठाईन्थो । पश्चिम नेपालतिर मुखिया र कटुवाल लागएर भर्ती लगाईन्थ्यो ।

 

त्यसपछि गोर्खाभर्ती एउटा संस्कार बन्यो । अनि वेलायती सेनामा आफ्नै स्वईच्छाले भर्ती जान थाले, जवानहरु । लाहुरे रहरमा परिणत भो त्यसपछि । गोर्खा भर्ती बन्यो, आय आर्जन गर्ने राम्रो ठाउँ ।

 

अहिले आएर नेपालीहरुको लागि सबै भन्दा राम्रो पैसा कमाउने र सरल जीवन जीउने माध्यम बन्यो गोर्खा भर्ति । यतिवेला गोरा बराबर मासिक तलब सुविधा पाउन थालेपछि गैर आदिवासी जनजातीहरु पनि धमाधम भर्ती लाग्ने संस्कार बनिसकेको छ ।


आदिवासी लाहुरेहरु वेलायत र नेपालमा अनागारिक जस्तो भएका छन् । नेपालमा छोरो पुस्ता समानताको लडाई लडिरहेको छ भने बेलायतमा बाउ र काका पुस्ता समान पेन्सन र क्षतीपुर्तीको लडाई लडिरहेको छ, किन ? प्रश्न त उठ्छ नै राज्य सत्तासंग ।

देशकोलागि लाहुरेले दिएको योगदानको विषयमा चर्चा गरौ ।


१. राजनैतिक
राणा शासनको विरुद्वमा भोजपुर जील्लावाट भु.पु लाहुरेहरु नारदमुनि थुलुङ्ग, राम प्रसाद राई र जसमान राई आदीले हतियार उठाएका थिए । पल्टनमा हुँदै राणको विरुद्धमा लड्ने योजना बनाएको बताउँछन्, ९९ बर्षीय जसमान राई । वेलायतबाट ईण्डिया स्वतन्त्र भएपछि, ६ महिना लामो योजनाका साथ राणाको विरुद्धमा हतियार उठाएका थिए । भोजपुरमा प्रत्येक शनिबार हटिया लाग्ने गर्थ्यो र अहिले पनि लाग्ने गर्छ । भु.पु लाहुरेहरु कोहि साग ब्यापारी बने । कोहि अम्बक ब्यापारी, कोहि सुर्ती यापारी, कोहि सुगुरको पाठा ब्यापारी भएर हटियामा छरिएका थिए ।


जसमान राई भन्छन्, नारदमुनि थुलुङ्गको नेतृत्वमा टुडिखेलमा नाचगान देखाउँन शुरु भो । सबै भने जसो बजारका मान्छे र पुलीसहरु नाच गान हेर्नतिर लागे । धनकुटाबाट हतियार साहित आएका प्रहहरीहरु माल अड्डामा हतियार विसाएर खाना खान गएछ । त्यहि मौकामा भोजपुरको मालअड्डा हतियारहरु सहित कब्जा जमायौ । त्यो दिन थियो, २००७ साल मंसिर २४ गते शनिवार ।


त्यसपछि उनीहरुले ओखलढुङ्गा, संखुवासभा, चरीकोट, धनकुटा आदी ठाउँहरुमा राणाहरुलाई परास्त पारे । भोपुरवाट विरगंज, विराटनगर जस्ता ठाउँहरुमा किराती सेनाहरु राणा शाषण अन्त्य गर्नको लागि पठाएका थिए ।

२. शिक्षा र विकास
विकासको लागि लाहुरेहरुले देशमा महत्वपुर्ण योगदानहरु दिएका छन् । राणा शाशनको समयमा उनीहरुले गाउँहरुमा स्कूलहरुको स्थापना गरेका छन् । दोस्रो महायुद्वको समाप्तपछि १९४७ मा भारत स्वातन्त्र भयो । गोर्खाहरुको कटौति गरी राखेको पैसा फिर्ता दिने निर्णय गर्‍यो वेलायतले । ईण्डियाका तत्कालीन प्रधानसेनापति र नेपालका तत्कालीन प्रधानसेनापति बबर शमसेर जबरालाई पैसा छोडेको जानकारी गरायो, वेलायतले । ईण्डियाका तत्कालीन प्रधान सेनापतिले नेपालको तत्कालीन प्रधान सेनापति बबर शम्सेरलाई उक्त रकम हस्तान्तरण गरेका थिए ।


वि.स. २००५ साल कार्तिकमा प्रधान सेनापति ववर शम्सेरले भु.पु. गोर्खा अफिसरहरुलाई काठमाण्डौ वोलाएका थिए । बैठकमा ववर शम्सेरले सोधेका थिए, “यो पैसा तिमीहरुले के गर्छौ”? तीन महिना लामो छलफलपछि भु.पु. लाहुरेहरुले उक्त रकमलाई गाउँहरुमा स्कूल र स्वास्थ चौकीहरु बनाउँने निर्णय गरे ।

 

धेरै जिल्लाहरुमा डिस्ट्रिक सोल्जर वोर्डको स्थापना भयो । अहिले वलफेर भनिन्छ । नेपाल सरकारले प्रत्येक डिस्ट्रिक सोल्जर वोर्डमा एक जना कर्माचारी खटाएको थियो । वोर्डको अध्यक्ष र उपध्याक्षमा भु.पु. लाहुरेहरुलाई नियुक्ति गरेको बताउँथे स्व. दिल कर्ण राई र बुद्धि बखत राई । वैठकमा पुर्वी नेपालवाट भु.पु.क्याप्टेन कमान सिंह, सरदार वहादुर लिम्वु, चैनपुरवाट जगत वहादुर याख्खा, भोजपुर निवासी सरदारवहादुर हर्क राज राई “उनले पहिलो विश्वयुद्वमा सरदार बहादुर पदक पाएका थिए” । र सरदार बहादुर मानसेर राईको उपस्थिति रहेको थियो ।

 

त्यसैगरि नेपालको पश्चिमबाट छैठौं गोर्खा राईफलका अनररी क्याप्टेन रडक सिंह गुरुङ्ग, चारऔं गोर्खा राईफलका अनर री क्याप्टेन नर वहादुर गुरुङ्ग, (उनी पछि मन्त्री पनि भएका थिए ) लगायत भु.पु. लाहुरेहरु बैंठकमा उपस्थित थिए ।

 

उनीहरुले स्कूल स्थापना गर्न एक जना प्रतिनिधि तोकी ठाउँ ठाउँमा पठाएका थिए । भोजपुर जिल्ला टेम्के मैयुङ्ग गाउँपालीका वर्ड नम्बर १ तिम्मामा चहक मान राईलाई खटाएका थिए । सानो दुङ्गमामा भु.पु सुबदार जित वीर राईको उपस्थिती रहेको बताउँथे, स्वार्गिय बुद्धि बखत राई । जुन समय नेपालमा सरकारी स्कूलहरुको निर्माण भएको थिएन । त्यो वेला स्कूलहरुको स्थापना गरेका हुन लाहुरेहरुले ।


सेवारत लाहरेुहरुले बर्षमा एक दिनको तलव गोर्खा वेयलफेयर ट्रष्टलाई दिने गरेका छन् । उक्त रकमबाट वेलफेयरले स्कूल, हेल् थपोष्टहरु निर्माण गर्छ नेपालमा । खानेपानी अभाव भएका ठाउँहरुमा खानेपानी पु्याउने गरेका छन् । डि.एफ.आई.डि.को नाममा प्रत्येक बर्ष वेलायत सरकारले नेपाललाई आर्थिक अनुदान प्रदान गर्दछ । जुन अनुदान लाहुरेसंग सरोकार राख्छ ।


३. संचार
नेपालमा रेडियोको स्थापना भोजपुरमा भु.पु लाहुरे नारदमुनि थुलुङ्गको नेतृवमा भएको थियो । रेडियो अप्रेटरको नाम हो, कुबेरमान राई । रेडियो अपरेट गर्ने काम गरेपछि कुबेरमान राई अप्रेटरमा परिणत भएको थिए । सबैले उनलाई अप्रेटर नै भन्थे । उनको नाम नै अप्रेटर हुन पुग्यो । उनी गोर्खा सिंगनलबाट टेक्निसियनमा अवकाश भएका थिए ।

तर भोजपुरमा स्थापना गरिएको रेडियो स्टुडियोलाई विराटनगर सारिएको थियो । रेडियोमा पहिलो बोल्ने व्यक्ति नारदमुनि थुलुङ्ग थिए, तर उनको नाम गुमनाम रहेको छ ।


४. साहित्य र संगीतमा
नेपाली साहित्य, संगीत र संचार क्षेत्रमा पनि उति नै उल्लेखनीय योगदान दिएका छन् लाहुरेले । नेपाली भाषामा पहिलो फोनिन् कार्यक्रम चलाउने भु.पु लाहुरे किशोर गुरुङ्ग हुन् । उनी विएफविएस गोर्खा रेडियोमा लामो समय काम गरे । हङ्गकङ्गमा फोनिन कार्यक्रम चलाउँथे । पाण्डव सुनुवार कोरियाबाट हङ्गकङ्ग पुग्दा उनले फोनिन कार्यक्रम चलाएको देखे । अनि पो त्यसपछि, नेपालमा पाण्डव सुनुवारले फोनिन कार्यक्रमको शुरुवात गरेका हुन् ।

 

पहिलो नेपाली गायक मास्टर मित्र सेन थापा मगर हुन् । उनले रत्नदासले भन्दा पहिले ईण्डियामा ग्रामोफोन डिक्स्मा गीत रेकर्ड गरेको ईतिहास पाईन्छ । नेपाली पप गायनको प्रवर्तक नोरदेन तेन्जिङ्ग हुन् । उनले भर्ती हुन अगावै दार्जीलीङ्गमा ब्लुस्टोन ब्याण्डमा ड्रम बजाउने र गीत पनि गाउँथे ।

 

५.अन्य योगदानहरु
लाहुरेहरु नेपाल फर्केपछि कतिले कम्पाण्डरको काम गरे । बच्चा जन्माउन नसकी कयौ छोरीचेलीहरुको अकालमा ज्यान जान्थे । गाउँघरमा धामी झाक्री भन्दा अर्को कुनै उपाय थिएन । पल्टनघरमा सिकेको सिपलाई सदुपयोग गर्दै उनीहरुले छोरीचेली र नवजात शिशुहरुको ज्यान बचाए । उनीहले त्यो बेला पारा मेडिकको काम गरेका थिए । धरान, पोखरा आदि ठाउँहरुलाई नयाँ शहर बनाउनमा महत्वपुर्ण योगदान दिएका छन् लाहुरेहरुले ।

 ।



    Your Comment

    थप समाचार

    निर्दयी सुनमाया : ७५ वर्षीय भूपू गोर्खा लिम्बुको घांटी अट्ठ्याएर गरिन् हत्या

    • 10 hours ago
    निर्दयी सुनमाया : ७५ वर्षीय भूपू गोर्खा लिम्बुको घांटी अट्ठ्याएर गरिन् हत्या

    लिम्बूको हत्या गरेको तथा नीजकी श्रीमतिलाई आक्रमण गरी बन्धक बनाएको लगायतका अभियोगमा मुद्धा खेपिरहेकी आरोपी ५० वर्षीया सुनमाया तामांगले भने अदालतसामु आफुमाथि लगाइएको अभिय

    के साँच्चै प्रियंकाले पाएकै हुन् त जीवनसाथी ? एकसाथ दुवै यस्तो अवस्थामा भेटिए

    • 11 hours ago
    के साँच्चै प्रियंकाले पाएकै हुन् त जीवनसाथी ? एकसाथ दुवै यस्तो अवस्थामा भेटिए

    एजेन्सी । बलिउडदेखि हलिउडसम्म आफ्नो खास पहिचान बनाउन सफल अभिनेत्री प्रियंका चोपडा यी दिनहरुमा निकै चर्चामा रहेकी छिन् । 

    बलिउड अभिनेता सलमान खानको साथमा ज्याकलिन नेपाल आउँदै

    • 12 hours ago
    बलिउड अभिनेता सलमान खानको साथमा ज्याकलिन नेपाल आउँदै

    मंसिर २ । बलिउड सुपरस्टार सलमान खान बलिउडमा चर्चित श्रीलंकाली अभिनेत्री ज्याकलिन फर्नान्डिसका साथमा नेपाल आउँदैछन् ।


    Loading...

    भिडियो

    hamropatro

    नेपाल

    "वाम गठबन्धनको बहुमत पुग्नु भनेको भ्यागुताले धार्नी उचाल्ने जस्तै" - प्रम देउवा

    बाजुरा, मंसिर २ । नेपाली काँग्रेसका सभापति एवँ प्रधानमन्त्री शेरबहादुर देउवाले वाम गठबन्धनले जनताको अधिकारलाई रक्षा गर्न नसक्ने बताएका छन् । 

    जीवनशैली

    कुनैपनि काम नबनेर हैरान हुनुहुन्छ ? दशाग्रहले सताएको छ ? १ कचौरा नुन बाथरुममा राख्नुस्

    कुनैपनि काम नबनेर हैरान हुनुहुन्छ ? दशाग्रहले सताएको छ ? १ कचौरा नुन बाथरुममा राख्नुस्

    एजेन्सी । नूनको प्रयोगसहित गरिने केही उपायले घरका सदस्यको सोँच नै सकारात्मक हुन्छ । नूनले खानाको स्वाद मात्र बढाउने होइन यसले बास्तु दोष पनि कटाउन मद्दत पुर्‍याउँछ ।