Techie IT
२०८१ वैशाख ७, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्वार्ताप्रमोद अग्रहरिको प्रश्नः म रोजाइको अभिनेतामा किन पर्दिन ?

प्रमोद अग्रहरिको प्रश्नः म रोजाइको अभिनेतामा किन पर्दिन ?


प्रमोद अग्रहरि नेपाली रजतपटले पाएका प्रतिभाशाली अभिनेता हुन् । प्रतिभाशाली भइकन पनि अभिनेताका रुपमा उनको उचित परिक्षण नेपाली सिनेमाले गरेको छैन् । भारतको दिल्लीमा नाट्यकला सिकेका प्रमोदले सन् २०१२ यता दर्जनौं सिनेमामा आफ्नो काम देखाइसकेका छन् । यध्यपी उनी आफै त्यसलाई आफूले काम गरेको वा देखाएको भन्न चाहँदैनन् । भन्छन् – मैले त अहिलेसम्म कामै पाएको छैन, कामै गराइएको छैन जस्तो लाग्छ । उनी आफूलाई कुनै गुटमा नभएर हो या ‘कनेक्सन’ स्थापित गर्न नसकेर भनेजत्ति र भनेजस्तो काम नपाइरहेको होकी भनेर प्रश्न गर्छन् । उनलाई काम देखाउनु छ, त्यसैले आफैले केही तयारी गरिरहेका छन् । तत्काललाई उनी अभिनित ‘चित्रा’ रिलिजको संघारमा छ । सिनेमामा उनी विभिन्न रुपमा देखिनेछन् । त्यसमध्ये एउटा अवतार ‘कान्छा दाइ’को हो । सिनेमालाई लिएर उनी आशावादी छन् । उनीसँग गरिएको भलाकुसारी यस्तो छ: –

‘चित्रा’मा कस्तो भूमिकामा देखिदैं हुनुहुन्छ ?
टिजर हेरेर तपाईंहरुलाई थाहा नै भइसक्यो । समय र परिस्थितिले गर्दा एउटा मान्छे कसरी समाजप्रति नकारात्मक हुन जान्छ र कुनै पात्रप्रति कसरी विद्रोह गर्छ भनेर देख्न सक्नुहुनेछ। सिमित शब्दमा भन्नुपर्दा एउटा भिलेन नै भन्दा पनि हुन्छ ।

चित्रामा त्यो पात्रले के गर्छ ?
यसका पात्रहरु जो छन् तिनीहरुलाई अफ्ठ्यारो पार्छ । नकारात्मक भूमिका भन्ने बित्तिकै स्वार्थ पूरा गर्नको लागि उसले अरु पात्रहरुमाथि पार्ने असरहरुबाट अगाडि बढ्छ

पात्रको नाम?
‘कान्छा दाइ’को भूमिकामा छु भनेर बुझ्नुस् अहिलेलाई तर सिनेमामा मलाई थुप्रै रुपहरुमा देख्नुहुनेछ ।

भूमिकाका लागि केके गर्नुभयो, मेहेनत धेरै पर्‍यो की ?
परेन। त्यही लुक्सहरुमामा काम गर्नुपर्यो, त्यसपछि बोलीमा अनि पात्रको हाउभाउमा हो ।

फिल्मबाट कस्तो आशा राख्नुभएको छ ?
एउटा राम्रो फिल्म बन्छ कि भन्ने आशाका साथ यो फिल्म गरेको हुँ । यसमा म काम गर्नुको पछाडिको मुख्य उदेश्य भनेको यो बुबा र छोरीको सिनेमा हो । यस्तो खालको कथामा कम मात्रै सिनेमाहरु बनिएको पाइन्छ नेपालीमा । मेरो लागि बुबा भनेको जहिले पनि हिरो हो के । त्यही भावनाले किन नगर्ने त भनेर यो फिल्म गरेको हुँ । प्रदिप भारद्वाज दाइ, घनश्याम लामिछाने दाइहरुसँग पहिलादेखि कुराहरु भइराख्ने अनि उहाँहरुले मलाई गर्ने माया र सम्मान जुन छ त्यसले पनि । उहाँहरुले कुरा गर्नुभयो अनि मैले सहज ढंगले नै गरें ।

सोचअनुसारको काम भयो भएन ?
म मेरो काममा चुक्ने काम गर्दिन । जसरी दर्शकहरुले मलाई आजसम्म माया गरिरहनुभएको छ मेरो कामकै कारणले हो । सन् २०१२ देखिको यो विश्वासलाई मैले कहिले मेरोतर्फबाट निरुत्साहित गर्नेछैन । यो कुरा म मेरो फिल्ममा चाहे केही मिनेटमात्रै वा ३ घण्टाको किन नहोस् म मेरा दर्शकहरुलाई गुनासो गर्ने ठाउँ दिन्न । आजसम्म मैले दर्शकलाई निराश बनाएको छैन । यसमा पनि मबाट निराश हुनुपर्दैन ।

अभिनेताका रुपमा तपाईंको अभिनय क्षमतालाई आजसम्म कत्तिको चुनौती प्राप्त भयो भन्ने लाग्छ?
मैले त अहिलेसम्म कामै पाएको छैन, कामै गराइएको छैन जस्तो लाग्छ ।

कस्तो भूमिकाको पर्खाइमा हुनुहुन्छ ?
यस्तोउस्तो भन्दा पनि समाजमा देखिएको पात्र र घटेका घटनाहरुका पात्रमा काम गर्न, बाँच्न मन छ । जसरी फिल्महरु आइरहेका छन् त्यो हेर्दा मलाई किन कास्ट गरिदैन भनेर मनमा प्रश्नहरु आइरहेको हुन्छ । अजिब पनि लाग्छ। कतिपयले भन्नुपनि हुन्छ, किन तिमीलाई यो पात्र भनिएन, तिमीले किन गरेनौं, तिमीसँग यी पात्रहरु किन आइपुगेनन् भनेर भनिराखेको हुनुहुन्छ । यसबारेमा के हो मलाई पनि थाहा छैन् । यसका लागि बेग्लै खाले कनेक्सन चाहिने हो या मै कनेक्सनहरुबाट टाढा हो की ?, मलाई केही थाहा छैन, किन हो? मलाई थाहा छ, म ती भूमिकाहरु गर्न सक्छु तर मलाई किन गराईंदैन? मलाई यो कुराचाँहि अजिब लाग्छ । यस कास्टिङ नै त्यसरी गरिन्छ कि जस्तो लाग्छ ।

केही कलाकारलाई भ्याइनभ्याइ फिल्महरु छन् ? केही राम्रै कलाकारहरु खाली नै बसेको देखिन्छ । तपाईंले बुझे अनुसारको यो उद्योगमा किन यस्तो हुन्छ होला ?
निश्चितरुपमा मान्छेहरुले भनिरहेका हुन्छन्, गुटवाद छ भनेर । सायद म त्यो भिडमा नअटाइरहेको हो कि वा त्यो ठाउँमा म अटाउन नसकेको वा नअटाइएको हो की

तपाईंका आफ्नै केही योजनाहरु छन् कि ?
छ । मेरो आफ्नै प्रोडक्सन कम्पनीहरुबाट स्क्रिप्टको कामहरु भइरहेको छ, छिट्टै नै फ्लोरमा जान्छौं होला, तयारीहरु चलिरहेका छन्, भन्ने बेला नभएर होला ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

बिपिन कार्कीको फरक भूमिका रहेको ‘एक भगवत् र एक गीता’…

काठमाडाैँ । कलाकार बिपिन कार्कीको फरक अवतारका कारण निकै चर्चा बटुलेको चलचित्र ‘एक भगवत् र एक गीता’ भिडियोपसल एपमा रिलिज

‘फर्की फर्की’को ट्रेलर सार्वजनिक

काठमाडौँ । नेपाली कथानक चलचित्र ‘फर्की फर्की’को ट्रेलर सार्वजनिक भएको छ । आज सार्वजनिक गरिएको ट्रेलर अनमोल केसीमा केन्द्रित छ

‘द रेड सुटकेस’ वैदेशिक रोजगारको अन्त्यको क्रान्ति होः श्रममन्त्री अर्याल

काठमाडौँ । नयाँ वर्षको अवसर पारेर ३० चैतबाट प्रदर्शनमा आएको चलचित्र ‘द रेड सुटकेस’ले यतिबेला दर्शकले रुचाएका छन् । यो

इराकमा सांगीतिक धमाका मच्चाउँदै राजेशपायल

काठमाडौँ । नेपालीमा उखानै छ, ‘जहाँ पुग्दैन रवि, त्यहाँ पुग्छन् कवि’ । कवि लक्षित यो भनाइलाई सार मान्दै ‘जहाँ नेपाली,

१०८ जनाको स्वर रहेको ‘बुद्धम् शरणम् गच्छामी’ सार्वजनिक

काठमाडौँ । नेपालका १०८ जना गायक गायिकाहरुको स्वरमा रेडर्क गरिएको श्लोक राखिएको ‘त्रिशरण गमनम्’ एल्बममा काठमाडौँमा सार्वजनिक गरिएको छ ।

फिल्म ‘ह्रस्व दीर्घ’मा हरिहरको लुक्स सार्वजनिक

काठमाडौँ । फिल्म ‘ह्रस्व दीर्घ’मा मुख्य भूमिकामा अभिनय गरेका अभिनेता तथा ज्योतिष हरिहर अधिकारीको क्यारेक्टर लुक्स सार्वजनिक गरिएको छ ।

Techie IT