नयाँ शक्ति बेलायतमा आयो धन गुरुंग नेतृत्वको नयाँ टिम

  • सोमबार, ७ चैत, २०७३
  • 1 month ago
  • युके

लण्डन । नयाँ शक्ति पार्टी नेपाल निकट अन्तर्राष्ट्रिय नेपाली समाज बेलायतको अध्यक्षमा धन गुरुंग निर्वाचित भएका छन् ।


आइतबार सम्पन्न समाजको पहिलो अधिवेसनमा गुरुंग नेतृत्वको सिंगो कार्यसमिति नै निर्विरोध निर्वाचित भएको छ ।


नयाँ कार्यसमितिको उपाध्यक्षहरुमा जगन कार्की (खस /आर्य ), थम बिक (दलित), सुमित्रा राई (महिला), हेम गुरुंग (जनजाति) र डा दिलिप यादव (मधेशी) निर्वाचित भएका छन् ।


समाजको महासचिवको जिम्मेवारी रेशम थापाले पाएका छन् भने सचिव पुष्प उप्रेती र रुद्र श्रेष्ठ  चयन भएका छन् । त्यस्तै प्रवक्ता विरेन्द्र श्रेष्ठ, कोषाध्यक्ष दिपक गुरुंग र सहकोषाध्यक्ष राजु कंडेल छानिएका छन् ।


त्यसैगरी कार्यसमितिको सदस्य निर्वाचित हुनेहरुमा सुरोज मास्के,  कृष्ण गैरे, पाण्डव महतो,  शिवहरि तिमल्सिना, क्रान्ति मास्के, तारबिन पोखरेल, सकुन्तला गुरुंग, कुमार घले, लक्ष्मी भण्डारी, गनबहादुर गुरुंग, रुद्र ढकाल र हर्क सेवा छन् ।


नवनिर्वाचित कार्यसमितिको पदावधि ३ वर्ष हुनेछ । डा भरत सिंखडा, डा चन्द्र लक्सम्बा, ढक गुरुंग, चन्द्र गुरुंग र कृष्ण गुरुंग सम्मिलित निर्वाचन समितिले नयां कार्यसमितिको घोषणा गरेको थियो ।

 

समाजका संयोजक भोला खनालको अध्यक्षतामा अल्डरसटमा अधिवेसन सम्पन्न भएको थियो ।



    Your Comment

    Loading...

    भिडियो


    Related Post

    यूके डान्स अफमा जेनी सुनुवार बनिन् विजेता

    • 4 months ago
    यूके डान्स अफमा जेनी सुनुवार बनिन् विजेता

    लण्डन । सपन इन्टरटेनमेन्टले बेलायतमा पहिलोपटक आयोजना गरेको यूके डान्स अफ प्रतियोगिताको टाइटल जेनी सुनुवारले जितेकी छिन् । आइतबार अल्डरसटमा सम्पन्न प्रतियोगिताको फाइनलमा सहभागी ९ प्रतिस्पर्

    तमु धि यूकेको अध्यक्षमा ज्ञाम गुरुंग निर्विरोध, ३ उपाध्यक्षमा ६ उम्मेदवार

    • 5 months ago
    तमु धि यूकेको अध्यक्षमा ज्ञाम गुरुंग निर्विरोध, ३ उपाध्यक्षमा ६ उम्मेदवार

    लण्डन । बेलायतको सबैभन्दा ठूलो नेपाली जातीय संस्था तमु धि यूकेको अध्यक्षमा ज्ञाम गुरुंग निर्विरोध भएका छन् । शनिबार अल्डरसटमा हुने अधिवेसनबाट चयन हुने नयां कार्यसमितिका लागि उम्

    यू–१९ विश्वकपको लागि नेपाली टिम घोषणा

    • 1 year ago
    यू–१९ विश्वकपको लागि नेपाली टिम घोषणा

    काठमाडाैं । आगामी जनवरी २२ देखि बंगादेशमा हुने आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताको लागि नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली टिम घोषणा गरेको छ । क्यानले मंगलबार राजु रिजालको कप्तानीमा १५ सदस्यी

    hamropatro


    नेपाल

    एउटा निर्णय नहुँदा लाखौं लिटर पेट्रोलियम भण्डारण गर्ने ट्यांकी वर्षैंदेखी खाली

    एउटा निर्णय नहुँदा लाखौं लिटर पेट्रोलियम भण्डारण गर्ने ट्यांकी वर्षैंदेखी खाली

    धनगढी, वैशाख १० । पेट्रोलियम पदार्थ भण्डारण गर्न बेला बखत ट्यांकीको अभाव देखिएको अवस्थामा नेपाल आयल निगम धनगढीको कार्यालयमा रहेको मट्टीतेल भण्डारण गर्ने ट्यांकी भने प्रयोगविहीन अवस्थामा छ ।

     

    सात लाख ६० हजार लि क्षमताको उक्त ट्यांकी चार वर्षअघि खाली गराइएको भए पनि अहिलेसम्म प्रयोगविहीन अवस्थामा रहेको कार्यालयका प्रमुख नरेशकुमार डङ्गोलले बताए । “निगमको केन्द्रीय टोली आएर उक्त ट्यांकी खाली गर्ने निर्णय भयो”, डङ्गोलले भने, “डिजेल भण्डारण गर्ने भनेर खाली गरिएको भए पनि अहिलेसम्म निर्णय हुन नसक्दा ट्यांकी बन्द अवस्थामा छ ।”

    जीवनशैली

    डण्डीफोरले सताएको छ ? अब यसो गर्नुहोस्

    डण्डीफोरले सताएको छ ? अब यसो गर्नुहोस्

    शरीरमा भिटामिन बी–१२ को मात्रा धेरै हुादा डन्डिफोर आउने युनिभर्सिटी अफ क्यालिफोर्नियाका वैज्ञानिकले गरेको एक अध्ययनले देखाएको छ ।