डा. भट्टराईका ‘दाहिने हात’ देवेन्द्र पौडेल सहित दर्जनौ नेता माओवादीमा फर्कँदै

'आफ्नै'ले छोड्ने भएपछि एक्लिँदै भट्टराई

काठमाडौं, जेठ ५ । नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराईले उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमसँग चुनावअघि नै पार्टी एकता गर्न चाहन्थे । एकीकरणका लागि प्रतिकुल परिस्थिति बनेपछि चुनावी तालमेल मात्रै भयो ।

 


यादवले डा. भट्टराईलाई अध्यक्ष अस्विकार गर्ने र भट्टराई बरिष्ठ नेता बन्दै यादवलाई अध्यक्ष बनाउन तयार नहुने भएपछि नै पार्टी एकीकरण भंग भएको थियो । चुनावपछि फेरि एकीकरण हुनसक्ने प्रतिकात्मक अभिव्यक्ति भट्टराईले दिइसके । तर परिस्थिति झनै प्रतिकुल बन्न थालेको छ ।

 

 

पूर्व माओवादीहरु माके फर्कँदै

 

चुनावपछि नयाँ शक्तिमा अर्को पहिरो जाने तरखरमा रहेको पछिल्लो केही घटनाक्रमले देखाएका छन् । देवेन्द्र पौडेल, नवराज सुवेदी, देवेन्द्र पराजुली, कल्पना धमला, कुमार पौडेल लगायत एक दर्जन बढी पूर्व माओवादी नेताहरु माओवादी केन्द्रमै फर्कने तयारीमा छन् । गोप्य स्रोतका अनुसार माकेको सन्तोषजनक परिणाम आएपछि उनीहरुले प्रचण्ड र उनीनिकट नेताहरुसँगको छलफल तिब्र बनाउन थालेका हुन् । त्यस्तै नयाँ शक्तिकै अर्का नेता रामचन्द्र झा अरु केही मधेसी सदस्यलाई लिएर राष्ट्रिय जनता पार्टीमा प्रवेश गर्ने तयारीमा रहेको स्रोतले बताएको छ ।

 

 

दोस्रो चुनावमा झन कमजोर बन्ने भय

 

आफ्नै गृह जिल्लामा नयाँ शक्तिले हारेपछि डा. भट्टराई थप चिन्तित बनेका छन् । चुनावअघि नै पार्टी एकीकरण गर्ने मनस्थितिमा रहेका भट्टराई दोस्रो चुनावअघि जसरी पनि संघीय समाजवादी फोरमसँग पार्टी मिलाउने तयारीमा छन् ।

 

यसक्रममा यादवको ‘पोलिटिकल बार्गेनिङ’ बढ्दोछ भने भट्टराईको घट्दो । हालै एक पत्रिकासँगको कुराकानीको क्रममा भट्टराईले एउटा अभिव्यक्ति दिएका थिए, ‘बिचार मिल्नसक्नेहरु मिल्न सकिन्छ ।’

 

त्यसो त पूर्व माओवादीहरु माकेमा प्रवेश गर्नुको पछाडि पनि यही एउटा कारण बनेको छ । उपेन्द्र यादवलाई अध्यक्ष मान्न तयार नभएपछि नै नयाँ शक्तिमा ध्रुविकरण बाक्लिएको हो ।

 

 

साझा पार्टी शक्ति भन्दा कमजोर

 

पहिले चुनावको बिरोध गरेका डा. भट्टराई झनै ‘इन्फेरियर’ महसुश गरिरहेका छन् । यतिसम्म की, अति कमजोर मानिएको साझा पार्टी भन्दा पनि निकै कमजोर देखियो नयाँ शक्ति ।

 

रोचक ठट्टा के भने, चुनाव चिन्ह नपाएकाले मत नआएको समिक्षा भट्टराईको छ । त्यसो त, केही महिनाअघि मात्रै खुलेको साझा पार्टी र विवेकशिल दलले समेत चुनाव चिन्ह नपाएरै नयाँ शक्तिलाई पछि पारे ।

 

 

यसरी क्षिण बन्यो नयाँ शक्ति

 

नयाँ शक्तिका केही नेताहरु भन्छन्, ‘डाक्टर सा’वले नयाँ शक्तिलाई माओवादीबाट फुटेको पार्टी भन्दा बढी बनाउन सक्नुभएन ।’ यसमाथि उनका निजी ‘कुण्ठा’ले पनि नयाँ शक्तिको संगठन बिस्तार हुन नसकेको ति नेताहरुको बुझाइ छ । भट्टराईले भने जनताले आफ्नो पार्टीलाई माओवादीबाटै चोइटिएको रुपमा बुझेकाले कम मत आएको बताए । तर नयाँ पार्टी हो भनेर बुझाउन नसक्नु पनि भट्टराईकै कमजोरी भन्ठान्छन् नयाँ शक्तिका नेताहरु ।

 

 

देवेन्द्र, नवराजहरुले छोडेपछि

 

देवेन्द्र पौडेल, नवराज सुवेदी, देवेन्द्र पराजुली लगायत नेताहरु डा. भट्टराईका अति निकट कार्यकर्ता हुन् । तर अचानक उनीहरु माकेमा फर्कन तयार हुनुको पछाडि माकेको पहलले पनि काम गरेको बुझिन्छ ।

 

 

चुनावको क्रममा अपेक्षा गरिए भन्दा बढी मत आएपछि माकेका केही नेताहरु नै पूर्व माओवादी नेताहरुलाई फिर्ता गराउने तयारीमा जुटिसकेका छन् । त्यसै क्रममा देवेन्द्र, नवराज लगायत नेताहरु समेत माकेमा प्रवेश गर्ने तयारी गरेका हुन् । अर्को तर्फ उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमसँग नयाँ शक्ति एकीकरण गराउने तयारीको पक्षमा उनीहरु पहिलेदेखि नै छैनन् । यही कारण चुनावी परिणामपछि कमजोर बनेका डा. भट्टराई अन्ततः एक्लिँदैगएका छन् ।

 



Your Comment

Related Post

ब्यारिस्टर देवेन्द्र श्रेष्ठ बने ब्रिटेन नेपाल लयर्स एशोसिएसनको अध्यक्ष

  • 4 months ago
ब्यारिस्टर देवेन्द्र श्रेष्ठ बने ब्रिटेन नेपाल लयर्स एशोसिएसनको अध्यक्ष

लन्डन । बेलायतमा क्रियाशिल नेपाली वकिलहरुले नयां नेतृत्व चयन गरेका छन् ।   शनिबार वेब्रिज

वरिष्ठ नेता पौडेल र अमेरिकी राजदूत टेप्लिजबीच भेट

  • 6 months ago
वरिष्ठ नेता पौडेल र अमेरिकी राजदूत टेप्लिजबीच भेट

काठमाडौँ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेपालका लागि अमेरिकी राजदूत अलाइना टेप्लिजबीच पौडेल निवास बोहराटारमा आज भेटवार्ता भएको छ ।कुराकानीका क्रममा वरिष्ठ नेता पौड

पौडेल पक्षका ५ मन्त्री बनाउन देउवा राजी भएपछि कांग्रेसको विवाद मिल्यो

  • 9 months ago
पौडेल पक्षका ५ मन्त्री बनाउन देउवा राजी भएपछि कांग्रेसको विवाद मिल्यो

काठमाडौं—नेता रामचन्द्र पौडेल पक्षलाई ५ मन्त्री दिन सभापति शेरबहादुर देउवा राजी भएपछि सरकारमा मन्त्री पठाउने विषयमा कांग्रेसभित्र देखिएको विवाद साम्य भएको छ । बिहीबार विहान सभापति देउवा


भिडियो


Loading...
hamropatro


नेपाल

राष्ट्रपतिको चियापानमा जे देखियो, हेर्नुहोस् ८ रोचक तस्वीरः

राष्ट्रपतिको चियापानमा जे देखियो, हेर्नुहोस् ८ रोचक तस्वीरः

काठमाडौँ, जेठ १४ । राष्ट्रपति विद्यादेवी भण्डारीले दशौं गणतन्त्र दिवसका अवसरमा चियापान समारोहको आयोजना गरेकी छिन् ।

जीवनशैली

यो हो विश्वकै सबैभन्दा महँगो कार

यो हो विश्वकै सबैभन्दा महँगो कार

एजेन्सी–उक्त बलिस्टिक मिसाइल ४५० किलोमिटर उडेको र पुर्वी समुन्द्रमा खसेको थियो जुन पेनिसुला र जापानको बीचमा रहेको छ ।

विचित्र विश्व

विचित्र विचित्रका विवाहः कसैले कोब्रा सर्पसँग त कसैले आइफल टावरसँग गरे विवाह

विचित्र विचित्रका विवाहः कसैले कोब्रा सर्पसँग त कसैले आइफल टावरसँग गरे विवाह

संसारमा धेरै नै अजिव किसिमका मानिसहरु देख्न पाइन्छ । यस्ता अजिव किसिमका मानिसहरुले कहिलेकाँहि यस्ता अजिव हर्कतहरु गर्छन् कि त्यस्ता हर्कतहरु थाहा पाएर हामी अाश्चर्यचकित हुन्छाै ।