जसले नयाँ शक्तिलाई एमालेमा बिलय गराउँदैछन्

काठमाडौं, भदौ २८ । नयाँ शक्ति नेपालमा पूर्व माओवादी नेताहरु माओवादीमा फर्किएपछि अवको नयाँ शक्ति लगभग पूर्व एमालेहरुको समुह जस्तै बनेको टिप्पणी सुनिन थालेको छ ।

 

यसका नेता डा. बाबुराम भट्टराई नै पूर्व माओवादीहरुलाई सृंखलाबद्ध रुमपा कारवाही गर्न थालेपछि पूर्व एमाले नेताहरु भने सक्रिय छन् । र उनीहरु नै अहिले नयाँ शक्तिलाई एमालेसँग एकीकरण गराउन लागिपरेका छन् ।

 

डम्बर खतिवडा, देवी ओझा, केशव दाहाल लगायत नेताहरु यस प्रक्रियामा भित्री रुपमा सक्रिय बनेका हुन् । एमालेको तर्फबाट शिक्षा मन्त्री समेत रहेका केन्द्रीय सदस्य देवी ओझा, एमाले सुनसरी जिल्ला सदस्य रहेका डम्बर खतिवडा र एमाले सुनसरी जिल्ला सदस्य नै रहेका केशव दाहाल पछिल्लो समय एमालेका केही नेताहरुसँग नजिक भएका हुन् ।

 

एमाले नेताहरुसँग उनीहरुका केही अनौपचारिक भेट नयाँ शक्तिलाई एमालेसँग एकीकरण गराउने विषयमा नै केन्द्रित हुने स्रोतले जानकारी दियो । नयाँ शक्तिका नेताहरु भने उनीहरुको यस्तो प्रयासबिरुद्ध केही गर्न नसक्ने अवस्थामा छन् ।

 

यसका अलावा एमालेमा फर्किएका नयाँ शक्तिका पूर्व नेता निर्मल भट्टराई लगायत नेताहरु समेत यस्तो अभ्यासमा छन् । पछिल्लो समय निर्मल भट्टराई लगायत नेताहरुले दुवै पक्षसँग बार्ता र भेटघाटको व्यवस्था मिलाउँदैआएको बुझिएको छ ।


एमालेको बाहुल्यता

डा. भट्टराईले गठन गरेको १ सय ५१ जनाको केन्द्रीय कार्यकारी समितिमा बहुसंख्यक पूर्व एमालेहरु नै छन् । त्यसमध्ये पार्टीको निर्णायक तहमा रहेका प्रभावशाली नेताहरुले पनि एमालेमा लामो समय बिताएका हुन् ।

 

त्यसो त, कानुन अनुसार थ्रेसहोल्डको जटिलताले पनि नयाँ शक्तिलाई राष्ट्रिय पार्टी बन्न अप्ठ्यारो छ । यही अप्ठ्यारो बुझेरै यसका नेताहरुले एमालेसँग एकीकरणको प्रयास गरेको स्रोत बताउँछ ।

 

यता डा. भट्टराई जसरी पनि प्रचण्ड र माओवादी केन्द्रलाई कमजोर बनाउन चाहन्छन् । त्यसका लागि एमालेसँग मिल्नु बलियो उपाय हुनसक्ने उनले बुझेका छन् । र पूर्व एमाले कार्यकर्ताहरु भट्टराईको त्यही मनस्थिति बुझेर पार्टी एकीकरणको प्रयासमा लागेका हुन् ।


माधव नेपाल समुहको प्रयास

एमाले अध्यक्ष केपी ओली स्यवं भने नयाँ शक्तिलाई एमालेसँग एकीकरण गराउने पक्षमा खुलेरै देखिएका छैनन् । बरु एमालेमा कमजोर बन्दै गएका पूर्व अध्यक्ष माधव नेपाल र उनी निकटस्थ नेताहरु जोडतोडका साग लागेका छन् ।

 

एकीकरण प्रयासमा सक्रिय एक नेताका अनुसार आगामी महाधिवेशनलाई लक्षित गरी माधव नेपालले आफू बलियो हुन यस्तो प्रयास गरेका हुन् । नयाँ शक्तिबाट एमालेमा फर्किएका अधिकांश नेताहरु पनि नेपाल समुहमै छन् ।

 



Your Comment

थप समाचार

एनआरएन सल्लाहकार डा. शर्मा र कोषाध्यक्ष थापालाई युथ इन्स्पाइरेसन अवार्ड

  • 3 hours ago
एनआरएन सल्लाहकार डा. शर्मा र कोषाध्यक्ष थापालाई युथ इन्स्पाइरेसन अवार्ड

लण्डन । गैरआवासीय नेपाली संघका सल्लाहकार डा. हेमराज शर्मा र कोषाध्यक्ष हिक्मत थापा युथ इन्स्पाइरेसन अवार्डले सम्मानित भएका छन ।

परीक्षाफल प्रकाशित, यसरी हेर्नुस् नतिजा

  • 9 hours ago
परीक्षाफल प्रकाशित, यसरी हेर्नुस् नतिजा

 काठमाडौँ, माघ २ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७३ साल कात्तिक-मंसिरमा सञ्चालित मानविकी तथा सामाजिकशास्त्र संकायतर्फ स्नातकोत्तर दोस्रो वर्ष २०७३ आंशिकको संस

अब वाम गठबन्धनको नेतृत्वले संविधान परिष्कृत गर्दै लैजान्छ

  • 9 hours ago
अब वाम गठबन्धनको नेतृत्वले संविधान परिष्कृत गर्दै लैजान्छ

काठमाडौँ, माघ २ । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले वामपन्थीको नेतृत्वमा संविधानलाई परिष्कृत गर्दै लगिने बताएका छन् ।   अनेरास्ववियूद्वारा आयोजित दुईदिने


Loading...

भिडियो

hamropatro

नेपाल

परीक्षाफल प्रकाशित, यसरी हेर्नुस् नतिजा

परीक्षाफल प्रकाशित, यसरी हेर्नुस् नतिजा

 काठमाडौँ, माघ २ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७३ साल कात्तिक-मंसिरमा सञ्चालित मानविकी तथा सामाजिकशास्त्र संकायतर्फ स्नातकोत्तर दोस्रो वर्ष २०७३ आंशिकको संस्कृति, पत्रकारिता तथा आमसञ्चार र इतिहास विषयको परीक्षाफल आज प्रकाशित गरिएको छ ।

जीवनशैली

हरेक रातमा ३ देखि ५ बजेको बीचमा निन्द्रा खुल्छ ? हुनसक्छ अन्जान शक्तिको यस्तो इशारा

हरेक रातमा ३ देखि ५ बजेको बीचमा निन्द्रा खुल्छ ? हुनसक्छ अन्जान शक्तिको यस्तो इशारा

एजेन्सी । के तपाई राति सुतेपछि हरेक दिन एउटै समयमा ब्युझिने गर्नुहुन्छ ? चाइनिज मान्यता अनुसार यो कुनै अदृश्य शक्तिको इशारा हुनसक्छ । वा कुनै शक्तिको प्रभाव हुनसक्छ ।

विचित्र विश्व

पढ्ने खर्च जुटाउन भर्जिनिटी लिलाममा !

पढ्ने खर्च जुटाउन भर्जिनिटी लिलाममा !

एजेन्सी–राम्रो शिक्षा लिन आजकल जोकोही चाहान्छ । तर, पैसाको अभावमा मानिसले राम्रो शिक्षा लिनबाट बञ्चित हुने गरेको छ । राम्रो शिक्षा पाउनका लागि धेरै समस्याहरुको सामना गर्न पनि केही मानिसहरु पछि पर्दैनन् ।