एनसेल ले ल्यायो नयाँ डाटा प्याक

काठमाडौं, बैशाख ८। जिएसएम मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले ‘इन्टरनेट सबैका लागि’ भन्ने थिम अन्तर्गत नयाँ डाटा प्याकहरु ल्याएको छ ।

 

यस योजना अन्तर्गत एनसेलका सबै ग्राहकहरुले अब अझै बढी डाटा भोलुमका साथ विभिन्न समयावधिका डाटा प्याकहरुको मजा लिन सक्ने कम्पनीले जनाएको छ ।



नयाँ डाटा प्याकहरु यहि विहिबार देखि लागु भएको छ । इन्टरनेट सबैका लागि’ थिम अन्तर्गत यस अघि ल्याइएको अफर समाप्त भए लगतै ल्याइएको यो योजना अन्तर्गत एनसेलका सबै ग्राहकहरुले अब न्युनतम ६ पैसा प्रति एमबि सम्ममा डाटा सेवाको मजा लिन सक्नेछन् ।



ग्राहकले कुनै पनि समयमा चलाउन सकिने अल टाइम डाटा प्याक, बिहान ५ देखि साँझ ५ बजेसम्म प्रयोग गर्न मिल्ने डे डाटा प्याक र बेलुका ११ देखि बिहान ५ बजेसम्म प्रयोग गर्न मिल्ने नाइट डाटा प्याक मध्येबाट कुनै पनि डाटा प्याक आफ्नो आवश्यकता अनुसार जति पटक पनि खरिद गर्न सक्ने एनसेलले जनाएको छ ।



अल टाइम डाटा प्याक अन्तर्गत एनसेलका ग्राहकले रु १० मा २५ एमबि, रु २० मा ६० एमबि, रु १०० मा ३०० एमबि, रु १५० मा ६०० एमबि र मात्र रु २५० मा १२०० एमबि डाटा खरिद गर्न सक्नेछन् ।



डे डाटा प्याक खरिद गर्ने ग्राहकले यही मूल्यमा अल टाइम डाटा प्याक भन्दा दोब्बर डाटा भोल्युम प्राप्त गर्नेछन् भने नाइट डाटा प्याक सुचारु गर्ने ग्राहकले सोहि मूल्यमा अल टाइम डाटा प्याक भन्दा चार गुणा बढी डाटा भोल्युम पाउनेछन् ।


डे डाटा प्याक अन्तर्गत ग्राहकले मात्र रु २५० मा २४०० एमबि डाटाको मजा लिन सक्नेछन् । त्यस्तै नाइट प्याक अन्तर्गत ग्राहकले रु २५० मा ४८०० एमबि डाटाको मजा लिन सक्नेछन् ।


यसरी डे डाटा प्याक अन्तर्गत ग्राहकले न्युनतम ११ पैसा प्रति एमबि सम्मको सुलभ दरमा इन्टरनेट चलाउन सक्नेछन् भने नाइट डाटा प्याक लिने ग्राहकले मात्र ६ पैसा प्रति एमबि सम्मको न्यून दरमा इन्टरनेट सेवाको प्रयोग गर्न सक्नेछन् । ३०० एमबि, ६०० एमबि र १२०० एमबि का प्याकहरुको समयावधि ३० दिन रहेको छ र २५ एमबि र ६० एमबि का प्याकको समयावधि ३ दिनको रहनेछ ।



यस योजनाको बारेमा एनसेलका कर्पोरेट संवाद विज्ञ मिलन शर्माले भने ‘‘सुलभ दरमा गुणस्तरीय सेवा प्रदान गर्ने हाम्रो प्रतिबद्धताअनुरुप हामीले डाटा शुल्कलाई थप परिमार्जित गर्दै र अझ सुलभ बनाउँदै यो अफर ल्याएका छौ । यो अफरले बढी भन्दा बढी ग्राहकमा इन्टरनेट सेवाको पहुच पुर्याई त्यसबाट लाभ लिन मद्दत पुर्याउने विश्वास छ” ।



एनसेलका ग्राहकले एस्ट्रिस्क १७१२३ ह्यास डायल गरि निर्देशनअनुसार आफ्नो आवश्यकता अनुसारको डाटा प्याक सुचारु गर्न सक्नेछन् । यो अफर ९० दिनको लागि मान्य हुनेछ ।



Your Comment

थप समाचार

अलकायदाको कब्जामा रहेकाे हवाई अखडा सिरियाली सेनाले लिए नियन्त्रणमा

  • 10 minutes ago
अलकायदाको कब्जामा रहेकाे हवाई अखडा सिरियाली सेनाले लिए नियन्त्रणमा

सिरिया, माघ ७ । सिरियाली सरकारी सेनाले रणनीतिक महत्वको इदलिबस्थित अबु अल–दुहुर हवाई अखडालाई शनिबार पूर्ण नियन्त्रणमा लिएको सिरियाको सैन्य स्रोतले जनाएको छ । 

काबुलको पाँचतारे होटलमा आक्रमण हुँदा ६ जनाको मृत्यु, एक सयकाे उद्धार

  • 19 minutes ago
काबुलको पाँचतारे होटलमा आक्रमण हुँदा ६ जनाको मृत्यु, एक सयकाे उद्धार

काबुल, माघ ७ । अफगानिस्तानको राजधानी काबुलमा रहेको एक पाँचतारे होटलमा तालिबानीहरुले आत्मघाती आक्रमण गर्दा कम्तीमा ६ जनाको ज्यान गएको छ ।

मनै झस्काउने माओवादी जनयुद्धका दुर्लभ तस्वीरहरु (फोटो फिचर)

  • 1 hour ago
 मनै झस्काउने माओवादी जनयुद्धका दुर्लभ तस्वीरहरु (फोटो फिचर)

काठमाण्डौ, माघ ७ । नयाँ जनवादी राज्यसत्ताको स्थापना गर्ने जनयुद्धमा होमीएको माओवादीले बिद्रोह गरेको थियो । तत्कालिन प्रधानमन्त्रि शेरबहादुर देउवाले माओवादीका माग सम्बोध


Loading...

भिडियो

hamropatro

नेपाल

गोरखाको पस्लाङ चौतारामा द्रव्य शाहको शालिक स्थापना

गोरखाको पस्लाङ चौतारामा द्रव्य शाहको शालिक स्थापना

गोरखा, माघ ७ । गोरखा राज्य आक्रमण पछि राज्याभिषेक गरिएको पश्लाङ चौतारोमा तत्कालिन राजा द्रव्य शाहको शालिक निर्माण गरिएको छ ।

जीवनशैली

पिसाब 'इन्फेक्सन' छ ? लौकाको जुस खानुहाेस्

पिसाब 'इन्फेक्सन' छ ? लौकाको जुस खानुहाेस्

एजेन्सी । मानिसहरु बिहानै उठ्नेबितिकै चिया वा कफी पिउने गर्दछन् । यो पहिलेदेखीनै चल्दै आएको चलन हो ।

विचित्र विश्व

यो देश, जहाँ एउटीमात्र विवाह गरे जन्मकैदको सजाय हुन्छ !

यो देश, जहाँ एउटीमात्र विवाह गरे जन्मकैदको सजाय हुन्छ !

विश्वभर केही यस्ता देशहरु रहेका छन् जहाँ अजब गजब नियम कानुनहरु रहेका छन् । नेपालमा एकभन्दा बढी विवाहलाइै गैरकानुनी मानिन्छ । नेपालमा कानुनको पालना गर्दै मानिसहरु एउटा विवाह गर्नेछन् ।