नयाँ वर्षकाे उपलक्ष्यमा एनसेलले ल्यायो यस्ता अफर

काठमाडौं, चैत्र ३१ । जिएसएम माेबाइल सेवा प्रदायक कम्पनी एनसेलले नयाँ वर्ष २०७४ को विभिन्न अफरहरु ल्याएको छ ।

 

यस्ता छन् अफरः

नयाँ वर्षको अवसरमा एनसेलले रोमिङ्मा रहेको बेलामा भ्वाइस, डाटा र एसएमएस सेवा प्रयोग गर्ने सबै प्रिपेड र पोस्टपेड ग्राहकका लागि आकर्षक रोमिङ् योजनाहरु ल्याएको छ ।


 दैनिक रोमिङ डाटा प्याक


दैनिक रोमिङ् डाटा प्याक अन्तर्गत एनसेलका ग्राहकले यो सेवा निःशुल्क सुचारु गरि कर सहित रु ५०० मा अनलिमिटेड डाटा प्रयाेग गर्न सक्नेछन् ।


दैनिक रोमिङ् डाटा प्याक भारत, चिन, हङकङ, अमेरिका, बेलायत लगायतका ५३ देशमा लागु हुनेछ ।


भ्वाइस र एसएमएस सेवा

त्यसैगरी आफु यात्रामा भएको समयमा भ्वाइस र एसएमएस सेवा चाहने ग्राहकले कर सहित रु ५०० मा दैनिक रोमिङ् भ्वाइस र एसएमएस प्याक लिन सक्नेछन् ।


यो प्याक भारत, चीन, हङकङ, अमेरिका, जमर्नी , युएई, लगायतका विभिन्न ३५ गन्तव्यहरुमा लागु हुनेछ ।

एनसेलका ग्राहकले  *१७१२९# डायल गरि प्राप्त जानकारी अनुसार दैनिक रोमिङ् डाटा प्याक र दैनिक रोमिङ् भ्वाइस र एसएमएस प्याक सुचारु गर्न सक्नेछन् ।

यसका साथ–साथै एनसेलको प्रिपेड रोमिङ् सेवा उपलब्ध रहेका गन्तव्यहरुमा आफ्ना प्रिपेड ग्राहकका लागि रोमिङ् सेवा स्वत उपलब्ध हुने बनाएको छ । यस अन्तर्गत जब प्रिपेड ग्राहकहरु आफ्नो मोबाइल लिएर विदेश भ्रमणमा जान्छन् उनीहरुलाई सम्बन्धित देशमा पुग्ने बितिकै रोमिङ् सेवा स्वत उपलब्ध भएको जानकारी गराइने छ ।

 

भारत र चीनको लागि भने प्रिपेडमा स्वतः रोमिङ उपलब्ध हुने छैन, ग्राहकले आफु यात्रामा जानु अघि *१७१२९# डायल गरि निर्देशन अनुसार रोमिङ सेवा सुचारु गनुपर्नेछ ।

“विभिन्न देशमा भ्रमणमा रहदा ग्राहकको सञ्चारको आवश्यकतालाई परिपुर्ति गर्न भ्वाइस, डाटा र एसएमएसको अफरहरु ल्याउन पाउँदा हामी हर्षित छाैं । यसले रोमिङ्मा रहँदा हाम्रा ग्राहकलाई सुलभ र सहज रुपमा सम्पर्कमा रहन सघाउनेछ,” कम्पनीका कर्पोरेट संवाद विज्ञ मिलन शर्माले भने ।

 

दैनिक रोमिङ डाटा प्याक सुचारु गरेका ग्राहकले ग्राहकले *१७१२९# डायल गरि प्राप्त निर्देशन अनुसार सेवा निष्क्रिय गर्न पनि सक्छन् ।

 

१ रूपैंयामै पिआरबिटी अफर

एनसेलले नयाँ वर्षको अवसरमा आफ्ना ग्राहकका लागि पिआरबिटी र टोन सेवामा दुई नयाँ संस्करण ल्याएको छ जसअन्तर्गत ग्राहकले अब दैनिक तथा साप्ताहिक रुपमा पिआरबिटी सेवा लिन सक्नेछन् ।

 

यस अघि पिआरबिटी र टोन सेवा ३० दिनको समयावधिमा मात्र उपलब्ध थियो ।


पिआरबिटी सेवा अन्तर्गत एनसेलका ग्राहकले आफ्नो रोजाइको लोकप्रिय टोन तथा गीतहरुलाई आफ्नो रिङ ब्याक टोन बनाउन सक्नेछन् र साथीभाईले कल गर्दा उक्त टोन तथा गीत सुन्न सक्नेछन् ।

यो अफरसँगै एनसेलका ग्राहकले अब १ दिन समयावधिको पिआरबिटी र टोन सेवा कर सहित रु १ मा सुचारु गर्न सक्नेछन् । त्यस्तै एक हप्ता समयावधि भएको पिआरबिटी र टोन सेवा कर सहित रु ५ मा सुचारु गर्न सक्नेछन् ।

ग्राहकले १७११७ डायल गरि प्राप्त निर्देशन अनुसार पिआरबिटी सेवा तथा टोन सेवा सुचारु गर्न सक्नेछन् ।

 

त्यस्तै ग्राहकले *१७११७# डायल गरी प्राप्त निर्देशन अनुसार गीत तथा टोनको सुचिबाट आफ्नो रोजाइको रिङ ब्याक टोन राख्न सक्नेछन् ।


दैनिक र साप्ताहिक पिआरबिटी र टोन सेवा स्वतः नविकरण हुनेछ । साप्ताहिक सेवा लिएका ग्राहकलाई समयसीमा सकिनु दुई दिन अगावै नविकरणका बारेमा सुचित गराइनेछ ।

ग्राहकले अंग्रेजीमा आर लेखि १७११७ मा एसएमएस पठाई यो सेवा निष्क्रिय गर्न सक्नेछन् । यो नयाँ वर्षको अवसरमा ल्याइएको यो अफर १५ दिनको लागि मान्य हुनेछ ।

 

सबै अफरहरु चैत्र ३१ गते बिहीबार देखि लागु हुने पनि कम्पनीले जनाएकाे छ ।

 



    Your Comment

    Loading...

    भिडियो


    Related Post

    एनसेलले ल्यायो ‘एकमा दुई अफर’, अब भ्वाईस सेवा २५ पैसा प्रति मिनेटमा

    • 5 months ago
    एनसेलले ल्यायो ‘एकमा दुई अफर’, अब भ्वाईस सेवा २५ पैसा प्रति मिनेटमा

    काठमाडौं, मंसिर ५ । मोबाईल सेवा प्रदायक कम्पनी एनसेलले आफ्ना ग्राहकका लागि भ्वाईस प्याकमा ‘एकमा दुई अफर’ अफर सार्वजनिक गरेको छ । यस योजना अन्र्तगत एनसेलका प्रिपेड ग्राहकले अब कर सहित

    एनसेलले ल्यायो नयाँ डाटा अफर

    • 3 months ago
    एनसेलले ल्यायो नयाँ डाटा अफर

    काठमाडौं, माघ ९ । जिएसएम मोबाईल सेवा प्रदायक कम्पनी एनसेलले आइतबार देखी लागु हुने गरि ‘इन्टरनेट सबैका लागि’ भन्ने नारा सहित नयाँ डाटा अफर ल्याएको छ ।

    नयाँ वर्षको उपलक्ष्यमा नेपाल टेलिकमले ल्यायो यस्तो अफर

    • 2 weeks ago
    नयाँ वर्षको उपलक्ष्यमा नेपाल टेलिकमले ल्यायो यस्तो अफर

    काठमाडाैं, चैत २९ । नेपाल टेलिकमले नयाँ वर्ष २०७४ को अवसरमा आफ्ना उपभोक्ताहरुलाई बिभिन्न किसिमका सेवाहरुमा सहुलियत को योजनाहरु ल्याएको छ ।

    hamropatro


    जीवनशैली

    थाहा पाउनुहोस्, स्वस्थ रहन खराब बानीहरु कसरी छोड्ने ?

    थाहा पाउनुहोस्, स्वस्थ रहन खराब बानीहरु कसरी छोड्ने ?

    नियमित व्यायाम र स्वस्थ खानपानबाट नै स्वस्थ रहन सकिन्छ । विहानै उठेपछि राती सुत्नेबेलासम्म हाम्रा यस्ता कैयौ खराब बानीहरु हुन्छन् जसले स्वास्थमा समस्या हुन सक्छ ।

    विचित्र विश्व

    प्रेमिकाले धोका दिएको थाहा पाएपछि प्रेमीले गरे यस्तो हर्कत

    प्रेमिकाले धोका दिएको थाहा पाएपछि प्रेमीले गरे यस्तो हर्कत

    तपाई आफ्नी प्रेमिका अर्कै व्यक्तिसँग बेडमा सुतिरहेको देख्नुभयो भने के गर्नुुहुन्छ ? प्रेमिका तथा उनीसँगै बेडमा रहेका व्यक्तिसँग झगडा गर्नुहुन्छ ? तर एक व्यक्तिले अचम्म हर्कत गरेर देखाएका छन् ।