यूकेका सबै शो सकेर फर्कियो नेपाल अाइडल टीम

  • मंगलबार, २८ कार्तिक, २०७४
  • 2 months ago
  • युके

लन्डन । बेलायतका विभिन्न ५ शहरमा आफ्नो लाइभ प्रस्तुति सकेर नेपाल अाइडल विजेताहरुको टीम नेपाल फर्किएको छ । कार्यक्रमका आयोजकले 'नेपाल अाइडल लाइभ इन यूके' शो ऐतिहासिक रुपमा सफल भएको दाबी गरेका छन् ।


मनकामना रेमिट पोखरा ट्राभल र मुन्टाज इन्टरनेसनलको संयुक्त आयोजनामा बेलायतमा नेपाल अाइडलका कार्यक्रमहरु भएका थिए । नेपाल अाइडल बुद्ध लामा पहिलो रनर अप निसान भट्टराई दोस्रो रनर अप प्रताप दास र टप टेन प्रतियोगी प्रमिला राईले बेलायतका दर्शकको राम्रै मन जिते ।

 

यस अघि उनीहरु बुधबार नेपाल फर्किने कार्यक्रम थियो । तर नेपालमा अर्को कार्यक्रमका लागि भन्दै अाइडलहरु दुई दिन अघि सोमबार नै फर्किए । अाइडल विजेताहरुसङै कार्यक्रमका होस्ट सुशिल नेपाल पनि फर्किए भने मेन्टरको रुपमा आएका गायक विवेक श्रेष्ठ र गायिका प्रमिला बुधबार मात्रै फर्किनेछन् ।


धागो ब्यान्डको लाइभ संगीतमा नेपाल अाइडलहरुले अल्डर्सट, फोक्स्टन हयारो रेडिङ र प्लमस्टिडमा प्रस्तुति दिएका थिए ।


कार्यक्रमको आयोजक मध्येको एक पोखरा ट्राभलका निर्देशक ज्ञाम गुरुङले कार्यक्रम ऐतिहासिक रुपमा सफल भएको बताए ।
हाम्रा सबै शो हरु उत्तिकै सफल र खचाखच भए गुरुङ्ले भने बेलायतबासी नेपालीहरुले दिल खोलेर अाइडलहरुलाई माया दिए ।


आयोजकका अनुसार यी ५ शोहरुमा झन्डै ४ हजार दर्शकले नेपाल अाइडलहरुको लाइभ प्रस्तुति सुने र हेरे ।


लाइभ संगीत, कलात्मक रुपमा गरिएको स्क्रिन प्रोजेक्सन तथा लाइटिङ जस्ता प्राविधिक पक्षले पनि नेपाल अाइडलका शोहरुलाई थप सुन्दर बनाइदिएको थियो ।


यी शोहरुमा साउन्ड सिस्टम संयोजन हेम विष्ट तथा भिडियोग्राफी र स्क्रिन प्रोजेक्सन कुशल श्रेष्ठले गरेका थिए ।


रेडिङको शो सपन इन्टरटेन्मेन्टका सपना कुमार राई तथा ह्यारो र प्लम्ष्टिडको शोहरु क्रमश उमेशराज मोक्तान र दिपक थापाले संयोजन गरेका थिए ।



    Your Comment

    थप समाचार

    बुद्ध फाउण्डेसनले आइतबार वीलवीचमा बुद्धसम्बन्धी प्रवचन आयोजना गर्दै

    • 4 hours ago
    बुद्ध फाउण्डेसनले आइतबार वीलवीचमा बुद्धसम्बन्धी प्रवचन आयोजना गर्दै

    लण्डन । बुद्ध फाउण्डेसन यूकेले लण्डनमा बुद्धसम्बन्धी एक प्रवचन कार्यक्रम आयोजना गर्ने भएको छ । त्यस अवसरमा विद्याधर आचार्य महायोगी श्रीधर राणा रिम्पोचेले प्रवचन दिनेछन् ।

    बेलायतमा भिसा नभएका आप्रवासीहरुको रामकहानी

    • 4 hours ago
    बेलायतमा भिसा नभएका आप्रवासीहरुको रामकहानी

    अस्पतालमा प्रवेशाज्ञा देखाउन नसक्दा एउटा गर्भवति महिलाले करिब ५५ सय देखि ६ हजार पाउण्ड सम्मको बिल तिर्नुपर्ने बाध्यता छ । कति महिलाहरु पैसा तिर्ने डरले जोखिम मोलेरै भएपनि घरमै सुत्केरी भएका घट्ना पनि

    समानुपातिकतर्फ प्रदेशसभामा चितवनबाट को–को भए निर्वाचित ?

    • 7 hours ago
    समानुपातिकतर्फ प्रदेशसभामा चितवनबाट को–को भए निर्वाचित ?

    काठमाण्डौ, माघ ४ । निर्वाचन आयोगले गत मङ्सिर २० र २१ गते सम्पन्न प्रदेशसभा सदस्य निर्वाचनको समानुपातकितर्फको विजयी उम्मेदवारको सूचीमा चितवनबाट ७ ज


    Loading...

    भिडियो

    hamropatro

    नेपाल

    साँफे-मार्तडी राजमार्ग तीन दिन बन्द

    साँफे-मार्तडी राजमार्ग तीन दिन बन्द

    बाजुरा, माघ ४ । साँफे–मार्तडी राजमार्ग अन्तर्गतको बूढीगंगा नगरपालिका–१, अम्कोटेमा रहेको सडकखण्ड आजदेखि तीन दिनका लागि सडक बन्द हुने भएको छ । 

    जीवनशैली

    उनले तपार्इंलार्इ मन पराउछिन कि पराउदिनन् ? यस्ता छन् पत्ता लगाउने १० सुत्र

    उनले तपार्इंलार्इ मन पराउछिन कि पराउदिनन् ? यस्ता छन् पत्ता लगाउने १० सुत्र

    काठमाडाैं । धेरैजसो पुरुषहरु महिलाको भावना बुझ्न निकै कठिन हुने बताउँछन् । यसो हुँदा हुँदै पनि माया प्रेममा रहेकाहरु भने एकअर्का प्रति नजिक हुन विभिन्न लक्षण र प्रतिक्रियाहरु व्यक्त गर्ने गर्छन ।