कांग्रेसको कालो प्रोपोगाण्डाः बामपन्थीले जिते उत्तर कोरिया, कांग्रेसले जिते दक्षिण कोरिया ?

चुनावी प्रोपोगाण्डा मच्चाउन कांग्रेस माहिर भएको तथ्य कतै छिपेको छैन । अझ, चुनावका बेला मतदातालाई प्रभावित पार्न अहिले कांग्रेसले ‘कालो प्रोपोगाण्डा’ मच्चाउन सबै शक्तिको चरम दूरुपयोग गरिरहेको छ । खासगरी मंसिर १० र २१ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा बामगठबन्धनविरुद्ध चुनाव लड्ने तयारी गर्दै गरेको कांग्रेस व्यापक भ्रममय प्रोपोगाण्डालाई सतहमा छताछुल्ल पारेको छ । बापगठबन्धनलाई लक्षित गर्दै केही ‘काला कांग्रेसी’हरुले चलाएको प्रोपोगाण्डामध्येको एउटा हो, नेपालमा यो चुनावमा बामगठबन्धनले जिते मुलुक उत्तर कोरिया जस्तो हुन्छ, कांग्रेसले जिते दक्षिण कोरिया जस्तो हुन्छ । तपाईं नेपाललाई कस्तो देश भएको हेर्न चाहनुहुन्छ, त्यहीं अनुसार मतदान गर्नुस् ।’

 

उत्तर कोरियाको यथार्थ

यो कांग्रेसी ‘कालो प्रोपाण्डा’बारे धेरैलाई जानकारी नहुन सक्छ । कसैलाई त्यो भ्रम नै सत्य पनि लाग्छ । झट्ट हेर्दा उत्तर कोरिया कम्युनिष्ट मुलुक हो । त्यहाँ पारिवारिक शासन छ । युद्धको धङधङीमा चलेको छ । नागरिकहरु स्वतन्त्र छैनन् । तर, उत्तर कोरियामा पनि ‘लोकतान्त्रिक शासन व्यवस्था’ नै भनिएको छ । त्यहाँ नागरिकले मतदान गरेरै शासन गर्ने व्यक्ति चुन्ने हो । तर, बिडम्बना उत्तर कोरियामा मतदान गर्न नागरिकलाई विकल्प नै दिइँदैन ।

 

सन् १९४८ पश्चात विश्वसँग कुनै पनि सम्बन्ध नराखी अगाडि बढिरहेको उत्तर कोरियाको एकमात्र उदेश्य आणविक हतियारको निर्माण गर्नु र सन् १९५० को दशकमा भएको युद्धको बदला लिनु नै हो । उत्तर कोरियाबारे जतिसुकै मिडिया रिपोर्ट पश्चिमा देशहरुले प्रस्तुत गरे पनि वास्तवमा उत्तर कोरियामा के भइरहेको छ र त्यहाँ राजनीतिक माहौल कस्तो छ कमैलाई थाहा छ । किम दोस्रा–सुङले शासन व्यवस्था हातमा लिएपछि उनको परिवारले मात्र उत्तर कोरियामा शासन गर्दै आइरहेको छ । ‘एकात्मक शासन प्रणाली’ मा चलेको उत्तर कोरियासँग नेपालको वाम गठबन्धनलाई तुलना गरेर कालो प्रोपोगाण्डा मच्चाउन कांग्रेस लागि पर्नु हाँस्यास्पद कुरा हो ।

 

किनकि, नेपालमा दुई ठूला बामशक्तिबीचको चुनावी तालमेल वा पार्टी एकीकरण स्वभाविक हो । कुनै दुई पार्टीबीच चुनाव तालमेल गरेर निर्वाचन जानुभन्दा बढी लोकतान्त्रिक चरित्र के हुनसक्छ ? संविधानलाई मानेर निर्वाचनमा जाँदा कुनै दुल मिलेर चुनाव लड्नेवित्तिकै कांग्रेसले वाइयात प्रोपोगाण्डा मच्चाउनु उसको पराजित मानसिकताको उपज हो ।

 

दक्षिण कोरियाको समृद्धि

 

एकैछिन दक्षिण कोरियाको कुरा गरौं । उत्तर कोरिया र दक्षिण कोरिया छुट्टिएपछि दक्षिण कोरियाले तिव्रत्तर विकास ग¥यो । त्यहाँ पनि गणतान्त्रिक शासन व्यवस्था नै हो । दक्षिण कोरिया समृद्धिको मूल कारण भनेको उल्लेख्य मात्रामा वैदेशिक लगानी आकर्षित गर्नु र आफूसँग भएको सम्पूर्ण स्रोत साधनलाई ज्यादाभन्दा ज्यादा सदुपयोग गर्नु नै हो ।

 

करिब पचास वर्षको अवधिमा दक्षिण कोरिया ज्यादै गरिब मुलुकबाट एउटा सम्पन्न मुलुकको सूचीमा पुग्न सफल भएको हो । दक्षिण कोरियाबाट नेपालले सिक्नै पर्ने सत्य के हो भने, मुलकको आर्थिक विकास गर्न धेरै समय चाहिंदैन, राजनीतिक अस्थिरता पनि बाधक हुँदैन ।

 

पार्क चुङ हीले उत्तर कोरियासँग प्रतिस्पर्धा पर्दै मुलुकलाई सम्पन्न बनाउँने योजना अघि सारे र त्यसलाई सशक्त ढंगमा कार्यान्वयन गरे । जसकारण नै आज दक्षिण कोरियाले यो समृद्धि हासिल गर्न सकेको हो ।

 

कुनै बेला दक्षिण कोरियाबाट पनि धेरै नागरिक रोजगारीका लागि वैदेशिक रोजगारीमा गएका थिए । त्यहीं बैदेशिक रोजगारीबाट आएको रकमलाई ज्यादा उपयोग गरेर दक्षिण कोरियामा ठूला ठूला भौतिक संरचनाको निर्माण गरिएको हो । यसबाट पनि नेपालले सिक्नु पर्छ ।

 

विभिन्न देशबाट आयात गरिएको कच्चा पदार्थको प्रशोधन गरेर निर्यात गरेकै कारण दक्षिण कोरियामा ठूलाठूला औद्योगिक विकास सम्भव भएको हो । नेपालमा त, आफूसँगै भएकै स्रोतको संकलन र प्रशोधन गरे मात्रै पनि छोटो अवधिमै मुलुक समृद्ध हुने आधार छ ।  यहाँका नागरिकहरुको इमानदारिता, कामप्रतिको लगनशिलता र कडा मिहिनेत पनि दक्षिण कोरिया समृद्धिको आधार हो । यसबाट पनि हामीले सिक्न सक्नु पर्दछ । तर, अहिले कांग्रेसले मच्चाएको चुनावी प्रोपोण्डाको पछि लाग्न जरुरी छैन ।

 

नेपालको स्थिति

 

एकअर्थमा भन्न सकिन्छ कि, नेपालमा बापन्थीले बहुमत ल्यायो भने चैं दक्षिण कोरियामा जस्तो विकास नेपालमा हुनसक्छ । उत्तर कोरिया हुने होइन । उत्तर कोरियाको परिवेश नै फरक हो । विश्वको कुनै मुलुकसँग बेमतलब भएर इख साँध्न पारिवारिक एकात्मक सैन्य शासन व्यवस्था भएको मुलुकसँग नेपाललाई दाँज्नुमात्रै पनि दुर्भाग्यपूर्ण हो ।

 

नेपालमा कम्युनिष्ट पार्टी ठूलो हुँदा कांग्रेस टाउको दुख्नु स्वभाविक हो । तर, उसले बामपन्थीले जिते साम्यवाद आउँछ भनेर जनतालाई थर्कमान बनाउने दुष्प्रयास गरिरहेको छ । जब कि, कम्युनिष्टहरुको अन्तिम उद्देश्य साम्यवाद भए पनि अहिले त्यो सम्भव छैन । कांग्रेसले भनेजस्तो समाजवादभन्दा धेरैपछि मात्रै साम्यवादको प्रारम्भिक अभ्यास सुरु हुन्छ । किनकि, पुँजीवादपछि समाजवाद हुँदै साम्यवादको परिकल्पना कम्युनिष्टहरुले गरेका छन् । फेरि, साम्यवाद भनेको समानता हो । अरु केही होइन । जुन कांग्रेसलाई मनै पर्दैन । राजनीतिक आन्दोलनका क्रममा समाजवाद वा साम्यवाद भनेको सयौं वर्षपछिको कुरा हो । अहिले त हामी पुँजीवादको पनि पहिलो चरणमा छौं ।

 

निर्वाचन लडेर, जनताको मत जितेर राज्यसत्ता सञ्चालन गर्ने उदेश्य राख्नेहरु कहिल्यैं लोकतन्त्रविरोध हुनै सक्दैनन् । अधिनायकवादी हुनै सक्दैनन् । जुन हुनै नसक्ने कुरा गरेर कांग्रेसले जनताको मन भट्ने दुष्प्रयास गर्दैछ । यसप्रति सबै नागरिक सचेत हुन जरुरी छ ।



Your Comment

थप समाचार

आर्सनलले टोटनहमलाई हरायो, अन्य खेलको नतिजा कस्तो ?

  • 19 minutes ago
आर्सनलले टोटनहमलाई हरायो, अन्य खेलको नतिजा कस्तो ?

मंसिर ३ । शनिबार राति सम्पन्न इंग्लिस प्रिमियर लिगमा आर्सनलले टोटनहममाथि २–० को जित निकालेको छ । आर्सनलको घरेलु मैदानमा सम्पन्न खेलमा खेलको ३६ औं मिनेटमा मुस्ताफी

प्रचण्डपुत्र प्रकाश दाहालको निधन

  • 58 minutes ago
प्रचण्डपुत्र प्रकाश दाहालको निधन

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका छोरा समेत रहेका माओवादी नेता प्रकाश दाहालको निधन भएको छ । बिहान करिब ५ बजेर २० मिनेट जाँदा उनको स्वास

प्रचण्डपुत्र प्रकाश दाहाल गम्भीर बिरामी

  • 1 hour ago
प्रचण्डपुत्र प्रकाश दाहाल गम्भीर बिरामी

काठमाडौं, मंसिर ३ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का छोरालाई हृदयघात भएपछि अस्पतालमा भर्ना गरिएको छ । उनलाई आइतबार बिहानै राजधानीको


Loading...

भिडियो

hamropatro

नेपाल

प्रचण्डपुत्र प्रकाश दाहाल गम्भीर बिरामी

प्रचण्डपुत्र प्रकाश दाहाल गम्भीर बिरामी

काठमाडौं, मंसिर ३ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का छोरालाई हृदयघात भएपछि अस्पतालमा भर्ना गरिएको छ । उनलाई आइतबार बिहानै राजधानीको नर्भिक अस्पतालमा भर्ना गरिएको छ । समाचारहरुमा जनाइएअनुसार उनको अवस्था चिन्ताजनक रहेको छ ।

जीवनशैली

कुनैपनि काम नबनेर हैरान हुनुहुन्छ ? दशाग्रहले सताएको छ ? १ कचौरा नुन बाथरुममा राख्नुस्

कुनैपनि काम नबनेर हैरान हुनुहुन्छ ? दशाग्रहले सताएको छ ? १ कचौरा नुन बाथरुममा राख्नुस्

एजेन्सी । नूनको प्रयोगसहित गरिने केही उपायले घरका सदस्यको सोँच नै सकारात्मक हुन्छ । नूनले खानाको स्वाद मात्र बढाउने होइन यसले बास्तु दोष पनि कटाउन मद्दत पुर्‍याउँछ ।