नेपालले यूएईलाई दियो २ सय २२ रनको लक्ष्य

  • बुधबार, २० मंसिर, २०७४
  • 1 week ago
  • खेल

काठमाडौं, मंसिर २० । विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत सातौँ चरणको पहिलो खेलमा नेपालले यूएईलाई २ सय २२ रनको लक्ष्य दिएको छ ।

 

उपकप्तान ज्ञानेन्द्र मल्ल र शरद भेषावकरले अर्धशतक पारी खेलेपछि नेपाली टीमले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर २ सय २१ रन बनाएको हो ।

 

ओपनर दीलिप नाथ १४.५ ओभरमा सेहजाद राजाको बलमा १६ रनमै बोल्ड भएका थिए । आउट हुनुअघि नेपालका लागि ४३ रन जुटेको थियो ।

 

दोस्रो विकेटका लागि क्रिजमा उत्रिएका शरद भेषवाकर र ज्ञानेन्द्र मल्ल साझेदारीमा अर्धशतक पारी खेले ।

 

यस्तै कप्तान पारस खड्काले शरदसँग ३८ रनको साझेदारी गरेका थिए । २० रनमै पारस क्याच आउट भएपछि क्रिजमा आरिफ सेख आएका थिए ।

 

सेख ७ बल खेल्दा नै रन आउट भएपछि विनोद भण्डारी क्रिजमा उत्रिएका थिए । भण्डारीले सबैभन्दा थोरै ४ रन मात्रै जोड्न सफल भएका थिए ।

 

छैटौँ विकेटका लागि सोमपाल कामीले शरदसँगको साझेदारीमा ४७ रन बनाएका थिए । शरद ८१ रनमा र बसन्त रेग्मी १४ रनमा नटआउट रहेका थिए । रेग्मीले शरदसँगको साझेदारीमा ३४ रन जोडेका थिए ।

 



Your Comment

थप समाचार

राजकुमार ह्यारी र मेगानको विवाह मे १९ मा

  • 1 hour ago
राजकुमार ह्यारी र मेगानको विवाह मे १९ मा

लण्डन । बेलायती राजकुमार ह्यारी र मेगान मार्कलबीचको बिहे आउंदो वर्ष सन् २०१८ को मे महिनाको १९ तारिखमा हुने भएको छ ।

आइतबार प्लमस्टिडमा प्रस्तुति गर्दै सागर आले

  • 5 hours ago
आइतबार प्लमस्टिडमा प्रस्तुति गर्दै सागर आले

नेपाल आइडलका शीर्ष ४ प्रतियोगी सागर आलेले यहि आइतबार डिसेम्बर १७ तारिखमा लण्डनको प्लमस्टिडमा प्रस्तुति गर्ने भएका छन् ।

शाक्यदेखि स्थापितसम्मले सुरु गरे दाैड, काे बन्ला प्रदेश ३ काे मूख्यमन्त्री ?

  • 5 hours ago
शाक्यदेखि स्थापितसम्मले सुरु गरे दाैड, काे बन्ला प्रदेश ३ काे मूख्यमन्त्री ?

काठमाडाैँ, मंसिर २९ । वाम गठबन्धनले प्रदेश नं. ३ मा स्पष्ट बहुमत ल्याएपछि प्रदेश सांसदहरु मुख्यमन्त्रीको आकांक्षीका रुपमा देखिएका छन् ।    प्रदेश नं. ३ प्रदेशसभामा वा


Loading...

भिडियो

hamropatro

नेपाल

अब अस्थिरता अन्त्य भयोः सांसद मानन्धर

अब अस्थिरता अन्त्य भयोः सांसद मानन्धर

काठमाडौँ, मंसिर २९ । नेकपा (एमाले) का नेता तथा नवनिर्वाचित सांसद रामवीर मानन्धरले निर्वाचनपछि मुलुकमा लामो समयदेखि कायम रहेको राजनीतिक अस्थिरता र संक्रमणकालीन अवस्था अन्त्य हुन लागेको बताएका छन् ।

जीवनशैली

क्रिम पाउण्डरको प्रयोग बिना नै यसरी सुन्दर बन्न सकिन्छ

क्रिम पाउण्डरको प्रयोग बिना नै यसरी सुन्दर बन्न सकिन्छ

एजेन्सी । युवतीहरु सुन्दर रहन विभिन्न क्रिम पाउडरको प्रयोग गर्छन् । केही यस्ता घरेलु उपायहरु पनि छन् जसका कारण सुन्दर रहन काम सकिन्छ । हरेक कुरा मार्केटमा पाइने समाग्रीभन्दा पनि केही घरेलु उपाय बढी फाइदाजनक हुने गर्छन् ।

विचित्र विश्व

विश्वलाई थर्कमान पारेका किमको सम्पत्ति कति !

विश्वलाई थर्कमान पारेका किमको सम्पत्ति कति !

एजेन्सी । उत्तर कोरियाका शासक किम जोङ–उनलाई क्रुर शासकको रुपमा विश्वभर परिचीत गराइएको छ । उत्तर कोरियामा के भइरहेको छ र के गर्दैछन् भन्ने विषयले हाल विश्वभर ठुलो चासो राख्ने गर्छ ।