नेपालको यस्तो गाउँ : जहाँ खेल्न पाइँदैन देउसी भैलो, यस्तो छ अनौठो कारण

  • बिहीबार, २ कार्तिक, २०७४
  • 4 weeks ago
  • नेपाल

 

जाजरकोट, कात्तिक २ । जिल्लाका अधिकांश ठाउँमा तिहारको रमझम बढेको भएपनि यहाँको एक गाउँमा भने सुनसान देखिएको छ । बारेकोट गाउँपालिका–४ लैखममा यसबखत सुनसान देखिएको हो ।

 

लैखम नजिकैका गाउँमा तिहारको देउसी, भैली खेल्ने युवायुवतीको दर्जनौँ समूह आएपनि लैखम गाउँमा भने आउन कसैले मान्दैनन् ।


वर्षौदेखि महादेवको भैलो प्रत्येक दुई वर्षमा एकपटक गाई तिहारका दिनदेखि महिना दिनसम्म मनाउने भएकाले यहाँ अन्य भैली खेल्ने समूह आउन पाउँदैनन् ।


अन्य भैली खेल्ने टोली आएमा महादेवको भैलोले असर गर्ने भएकाले लैखम गाउँमा भैली, देउसी खेल्ने युवायुवती आउन नपाउने विगतदेखिको सामाजिक परम्परा नै रहेको लैखमका जयबहादुर खत्रीले बताए ।


महादेवको भैलो खेल्दा प्रत्येक दुई वर्षमा विशेष समूह बनाएर एक महिनासम्म खेल्ने र अन्त्यमा भैलो अन्त्य वा मार्ने गरिन्छ ।


भैलो मार्दा बेहुला, बेहुली बनाई कृत्रिम विवाह गराउने गरिन्छ । यो भैलो हेर्न जिल्लाका अधिकांश गाउँबाट लैखममा दर्शक पुग्ने गर्दछन् ।

 

लैखमका प्रत्येक घरबाट भैलो मनाउनका लागि रकम र चामल संकलन गरिन्छ । बाटोमा हिँड्ने यात्रुबाट पनि रकम उठाउने गरिन्छ ।


यात्रुले भैलोलाई पैसा दिएबापत घरेलु अन्नबाट बनेको विशेष मिठाई दिने चलनसमेत रहेको छ । लैखममा अहिलेसम्म दलित बस्ती बस्न सकेको छैन ।


दलितले यो गाउँमा बस्ने बित्तिकै अनिष्ट हुने विश्वासका कारण बस्न नसकेको खत्रीको भनाइ छ । गाउँमा रमाइलोका लागि नभई देवतालाई खुशी बनाउन महादेवको भैलो प्रत्येक दुई वर्षमा एक पटक खेल्ने गरिन्छ ।


यो पर्व मनाउन छाडेमा महादेवले हानि गर्ने भएकाले आफूहरु यस्तो कार्य गर्न बाध्य भएको स्थानीयवासी बताउँछन् ।



Your Comment

थप समाचार

आर्सनलले टोटनहमलाई हरायो, अन्य खेलको नतिजा कस्तो ?

  • 21 minutes ago
आर्सनलले टोटनहमलाई हरायो, अन्य खेलको नतिजा कस्तो ?

मंसिर ३ । शनिबार राति सम्पन्न इंग्लिस प्रिमियर लिगमा आर्सनलले टोटनहममाथि २–० को जित निकालेको छ । आर्सनलको घरेलु मैदानमा सम्पन्न खेलमा खेलको ३६ औं मिनेटमा मुस्ताफी

प्रचण्डपुत्र प्रकाश दाहालको निधन

  • 59 minutes ago
प्रचण्डपुत्र प्रकाश दाहालको निधन

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका छोरा समेत रहेका माओवादी नेता प्रकाश दाहालको निधन भएको छ । बिहान करिब ५ बजेर २० मिनेट जाँदा उनको स्वास

प्रचण्डपुत्र प्रकाश दाहाल गम्भीर बिरामी

  • 1 hour ago
प्रचण्डपुत्र प्रकाश दाहाल गम्भीर बिरामी

काठमाडौं, मंसिर ३ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का छोरालाई हृदयघात भएपछि अस्पतालमा भर्ना गरिएको छ । उनलाई आइतबार बिहानै राजधानीको


Loading...

भिडियो

hamropatro

नेपाल

प्रचण्डपुत्र प्रकाश दाहाल गम्भीर बिरामी

प्रचण्डपुत्र प्रकाश दाहाल गम्भीर बिरामी

काठमाडौं, मंसिर ३ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का छोरालाई हृदयघात भएपछि अस्पतालमा भर्ना गरिएको छ । उनलाई आइतबार बिहानै राजधानीको नर्भिक अस्पतालमा भर्ना गरिएको छ । समाचारहरुमा जनाइएअनुसार उनको अवस्था चिन्ताजनक रहेको छ ।

जीवनशैली

कुनैपनि काम नबनेर हैरान हुनुहुन्छ ? दशाग्रहले सताएको छ ? १ कचौरा नुन बाथरुममा राख्नुस्

कुनैपनि काम नबनेर हैरान हुनुहुन्छ ? दशाग्रहले सताएको छ ? १ कचौरा नुन बाथरुममा राख्नुस्

एजेन्सी । नूनको प्रयोगसहित गरिने केही उपायले घरका सदस्यको सोँच नै सकारात्मक हुन्छ । नूनले खानाको स्वाद मात्र बढाउने होइन यसले बास्तु दोष पनि कटाउन मद्दत पुर्‍याउँछ ।