नेपाली भाषा गुमाएको ‘नेपाली वस्ती’ : फिजीमा १३६ वर्षे नेपाली इतिहास संकटमा  


१३६ वर्षे नेपाली इतिहास भएको फिजीमा नेपालीपन जोगाउन नयाँ प्रयासको थालनी

टापु नै टापुको आभूषणका बीच प्राकृतिक छटाहरूले कुँदिएको एउटा सुन्दर देश फिजी । जहाँ ३२२ वटा सामुद्रिक टापुहरू तलाउमा फुलेका कमलका फुल प्रशान्त महासागरमा तैरिए झैं लाग्छन् । दक्षिण पश्चिमस्थित प्रशान्त महासागरको छातीमा विस्तारित यो मनमोहक द्विप ३ हजार १ सय ५२ किलोमिटर क्षेत्रफलमा फैलिएको छ ।

हराभरा जमिन, आधुनिकता र विश्वकै अनुपम पर्यटकीय गन्तब्यको नामले परिचित यो देशको उन्नतिमा नेपाली श्रम र पसिनाको ठूलो योगदान रहँदैं आएको छ । डच र बेलायतीहरूले प्रभाव पार्दै आएको यो देशलाई सन् १८७४ देखि बेलायतले आफ्नो उपनिवेश कायम गर्दै आएको थियो ।

करिब सय वर्षपछि १९७० बाट फिजी स्वतन्त्र र सार्वभौमिक राज्य बन्न पुग्यो । बेलायतीहरूले फिजीमा चिनी कारखाना तथा उखु खेती सञ्चालनका लागि सन् १८७९ देखि नै भारतीय कामदार लिन प्रारम्भ गरेका हुन् ।

नेपालबाट भारतमा काम खोज्दै जाने समुह पनि तिनै भारतीयकै समुहमा मिसिएर हजारौंको संख्यामा फिजी पुगेको गिरिमिट सेन्टर लोटोका फिजीको तथ्यांकमा उल्लेख छ ।

त्यतिबेलाका सोझा र निरक्षर नेपालीहरूलाई ललाई फकाई झुक्याएर र गलत आश्वासनमा पार्दै त्यहाँ पु¥याइएको फिजीका पुराना नेपाली पुस्ता बताउँछन् । २÷४ महिनामै आउने हो भन्दैं लगिएका कामदारहरू फेरि कहिल्यै स्वदेश फर्कन पाएनन् । सिङाटोका ‘कावा नाङा साउ’ क्षेत्र नेपालीहरू बसोवास गर्ने मुख्य बस्ती मानिन्छ, जहाँं अहिले नेपाली मन, हृद्धय र आफ्नोपनले भरिएका नेपालीहरूको बाहुल्यता भेटिन्छ ।

नवगठित फिजी–नेपाली एशोसिएसनका अध्यक्ष तथा फिजीमा पुग्ने नेपालीका तेस्रो पुस्ता प्रवीण देव घर्ती भन्छन् ‘हामीबाट नेपाली भाषा गुम्यो, बोल्न सक्दैनौं, तर मन र मुटुमा हामी पुस्तौंदेखि नेपालीपन जोगएर राखेका छौं ।’

उनी थप्छन्, ‘हाम्रो पुर्खाहरूलाई कसरी घोडाको चाबुकले हानेर दोषी सरह काम लागाइयो त्यो सम्झदा अहिले पनि दुःख छ । हामीले बुवा र हजुरबाबाट यस्ता असंख्य कहालीलाग्दा घटना सुन्दै आएका छौ ।’

फिजीमा नेपाली पाइला

सन् १८७९ मे १५ मा कलकत्ताबाट फिजिको शुभा पुगेको पहिलो जहाज ‘लियोनिदास’ले नेपाली पाइलालाई फिजी टापुमा पु¥याएको थियो । ४६३ जना यात्रा बोकेको जहाज ७५ दिन लगाएर कलकत्ताबाट फिजी टापु पु¥याइएको थियो । यो पहिलो जहाजमा कति नेपाली थिए, त्यसको कुनै तथ्यांक भेटिंदैन तर सिङाटोकाका एक नेपाली वृद्ध भन्छन्, ‘हरेक जहाजमा ४०÷५० जना देखि १ सयसम्मको संख्यामा नेपालीहरू रहेको हामीहरूले सुन्दै आएका छौं ।’

सन् १८७९ देखि १९१६ सम्म भारतबाट फिजी पुगेका कुल ८७ जहाजमा नेपाली कति थिए भन्ने एकिन छैन तर त्यो संख्या ५ हजारभन्दा काम नभएको अनुमान छ । हाल यो संख्या विस्तारित भएर १० हजारको हारहारीमा पुगेको इन्साइकोपिडियाले उल्लेख गरेको छ । फिजीको ठूलो टापु ‘मेन्ल्यान्ड’, ‘भीती लेभु’ र ‘भाउनुवा लेभु’ अन्तर्गतका सिङाटोका रलम्बासामा नेपालीहरूका तेस्रो पुस्ता भेट्न सकिन्छ ।

राई, घर्ती, मगर, थापा, न्यौपाने, पराजुली, तामाङलगायतका थर भएका नेपालीइहरू भेटिने सो इलाकामा नेपाली बोल्ने नेपाली भने कोही पनि भेटिनन् । उनीहरूको चुलामा अझै गुन्द्रुक, सेल, ढिंडो नेपाली, परिकार पाक्छ, भेषभूषामा अझै टोपी लगाउँछन्, चाड पर्वमा दशैं तिहार, मनाउँछन् । अनुहार हेर्दा नेपाली छ तर कुरा गर्न थाल्यो उनीहरूको भाषा पूरै हिन्दी र अंग्रेजी मात्र छ ।

१३६ वर्षको इतिहास नेपालीहरूको फिजीमा छ । ‘तर यो समुदायको प्रवद्र्धनमा न त फिजी सरकारले साथ थियो न त नेपालले नै हामीलाई खोज्यो,’ फिजी नेपाली एशोसिएसनका महासचिव विजेन्द्र सिंह गुनासो गर्छन् । यसो त फिजी सरकारले नेपाली कमदारलाई पनि भारतीयकै दर्जामा राखेको र भारतीय नै हुन् भनेर ब्यवहार गर्ने गरेको बताइन्छ ।

उनीहरू बीच दरिलो संघ र जोडदार आवाज नभएकाले पनि नेपालीपन हराउँदैं गएको युएनको शान्ति प्रवद्र्धन कार्य सम्हाल्न फिजी पुगेका नेपाली सन्तोष न्यौपाने बताउँछन् ।

यस सवालमा प्रधानमन्त्री फ्रङ्क बेनी मरामाले भने, ‘हामी बहुजातीय र बहुसामुदायिक नीति अनुसार सबैलाई समान अवसर दिंदै आएका छौं । जहाँसम्म नेपाली समुदायको कुरा छ हामी उनीहरूलाई प्रवद्र्धन गर्न अन्य समुदायलाई सरह समान मौका दिन्छौं, यही करणले नै फिजी–नेपाली सांस्कृतिक दूतको समेत नियुक्त गरेका हौं । हामी यस बारेको तथ्यांक र थप रिपोर्टको लागि योजना तय गर्दैछौं ।’


‘भाषा नरहेपछि जातीय पहिचन हराउँदैं जान्छ, अबको २ पुस्तापछि फिजीमा नेपाली पनि पुरै हराउन सक्ने चिन्तामा छन्, फिजी इन्डियन नेपाली इन्कका महासचिव अनिश बेहती ।

यस बारेमा अन्तर्राष्ट्रिय साहित्य समाज ‘अनेसास’का केन्दीय अध्यक्ष पदम विश्वकर्मा भन्छन्, ‘हामी फिजीमा आफ्नो सञ्जाल विस्तार गर्ने क्रममा छौं र नेपाली भाषा साहित्य विस्तारमा हामी अब तुरुन्तै पहल गर्दैछाैं ।’ पुराना नेपाली बाहेक पछिल्ला वर्षहरूमा फिजी पुग्ने नेपालीइहरूको संख्या भने नगन्य छ । तीमध्ये कोही पर्यटन त कोही ब्यापार ब्यवसायमा संलग्न छन् ।

फिजीका नेपालीहरुका सन्दर्भमा नेपाल सरकारको इतिहास नै अनभिज्ञ रहेको अवस्थामा अब भने केही नयाँं आयाम थपिने गैरआवासीय नेपाली संघ, ओसियाना संयोजक महेन्द्र लम्साल बताउँछन् ।

फिजी सरकार, स्थानीय नेपाली, नवनियुक्त फिजी सांस्कृतिकदूतको समन्वयमा अब एनआरएन शाखा विस्तार गर्ने र त्यसपछि छोपिएको नेपाली इतिहासलाई फेरि अगाडि ल्याउने उनको भनाइ छ ।


तीन नेपालीका एक श्रीमती


‘बुढा मरे भाषा सरे’ भन्ने नेपाली उखान छ । फिजीमा भने नेपालीहरूको ३ पुस्ता पार भयो । तर, भाषा सर्न सकेन, बरू मर्दै गयो । नेपालीहरू भारतीय कामदारसँगै मिसिएर गएका थिए । महिलाको संख्या कम थियो र पुरुषहरू बढी । त्यसैले उनीहरू मध्ये धेरैले भारतीय महिलाहरूसँग घरजम गरे ।


सन्तानहरूलाई हिन्दी बोल्नैपर्ने बाध्यता सिर्जना भयो । प्रवीण उनको पुर्खाको थलो देखाउँदैं भन्छन्, ‘कामदारहरूको शिविरमा महिला कम थिएँ, त्यतिबेला ब्रिटिस एजेन्टले एक महिला बराबर ३ पुरुष राखिदिएको थियो । र, ती महिलाले कुन सन्तान कुन चाहिँ पुरुषको हो परिचान गरिदिनुपर्दथ्यो । यो क्रम पहिलो पुस्ताबीच निकै चलेको थियो । त्यसैले हाम्रो थर र भाषा छिन्न–भिन्न भयो ।’

फिजीमा पशुपति मन्दिर

३० वर्षअघि बेलायती गोर्खाली सेना तालिमका लागि फिजी पुगेका थिए । उनीहरूले यहाँं नेपाली छन भन्ने थाहा पाएपछि आपसमा भलाकुसारी गरे र सैनिक टोलीको सहयोगमा सिङटोका कावा नाङा साउमा पहिलो पटक नेपाली पशुपति मन्दिर बनाइदिए । अहिले पनि पशुपति मन्दिर भनेर गर्व गर्छ्, फिजीको नेपाली समुदाय ।

तर, नेपाली समुदायकी संगीता लता दुखेसो पोख्छिन्,‘यो मन्दिर अहिले गैर नेपाली समूहले सञ्चालन गरेको छ र हामीलाई प्रवेश बन्द छ । यस बारेमा नेपाली संघसंस्थाले केही पहल गरिदिए हुन्थ्यो,’ उनीथप्छिन् ।

नेपालको राजनीति र वस्तुस्थितीका बारेमा फिजीका नेपाली समुदाय निकै चासो राख्छन् । तर यहाँ जातीय विभेद, वर्गीय भेदभाव केही छैन । नान्दी बिमानस्थलमा कार्यरत अमितेश भन्छन्, ‘हामीलाई नेपाली भेटेपछि आफ्नै लाग्छ जातजाति र भौगोलिक भिन्नता हामीमा छैन ।’

नेपाली भाषाको सञ्चार माध्यम शुन्य

फिजीमा अहिलेसम्म नेपाली भाषाको कुनै सञ्चार माध्यम अस्तित्वमा छैन । ३७ प्रतिशत जनसंख्या हिन्दी बोल्ने यो देशको बाँकी भाषा आदिवासी ‘काइभित’ र अंग्रेजी हुन् । ली भाषाका बारेमा विश्वकै पहिलो नियमित प्रकाशन हुने पत्रिका भनेर मानिंदैं आएको ‘दि फिजी टाइम्स’का प्रधान सम्पादक फ्रेड वैसली भन्छन्, ‘हामी हिन्दी भाषामा’ शान्ति दूत ’प्रकाशन गर्दै आएका छौं तर, नेपाली पढ्ने पाठक अभावमा नेपाली पत्रिका प्रकाशको इतिहास भने छैन ।’

‘फिजी टाइम्स’ फिजीबाट प्रकाशित बहुचर्चित राष्ट्रिय दैनिक हो । जुन पत्रिका ४ सेप्टेम्बर १८६९ देखि अनवरत प्रकाशित हुँदै आएको छ । उक्त पत्रिकाका प्रधान सम्पादक फ्रेड वाइजली नेपाली नबोलिने नेपाली वस्तीमा अब भने विभिन्न निकायको चासो बढेको छ । उनीहरूले १३६ वर्षदेखि जोगाएर हुर्काएको आफ्नो पहिचान विस्तारका लागि संसारभरका नेपालीसँग याचना गरेका छन् । उनीहरूले सिङाटोकाको एक कार्यक्रममा भने, ‘बकुल्लालाई कागको बथानमा मिसाउँदैंमा काग हुँदैन, हामी नेपाली जहाँ जसरी रहौं नेपाली नै हौं । पुस्तौं पुस्तासम्म आफ्नोपनको खोजी ग¥यौं, नेपालीपनमा गौरव गर्छौं, हामीलाई नेपाली बनेरै बाँच्न र मर्न मन छ । संसारभरका नेपालीहरुले यस विषयमा सघाइदिनोस् ।’

 

सयौं वर्षअघिको दुर्घटनाको सम्झना

फिजीको ‘क्युबा बीचमा’ दुर्घटनामा परेका नेपालीहरूको सम्झना गर्दै एक श्रद्धान्जली कार्यक्रमको आयोजना गरिएको छ । १३६ वर्ष अघि त्यहाँ नेपाली कामदार समेत बोकेको जहाज दुर्घटना भएको सम्झनामा सो कार्यक्रम सम्पन्न भएको हो ।

सन् १९८४ मे १७ मा भारतबाट नेपाली र भारतीय ‘गिर्मिटिया’ कामदारसहित यो फिजीको क्युवा बीच नजिकैको टापुस्थित ‘नेसलाई रिफ’मा ४९७ जना यात्रु बोकेको पानी जहाज डुबेको थियो । ‘यहाँं पुगेर त्यो मर्मस्पर्र्शी कहानी सुन्दा नदुख्ने कुन मन होला र !,’ सहभागीहरूको अभिब्यक्ति थियो । मर्नेहरूमा सनाखत हुन नसकेका कति नेपाली कामदार पनि थिए भन्ने फिजी मेरिटाइनको अभिलेख छ ।

‘यो एउटा इतिहासको विर्सन नसकिने घाऊ थियो,’ सहभागीहरुले धेरैले भने । बेलायती सरकारले झुक्याएर भारतीयसँगैं मिसाएर लगेका ती निर्दोष नेपाली कामदारहरूको आत्माले चीर शान्ति पाओस् भन्दै १३६ वर्षपछि भए पनि उनीहरूको नाममा यो प्रशान्त महासगरको ‘क्युवा’ समुन्द्र तटमा स्थानीय बासिन्दाका साथ एक श्रद्धान्जली र ध्यानको आयोजना गरिएको आयोजकहरूको भनाइँ थियो । स्थानीय काउन्सिलका प्रतिनिधि अभिनेश सिंह भन्छन्, ‘हाम्रो रेकर्डमा नेपालीहरूको सम्झनामा गरिएको यस्तो कार्यक्रम यो नै सम्भवत पहिलो हो ।’

(लेखक सापकोटा नेपाल–फिजी सांस्कृतिक राजदूत हुन्)



    Your Comment

    थप समाचार

    एसीसी यू-१६ काे उपाधि नेपाललार्इ, प्रम देउवाले दिए बधार्इ!

    • 1 hour ago
    एसीसी यू-१६ काे उपाधि नेपाललार्इ, प्रम देउवाले दिए बधार्इ!

    काठमाडौँ, पुस २ । प्रधानमन्त्री शेरबहादुर देउवाले एसिसी यु–१६ (सोह्र वर्षमुनिकाे) पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताको उपाधि विजेता नेपाली खेलाडीलाई ब

    वाम गठबन्धनकाे पत्रकार सम्मेलनमा प्रचण्डले देउवालार्इ यसाे भने

    • 2 hours ago
    वाम गठबन्धनकाे पत्रकार सम्मेलनमा प्रचण्डले देउवालार्इ यसाे भने

    काठमाण्डौ, पुस २ । पूर्वप्रधानमन्त्री एवँ नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवालाई निर्वाचन सम्पन्न गराए बापत पाएको ज

    दमाैली पुगेर रामचन्द्र पाैडेलले केपी अाेलीलार्इ के दिए जवाफ ?

    • 2 hours ago
    दमाैली पुगेर रामचन्द्र पाैडेलले केपी अाेलीलार्इ के दिए जवाफ ?

    तनहुँ, पुस २ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेश राष्ट्रपतिले रोक्न नमिल्ने बताएका छन् ।    गृहजिल्ला तनहुँ आइपुग


    Loading...

    भिडियो

    hamropatro

    नेपाल

    एसीसी यू-१६ काे उपाधि नेपाललार्इ, प्रम देउवाले दिए बधार्इ!

    एसीसी यू-१६ काे उपाधि नेपाललार्इ, प्रम देउवाले दिए बधार्इ!

    काठमाडौँ, पुस २ । प्रधानमन्त्री शेरबहादुर देउवाले एसिसी यु–१६ (सोह्र वर्षमुनिकाे) पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताको उपाधि विजेता नेपाली खेलाडीलाई बधाई दिएका छन् । 

     

    प्रधानमन्त्री देउवाले नेपालले उपाधि जितेकामा खुशी व्यक्त गर्दै विजेता खेलाडीलार्इ बधाई दिएको प्रधानमन्त्रीका निजी सचिव बद्रीप्रसाद तिवारीले बताए । 

    जीवनशैली

    गर्भनिरोधक औषधिको प्रयोगविना नै अनिश्चित गर्भाधान रोक्ने ६ घरेलु उपाय

    गर्भनिरोधक औषधिको प्रयोगविना नै अनिश्चित गर्भाधान रोक्ने ६ घरेलु उपाय

    एजेन्सी । आजभोलि औषत्रि पसलहरुमा गर्भनिरोधक औषधिको व्यापार निकै फस्टाएको छ । किशोर–किशोरीदेखि अधबैसे उमेर समुहका मानिसहरु समेत यस्ता औषधिको प्रयोग गर्ने गरेको पाइएको छ ।

    विचित्र विश्व

    यी ७ चिजहरु सडकमा देखिएमा नछोइकन बँचेर हिड्न पर्छ !

    यी ७ चिजहरु सडकमा देखिएमा नछोइकन बँचेर हिड्न पर्छ !

    बाटोमा हिड्दा सडकमा धेरै कुराहरु भेटिन्छन् जुन अपवित्र हुन् सक्छन् । धर्म शास्त्रका अनुसार हामी यस्ता अपवित्र चिजहरुबाट बँचेर हिड्न पर्छ । यदी बाटोमा हिड्दा भुलवंश यस्ता चिज छोएमा नुहाएर मात्रै अरु काम गर्न पर्छ ।