नेपथ्यले अस्ट्रेलिया टुर गर्ने; जुलाई २२ मा सिड्नीमा कन्सर्ट

सिड्नी, नेपालको चर्चित साँगीतिक समुह नेपथ्यले यो वर्ष जुलाई महिनामा अस्ट्रेलिया टुर गर्ने भएको छ । म्याग्दी ओभरसिज नेपाली एसोसिएसन (मोना) अस्ट्रेलियाको आयोजनामा सिड्नी, मेलवर्न र एडिलेट लगायतका सहरहरुमा नेपथ्यको कन्सर्ट हुने बताईएको छ । मोना अस्ट्रेलियाको तर्फबाट १९ अप्रिल आईतबार रकडेलको एड्भान्स डाईभर्सिटी कम्युनिटी हलमा आयोजना गरिएको पत्रकार सम्मेलनमा अध्यक्ष हरि राम्जालीले नेपथ्य अष्ट्रेलिया टूरको घोषणा गरेका थिए ।


राम्जालीका अनुसार नेपथ्य लाईभ इन सिड्नी आउने जुलाई २२ शनिवार सिड्नी अन्तराष्ट्रिय सम्मेलन केन्द्र (आई सिसि सिड्नी) डालिङ् हार्वरमा हुनेछ । सिड्नीको कन्सर्टलाई भब्य बनाउन कुनै कसर नछोडिएको अध्यक्ष राम्जालीले पत्रकार सम्मेलनमा जानकारी दिएका थिए । आईसिसि सिड्नी एसिया प्यासिफिक क्षेत्रकै उत्कृष्ठ कन्सर्ट थिएटर भएको र यसको क्षमता १० हजार दर्शक रहेको छ । कार्यक्रम स्थलको लागि ६५ हजार डलर शुल्क लागेको उक्त कार्यक्रममा जानकारी दिईएको थियो भने सिड्नी कन्सर्टको बजेट एक लाख १५ हजार डलर रहेको छ । कार्यक्रमको सुरक्षा र व्यवस्थापनको लागि मात्रै एक सय भन्दा बढी सुरक्षाकर्मी खटिन ेछन् भने आयोजकको तर्फबाट समेत स्वयंसेवक खटाइने राम्जालीले नेपालीपत्रलाई बताए ।


पत्रकार सम्मेलनमा बोल्दै (मोना) अस्ट्रेलिया उपाध्यक्ष मुक्ति रोक्काले अन्तर्राष्ट्रियस्तरका गायक, कलाकारहरुले आफ्नो प्रस्तुति दिने यस अडिटोरियममा पहिलो पटक यस किसिमको नेपाली कार्यक्रम आयोजना गर्न लागिएको बताए । यो किन्सर्टको टिकट शुल्क ४० डलर रहेको छ । आयोकहरुले कम्तिमा पाँच हजार टिकट बिक्रि गर्ने लक्ष्य राखेको पत्रकार सम्मेलनमा जानकारी दिईएको थियो ।


नेपथ्यका गायक अमृत गुरुङ सहित १० जनाको टोली अस्ट्रेलिया आउन लागेको हो । अस्ट्रेलिया टुर अन्तरगत जुलाई ८ मा मेलवर्नमा र जुलाई १५ मा एडिलेटमा कन्सर्ट हुने छ । सिड्नीमा म्याग्दी ओभरसिज नेपाली एसोसिएसन (मोना) अस्ट्रेलिया तेस्रोपटक यो नेपथ्य कन्सर्ट आयोजना गर्न लागेको हो । पत्रकार सम्मेलनमा मोना जापानका अध्यक्ष महेन्द्र बानिया र आयोजक संस्थाका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

नेपथ्य कस्सर्ट स्थल सिड्नी अन्तराष्ट्रिय सम्मेलन केन्द्र (आई सिसि सिड्नी) डालिङ् हार्वर
सन् १९९० को दशकमा स्थापना भएको साँगीतिक समुह नेपथ्यले नेपाली लोक भाकालाई पश्चिमी सँगीतमा फ्युजन गरेर नयाँ गीत सँगीत पस्कने गरेको छ । ९ वटा गिति संग्रह बजारमा ल्याई सकेको नेपथ्यको सन् २०१० मा ऐन झ्यालैमा एल्बम सार्वजनिक गरेको थियो ।



Your Comment

Related Post

पन्ध्र हजारमा एक हप्ता खप्तड घुम्न  ‘टुर प्याकेज’

  • 1 year ago
पन्ध्र हजारमा एक हप्ता खप्तड घुम्न  ‘टुर प्याकेज’

कञ्चनपुर । पन्ध्र हजार रूपैयाँ खर्च गरेर कञ्चनपुरदेखि खप्तडसम्म घुम्नका लागि साप्ताहिक ‘टुर प्याकेज’ सञ्चालनमा ल्याइएको छ ।

टुँडिखेलमा नेपाली सेनाले कन्सर्ट गर्ने

  • 3 months ago
टुँडिखेलमा नेपाली सेनाले कन्सर्ट गर्ने

काठमाडौँ, १० फागुन । महाशिवरात्रि तथा सेना दिवसको उपलक्ष्यमा सैनिक मञ्च, टुँडिखेलमा ब्यान्ड कन्सर्ट तथा आतिशबाजी कार्यक्रम हुने भएको छ ।


भिडियो


Loading...
hamropatro


नेपाल

“ओबोर कार्यान्वयन भएको हेर्न नेपाली आतुर छन्”

“ओबोर कार्यान्वयन भएको हेर्न नेपाली आतुर छन्”

काठमाडौँ, जेठ ११ । अधिक मात्रामा वस्तु आयात र श्रमिक मात्र निर्यातले कमजोर बनेको नेपालको अर्थतन्त्रमा टेवा पु¥याउने ठानिएको ‘एकक्षेत्र एकमार्ग’ अवधारणा शीघ्र कार्यान्वयन भएको नेपाली जनताले हेर्न चाहेका छन् ।

जीवनशैली

विवाह गर्दा र घर बनाउँदा चाणक्यका यी कुराहरु सदैव ख्याल राख्नुहोस्

विवाह गर्दा र घर बनाउँदा चाणक्यका यी कुराहरु सदैव ख्याल राख्नुहोस्

एजेन्सी–धेरै युवायुवती विवाहको समयमा सुन्दरतालाई बढी महत्व दिने गर्छन् । यो गलत हो । चाणक्यका अनुसार धेरै सुन्दर केटीहरु विवाहका लागि योग्य हुदैनन् । समझदार व्यक्ति उच्च कुल अर्थात् संस्कारी परिवारमा जन्मिएकी युवतीसँग विवाह गर्छन् ।

विचित्र विश्व

पढ्ने खर्च नपुगेपछि भर्जिनिटी लिलाममा !

पढ्ने खर्च नपुगेपछि भर्जिनिटी लिलाममा !

एजेन्सी–राम्रो शिक्षा लिन आजकल जोकोही चाहान्छ । तर, पैसाको अभावमा मानिसले राम्रो शिक्षा लिनबाट बञ्चित हुने गरेको छ । राम्रो शिक्षा पाउनका लागि धेरै समस्याहरुको सामना गर्न पनि केही मानिसहरु पछि पर्दैनन् ।