उद्योग विभागमा सात हजार उद्योग दर्ता

  • बुधबार, २६ पुष, २०७४
  • 1 week ago
  • अर्थ

काठमाडौं, पुस २६ । उद्योग विभागले हालसम्म सात हजार २६० उद्योग दर्ता गरेको छ । ठूला, मझौला र विदेशी लगानीका साना उद्योग दर्ता गर्ने जिम्मेवारी पाएको विभागले हालसम्म सात हजारभन्दा धेरै उद्योग दर्ता गरेको हो । तीमध्ये ठूला ९८४, मझौला एक हजार ६०२ र साना चार हजार ६७४ उद्योग दर्ता भएको विभागका प्रवक्ता दुर्गाप्रसाद भुसालले जानकारी दिए ।

 

विभागले रु १० करोडभन्दा कम लगानी भएका उद्योगलाई साना, रु १० करोडदेखि २५ करोडसम्म लगानी भएका उद्योगलाई मझौला र रु २५ करोडभन्दा धेरै पूँजी लगानी भएका उद्योगलाई ठूला उद्योगका रुपमा दर्ता गर्दै आएको छ ।

 

स्वदेशी लगानीका साना उद्योग दर्ता भने साना तथा घरेलु उद्योग विभाग तथा साना तथा घरेलु विकास समितिअन्तर्गत रहेका जिल्ला कार्यालयले गर्दै आएका छन् ।

 

यस्तै, विभागमा तीन महिनाको अवधिमा १०० भन्दा धेरै उद्योगले म्याद थप गरेका छन् । उद्योग दर्ता गरेर सञ्चालनमा नआएका उद्योगलाई विभागले म्याद थपका लागि असोज ३० गते तीन महिनाको म्याद थप सूचना जारी गरेकोमा हालसम्म १०० भन्दा बढी उद्योगले म्याद थप गरेको विभागले जनाएको छ ।

 



Your Comment

थप समाचार

अलकायदाको कब्जामा रहेकाे हवाई अखडा सिरियाली सेनाले लिए नियन्त्रणमा

  • 7 minutes ago
अलकायदाको कब्जामा रहेकाे हवाई अखडा सिरियाली सेनाले लिए नियन्त्रणमा

सिरिया, माघ ७ । सिरियाली सरकारी सेनाले रणनीतिक महत्वको इदलिबस्थित अबु अल–दुहुर हवाई अखडालाई शनिबार पूर्ण नियन्त्रणमा लिएको सिरियाको सैन्य स्रोतले जनाएको छ । 

काबुलको पाँचतारे होटलमा आक्रमण हुँदा ६ जनाको मृत्यु, एक सयकाे उद्धार

  • 16 minutes ago
काबुलको पाँचतारे होटलमा आक्रमण हुँदा ६ जनाको मृत्यु, एक सयकाे उद्धार

काबुल, माघ ७ । अफगानिस्तानको राजधानी काबुलमा रहेको एक पाँचतारे होटलमा तालिबानीहरुले आत्मघाती आक्रमण गर्दा कम्तीमा ६ जनाको ज्यान गएको छ ।

मनै झस्काउने माओवादी जनयुद्धका दुर्लभ तस्वीरहरु (फोटो फिचर)

  • 1 hour ago
 मनै झस्काउने माओवादी जनयुद्धका दुर्लभ तस्वीरहरु (फोटो फिचर)

काठमाण्डौ, माघ ७ । नयाँ जनवादी राज्यसत्ताको स्थापना गर्ने जनयुद्धमा होमीएको माओवादीले बिद्रोह गरेको थियो । तत्कालिन प्रधानमन्त्रि शेरबहादुर देउवाले माओवादीका माग सम्बोध


Loading...

भिडियो

hamropatro

नेपाल

गोरखाको पस्लाङ चौतारामा द्रव्य शाहको शालिक स्थापना

गोरखाको पस्लाङ चौतारामा द्रव्य शाहको शालिक स्थापना

गोरखा, माघ ७ । गोरखा राज्य आक्रमण पछि राज्याभिषेक गरिएको पश्लाङ चौतारोमा तत्कालिन राजा द्रव्य शाहको शालिक निर्माण गरिएको छ ।

जीवनशैली

पिसाब 'इन्फेक्सन' छ ? लौकाको जुस खानुहाेस्

पिसाब 'इन्फेक्सन' छ ? लौकाको जुस खानुहाेस्

एजेन्सी । मानिसहरु बिहानै उठ्नेबितिकै चिया वा कफी पिउने गर्दछन् । यो पहिलेदेखीनै चल्दै आएको चलन हो ।

विचित्र विश्व

यो देश, जहाँ एउटीमात्र विवाह गरे जन्मकैदको सजाय हुन्छ !

यो देश, जहाँ एउटीमात्र विवाह गरे जन्मकैदको सजाय हुन्छ !

विश्वभर केही यस्ता देशहरु रहेका छन् जहाँ अजब गजब नियम कानुनहरु रहेका छन् । नेपालमा एकभन्दा बढी विवाहलाइै गैरकानुनी मानिन्छ । नेपालमा कानुनको पालना गर्दै मानिसहरु एउटा विवाह गर्नेछन् ।