अष्ट्रेलियामा नयाँ आईफोन लिन करिब २ महिना कुर्नुपर्ने, कति पर्छ मुल्य ?

सिड्नी । विश्वभर प्रतिक्षाको विषय बनेको नयाँ आइफोनका मोडलहरु सार्वजनिक भएका छन् । अमेरिकाबाट सार्वजनिक गरिएका नयाँ संस्करणका आईफोनमा केही नयाँ विशेषता त छन् नै, यसका साथै कम्पनीले आईफोन उत्पादन गरेको दशौं वर्षको अवसर पारेर नयाँ आईफोनको मोडल सार्वजनिक गरेको छ ।


नयाँ आईफोन एक्स


आईफोनको नयाँ मोडल आईफोन एक्सबाट होम बटनलाई पूर्ण रुपमा विस्थापित गरिएको छ । अब यसलाई अनलक गर्न होमबटन थिचिराख्नु नपर्ने भएकाले यसलाई विस्थापित गरिएको हो । यसको सट्टा कम्पनीले फोनमा अनुहार चिन्न सक्ने विशेषता थपेको छ । अब आईफोन अनलक गर्न बटन थिचिराख्नु पर्दैन, केवल अनुहार देखाइदिए पुग्छ ।


त्यस्तै यो फोनको अर्को आकर्षक पक्ष भनेको स्क्रिन हो । यसको एज टु एज स्क्रिनले यो फोनलाई निकै आकर्षक बनाएको छ । यो मोडलमा एप्पलले चारपाटे स्क्रिन हटाएर मोवाईलको सेप अनुसारको सक्रिन राखिएको छ ।


यसमा १२ मेगापिक्जेलको क्यामेरा राखिएको छ भने तीव्र गतिको सेन्सर र कलर सेन्सर राखिएको छ ।


आईफोन ८ को नयाँ विशेषता


आईफोन ८ आईफोन ७ कै परिस्किृत मोडल हो भन्दा फरक नपर्ला । आईफोन ८ को डिजाईनमा केही परिवर्तन गरिएको छैन तर फोनको पछाडीको भागमा भने सिसा जोडेर ७ भन्दा थोरै परिवर्तित देखाउन खोजिएको छ । यो फोन धुलो र पानीले हानी पुर्याउन नसक्नेगरी बनाईएको छ भने यसमा वाएरलेस चार्जिङको व्यवस्था पनि गरिएको छ । एचडी रेटिना स्क्रिन जडित यो फोनमा एक्समा जस्तै १२ मेगापिक्जेलको तीव्र गतिको सेन्सर र कलर सेन्सर सहितको क्यामेरा राखिएको छ ।


एप्पलले यो आईफोनमार्फत आफ्नो नयाँ प्रोसेसर ए ११ बायोनिक सार्वजनिक गरेको छ । यो प्रोसेसर ए १० भन्दा करिब ७० प्रतिशत तीव्र गतिमा चल्ने दावी गरिएको छ ।


५० दिन कुर्नुपर्ने


नयाँ मोडेलमध्ये आईफोन ८ यही महिनामा अष्ट्रेलियामा सार्वजनिक हुनेछ भने आईफोन एक्स भने करिब ५० दिनपछि मात्र उपलब्ध हुने बताइएको छ । आईफोन ८ का लागि उपभोक्ताले सेप्टेम्बर १५ बाट प्रिअर्डर गर्न सक्नेछन् भने २२ सेप्टेम्बरबाट बजारमा उपलब्ध हुनेछ ।

 

त्यस्तै आईफोन एक्सका लागि अक्टोबर २७ बाट मात्रै प्रि अर्डर गर्न सकिनेछ भने ३ नोबेम्बरबाट मात्रै सिपिङ सुरु गरिने कम्पनीले जनाएको छ ।

 

कति पर्छ मुल्य ?


आईफोन ८ र ८ प्लस ६४ र २५६ जिबी स्टोरेज क्षमतामा उपलब्ध हुनेछ जसको मुल्य १०७९ र १२२९ अष्ट्रेलियन डलर पर्नेछ ।

 

त्यस्तै नयाँ मोडल आईफोन एक्सको मुल्य भने ८ को भन्दा केही महंगो पर्ने भएको छ । एक्सको मुल्य ६४ जिबीको १५७९ र २५६ जिबीको १८२९ अष्ट्रेलियन डलर पर्नेछ ।



Your Comment

थप समाचार

सहपाठीकाे हत्याप्रयास गर्ने तीन छात्रविरूद्ध मुद्दा दर्ता

  • 5 hours ago
सहपाठीकाे हत्याप्रयास गर्ने तीन छात्रविरूद्ध मुद्दा दर्ता

चितवन । आफ्नै साथीको हत्या गरेर विद्यालय बन्द गराउने भन्दै सैनिक महाविद्यालयमा एक विद्यार्थीलाई निर्घात कुटपिट गरेका तीन छात्रविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरिएको छ ।

कुटपिट गर्ने छात्रविरुद्ध मुद्दा

  • 5 hours ago
कुटपिट गर्ने छात्रविरुद्ध मुद्दा

चितवन । आफ्नै साथीको हत्या गरेर विद्यालय बन्द गराउने भन्दै यहाँको सैनिक महाविद्यालयमा एक विद्यार्थीलाई निर्घात कुटपिट गरेका तीन छात्रविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरिएको छ । 

माधव नेपालसँग मिलेर ओलीले म विरुद्व षड्यन्त्र गरे : झलनाथ खनाल

  • 5 hours ago
माधव नेपालसँग मिलेर ओलीले म विरुद्व षड्यन्त्र गरे : झलनाथ खनाल

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले केपी ओली र माधव नेपालले तोकेको बरियता कुनै पनि हालतमा नमान्ने बताएका छन् ।


Loading...
The British College

भिडियो

hamropatro

नेपाल

सहपाठीकाे हत्याप्रयास गर्ने तीन छात्रविरूद्ध मुद्दा दर्ता

सहपाठीकाे हत्याप्रयास गर्ने तीन छात्रविरूद्ध मुद्दा दर्ता

चितवन । आफ्नै साथीको हत्या गरेर विद्यालय बन्द गराउने भन्दै सैनिक महाविद्यालयमा एक विद्यार्थीलाई निर्घात कुटपिट गरेका तीन छात्रविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरिएको छ ।

जीवनशैली

यी विश्वविद्यालयकाबारेमा तपाईलाई थाहा नहुनसक्छ

यी विश्वविद्यालयकाबारेमा तपाईलाई थाहा नहुनसक्छ

तपाईले हारवर्ड विश्वविद्यालयको नाम सुन्नु भएको छ, प्रिन्सटन विश्वविश्वविद्यालयको नाम सुन्नु भएको छ । तर कहिल्यै यो विश्वविद्यालयको अवधारण कहाँबाट आएको हो त्यो बारे भने धेरै जना अनविज्ञ छन् ।

विचित्र विश्व

एउटा अजबगजबको बेश्यालय, यस्तो छ कहानी !

एउटा अजबगजबको बेश्यालय, यस्तो छ कहानी !

एजेन्सी । बंगलादेशमा विश्वको त्यस्ता मुस्लिम राष्ट्रहरुमा पर्छ, जहाँ बेश्याबृत्तिलाई कानुनी मान्यता दिइएको छ । बंगलादेशमा टंगेल जिल्लामा रहेको सबैभन्दा पुरा बेश्यालय हो कन्दापारा बेश्यालय ।