जताततै ओली गुट हाबी, माधव नेपाल निरीह साबित

काठमाण्डौ, माघ २८ । नेकपा एमालेको प्रदेशस्तरीय संसदीय दलको नेता चयनमा जताततै संस्थापन पक्ष अर्थात केपी ओली गुट हाबी भएको छ । संसदीय दलको नेताको निर्वाचनमा कतै आश्चर्यजनक त कतै स्वाभाविक रुपले केपी ओली गुटका नेताहरू निर्वाचित भइरहँदा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालको गुट भने निरीह साबित हुन पुगेको हो ।

 

एमालेको प्रदेशस्तरीय संसदीय दलको निर्वाचनमा सबैभन्दा अनपेक्षित नतिजा प्रदेश नम्बर ३ मा आयो । यो प्रदेशमा संसदीयको दलको नेताको रूपमा एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यको नाम महिनौंदेखि चर्चामा थियो ।

 

नेकपा एमालेको राजनीतिमा वर्षौंदेखिको इतिहास बोकेकी महिला भएको कारण पनि संसदीय दलको नेतामा शाक्यको दाबी स्वाभाविक थियो । तर गुटगत राजनीतिको शिकार भएर उनी अन्तिम समयमा पराजित हुन पुगिन् । किनकी पक्षधरताको हिसाबले उनी माधवकुमार नेपाल गुटमा थिइन् ।

 

यतिबेला उनको विजयको लागि नेपाल गुटले आवश्यक पहलकदमी लिन नसकेको स्वरहरू सुनिन थालेको छ । शाक्यको पराजयसँगै एमालेभित्रको आन्तरिक खिचातानीका कारण देशले पहिलो महिला मुख्यमन्त्री पाउने अवसर गुमाएको चर्चा अहिले राजनीतिक वृत्तमा चलिरहेको छ ।

 

त्यस्तै प्रदेश नं. १ को संसदीय दलको निर्वाचनमा पनि ओली गुट नै हाबी भयो । नेपाल गुटको प्रतिनिधित्व गर्दै दलको नेतामा उम्मेदवारी दिएका भीम आचार्यलाई पराजित गर्दै ओली गुटले उठाएका उम्मेदवार शेरधन राई दलको नेतामा विजयी भएसँगै यो प्रदेशमा पनि नेपाल गुट कमजोर साबित भएको हो ।

 

प्रदेश नं. ४ को संसदीय दलको निर्वाचनमा चर्चामा रहेका दुवै नेता पृथ्वी सुब्बा गुरुङ र किरण गुरुङ ओली गुटकै नेता भएका कारण यहाँ जो अगाडी बढे पनि ओली गुटकै जित हुने निश्चित छ । तुलनात्मक रूपले किरण गुरुङ वामदेव गौतम निकटका नेता भएपनि गौतम गुटले अहिले पार्टीभित्र ओली गुटलाई नै सहयोग गरिरहेको कारण उनलाई संस्थापन पक्षकै नेता मानिएको हो । अर्का प्रतिस्पर्धी पृथ्वी सुब्बा गुरूङ भने ओलीका विश्वासपात्र मानिएका नेता हुन् ।

 

प्राप्त पछिल्लो जानकारीअनुसार प्रदेश ४ मा किरण गुरुङले पृथ्वी सुब्बा गुरूङको लागि संसदीय दलको नेतामा मार्गप्रशस्त गरिसकेका छन् । महासचिव इश्वर पोखरेलको सहजीकरणमा किरण गुरूङ संसदीय दलको नेतामा पृथ्वी सुब्बा गुरूङलाई अघि बढाउन सहमत भएको स्रोतले बताएको छ । यस हिसाबले यहाँ पनि ओली गुट नै निर्विकल्प भएको छ ।

 

त्यस्तै प्रदेश नं. ५ मा पनि ओली गुटकै नेता शंकर पोखरेल संसदीय दलको नेतामा चयन भइसकेका छन् । यस हिसाबले प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा देश एमालेमय भएको र संसदीय दलको निर्वाचनमा देश ओलीमय भएको विश्लेषण भइरहेको छ ।

 

प्रदेशको संसदीय दलको नेता नै मुख्यमन्त्री हुने प्रावधान रहेको र यी ४ प्रदेशमा एमालेकै मुख्यमन्त्री हुने निश्चितप्रायः रहेको कारण उक्त प्रदेशको संसदीय दलको नेतामा ओली गुटको जितले पार्टीभित्र र बाहिर गहिरो अर्थ राख्दछ । समानान्तरमा नेपाल गुटको पराजयले पनि त्यहि स्तरको अर्थ राखेको छ ।



Your Comment

थप समाचार

सहपाठीकाे हत्याप्रयास गर्ने तीन छात्रविरूद्ध मुद्दा दर्ता

  • 5 hours ago
सहपाठीकाे हत्याप्रयास गर्ने तीन छात्रविरूद्ध मुद्दा दर्ता

चितवन । आफ्नै साथीको हत्या गरेर विद्यालय बन्द गराउने भन्दै सैनिक महाविद्यालयमा एक विद्यार्थीलाई निर्घात कुटपिट गरेका तीन छात्रविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरिएको छ ।

कुटपिट गर्ने छात्रविरुद्ध मुद्दा

  • 5 hours ago
कुटपिट गर्ने छात्रविरुद्ध मुद्दा

चितवन । आफ्नै साथीको हत्या गरेर विद्यालय बन्द गराउने भन्दै यहाँको सैनिक महाविद्यालयमा एक विद्यार्थीलाई निर्घात कुटपिट गरेका तीन छात्रविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरिएको छ । 

माधव नेपालसँग मिलेर ओलीले म विरुद्व षड्यन्त्र गरे : झलनाथ खनाल

  • 5 hours ago
माधव नेपालसँग मिलेर ओलीले म विरुद्व षड्यन्त्र गरे : झलनाथ खनाल

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले केपी ओली र माधव नेपालले तोकेको बरियता कुनै पनि हालतमा नमान्ने बताएका छन् ।


Loading...
The British College

भिडियो

hamropatro

नेपाल

सहपाठीकाे हत्याप्रयास गर्ने तीन छात्रविरूद्ध मुद्दा दर्ता

सहपाठीकाे हत्याप्रयास गर्ने तीन छात्रविरूद्ध मुद्दा दर्ता

चितवन । आफ्नै साथीको हत्या गरेर विद्यालय बन्द गराउने भन्दै सैनिक महाविद्यालयमा एक विद्यार्थीलाई निर्घात कुटपिट गरेका तीन छात्रविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरिएको छ ।

जीवनशैली

यी विश्वविद्यालयकाबारेमा तपाईलाई थाहा नहुनसक्छ

यी विश्वविद्यालयकाबारेमा तपाईलाई थाहा नहुनसक्छ

तपाईले हारवर्ड विश्वविद्यालयको नाम सुन्नु भएको छ, प्रिन्सटन विश्वविश्वविद्यालयको नाम सुन्नु भएको छ । तर कहिल्यै यो विश्वविद्यालयको अवधारण कहाँबाट आएको हो त्यो बारे भने धेरै जना अनविज्ञ छन् ।

विचित्र विश्व

एउटा अजबगजबको बेश्यालय, यस्तो छ कहानी !

एउटा अजबगजबको बेश्यालय, यस्तो छ कहानी !

एजेन्सी । बंगलादेशमा विश्वको त्यस्ता मुस्लिम राष्ट्रहरुमा पर्छ, जहाँ बेश्याबृत्तिलाई कानुनी मान्यता दिइएको छ । बंगलादेशमा टंगेल जिल्लामा रहेको सबैभन्दा पुरा बेश्यालय हो कन्दापारा बेश्यालय ।