उवासंघ-चितवनकाे चुनावी राैनक: मतदातासँग मत माग्न सहन प्रधान निस्के घरदैलाेमा

चितवन, पुस २२ । उद्योग वाणिज्य संघ-चितवनको अासन्न साधारणसभा तथा अधिवेशनकाे पूर्वसन्ध्यामा संघकाे विभिन्न पदमा उम्मेदवारी घाेषणा गरेका उम्मेदवारहरुले चितवनका व्यवसायीहरुसँग घरदैलो तथा व्यवसायी भेटघाट गर्ने अभियानलाई तीव्रता दिएका छन् ।

 

यसै सन्दर्भमा सहनलाल प्रधानकाे प्यानलले शुक्रवार नारायणगढका विभिन्न क्षेत्रमा घरदैलो गरेको छ ।

 

घरदैलोका क्रममा व्यवसायीहरुसँग कुरा गर्दै अध्यक्ष पदका उम्मेदवार प्रधानले भने, 'व्यवसाय र व्यवसायीहरुको हक-हितलार्इ संरक्षण र सम्बाेधन गर्नु मेराे प्राथमिकता हाे । ढुक्कसँग व्यवसाय सञ्चालन गर्ने वातावरण बनाउनकाे लागि नै मैले उम्मेद्वारी दिएको हुँ ।'

 

 

नारायणगढको मिलनरोड क्षेत्र र शहिदचोेकदेखी लायन्सचोकसम्म घरदैलो गरिएको हो । घरदैलोका क्रममा व्यवसायीहरुले प्रधान प्यानललाई भोट दिन उत्साही भएको बताएका छन् । उनीहरुले समावेशी रुपमा निर्माण भएको प्यानलले व्यवसायिक हक हितमा काम गर्ने विश्वास व्यक्त गरे ।

 

घरदैलाेमा अाफ्नाे प्यानलले अघि सारेका व्यावसायिक मुद्दाहरुकाे विषयमा जानकारी गराउँदै प्रधानले उक्त मुद्दाहरुलार्इ कार्यान्वयनमा लैजान अाफ्नाे प्यानलकाे जित अावश्यक रहेकाे भन्दै मतदाताहरुसँग मत मागे ।

 

यहि पुस ३० गते हुन गइरहेकाे संघकाे ५१ अाैँ साधारणसभा तथा अधिवेशनमा प्रधान प्यानलवाट वरिष्ठ उपाध्यक्षमा चुननारायण श्रेष्ठ, उपाध्यक्षमा भोजराज कौडाल, चिरन्जीवि सुवेदी र सुमनकुमार श्रेष्ठ उम्मेद्वारी दिएका छन् ।



Your Comment

थप समाचार

काबुलको पाँचतारे होटलमा आक्रमण हुँदा ६ जनाको मृत्यु, एक सयकाे उद्धार

  • 3 minutes ago
काबुलको पाँचतारे होटलमा आक्रमण हुँदा ६ जनाको मृत्यु, एक सयकाे उद्धार

काबुल, माघ ७ । अफगानिस्तानको राजधानी काबुलमा रहेको एक पाँचतारे होटलमा तालिबानीहरुले आत्मघाती आक्रमण गर्दा कम्तीमा ६ जनाको ज्यान गएको छ ।

मनै झस्काउने माओवादी जनयुद्धका दुर्लभ तस्वीरहरु (फोटो फिचर)

  • 48 minutes ago
 मनै झस्काउने माओवादी जनयुद्धका दुर्लभ तस्वीरहरु (फोटो फिचर)

काठमाण्डौ, माघ ७ । नयाँ जनवादी राज्यसत्ताको स्थापना गर्ने जनयुद्धमा होमीएको माओवादीले बिद्रोह गरेको थियो । तत्कालिन प्रधानमन्त्रि शेरबहादुर देउवाले माओवादीका माग सम्बोध

प्रदेश नम्बर ३ का १ सय १० जना सांसदहरुले लिए सपथ

  • 1 hour ago
प्रदेश नम्बर ३ का १ सय १० जना सांसदहरुले लिए सपथ

हेटौँडा, माघ ७ । मकवानपुरको हेटौँडामा ३ नम्बर प्रदेशका सांसदहरुले शपथ ग्रहण लिएका छन् ।   


Loading...

भिडियो

hamropatro

नेपाल

गोरखाको पस्लाङ चौतारामा द्रव्य शाहको शालिक स्थापना

गोरखाको पस्लाङ चौतारामा द्रव्य शाहको शालिक स्थापना

गोरखा, माघ ७ । गोरखा राज्य आक्रमण पछि राज्याभिषेक गरिएको पश्लाङ चौतारोमा तत्कालिन राजा द्रव्य शाहको शालिक निर्माण गरिएको छ ।

जीवनशैली

पिसाब 'इन्फेक्सन' छ ? लौकाको जुस खानुहाेस्

पिसाब 'इन्फेक्सन' छ ? लौकाको जुस खानुहाेस्

एजेन्सी । मानिसहरु बिहानै उठ्नेबितिकै चिया वा कफी पिउने गर्दछन् । यो पहिलेदेखीनै चल्दै आएको चलन हो ।

विचित्र विश्व

यो देश, जहाँ एउटीमात्र विवाह गरे जन्मकैदको सजाय हुन्छ !

यो देश, जहाँ एउटीमात्र विवाह गरे जन्मकैदको सजाय हुन्छ !

विश्वभर केही यस्ता देशहरु रहेका छन् जहाँ अजब गजब नियम कानुनहरु रहेका छन् । नेपालमा एकभन्दा बढी विवाहलाइै गैरकानुनी मानिन्छ । नेपालमा कानुनको पालना गर्दै मानिसहरु एउटा विवाह गर्नेछन् ।