इशा साहले जितिन् 'मिस गाेरखा'काे उपाधि

गाेरखा, पुस २८ । पहिलो मिस गोरखा २०१७ को ताज इशा साहले पहिरेकी छिन् ।

 

सौन्दर्य कला व्यवसायी सघंद्धारा आयोजित व्युटी विथ ब्रेन नाम दिएको उक्त प्रतियोगितामा १९ प्रतिस्पर्धीलाई पछि पार्दै साहले उपाधी चुमेकी हुन् ।

 

‘मलाई निकै खुसी लागेको छ, मेरा सपना साकार भएको छ’, विजेता घोषित भएपछि नेपालीपत्रसँग कुराकानी गर्दै साहले भनिन् ।

 

सामान्य परिवारमा जन्मिएकी शाह गोरखा सदरमुकामको एक होटलमा रिसेफ्सनिष्ट रुपमा काम गर्छिन । १९ वर्षिय साहले सदरमुकामकै महेन्द्र ज्योति मावी दरबार मार्गबाट एसएलसी उत्तीर्ण गरेकी हुन् ।

 

द वर्ल्ड क्यापिटल मा.वि. रानीवनमा प्लस टु पढ्दै गरेकी साह राम्रो काम गरेर जिल्लाका नाम राख्ने योजना रहेको बताउँछिन् । साहले भनिन्, ‘म सफल मोडल बनेर गोरखालाई केही गर्छु, जिल्लाको नाम चिनाउँछु ।’

 

जिल्लामा पहिलो पटक मिस गोरखा प्रतिगिता हुँदैछ भन्ने सुनेकी साहलाई प्रतियोगिता भाग लिन मन त थियो तर उनी जान्न भनेर बसेकी थिइन्, ‘पहिले त जान्न् भनेर बसेको थिएँ, पछि सबैले जाउ राम्रो हुन्छ भन्नुभयो अनि भाग लिन आएँ’, उनले भनिन्, ‘अहिले सबैले सर्पोट गरिदिनुभयो र यो सफलता मिल्यो ।’

 

गोरखा नगरपालिका वडा नम्बर ५ स्वाराँ घर भएकी साहका बुबा साजन साह ठेक्का पट्टा व्यवसाय गर्छन् । छोरीको यो सफलताले उनलाई पनि निकै खुसि लागेको छ । ‘म ज्यादै खुशी छु, उसको सपना पुरा गर्न लागि पर्छु’, उनले भने ।

 

प्रतियोगिताको उपाधि जितेकी साहलाई सौन्दर्य कला व्यवासयी सघंकी केन्द्रिय अध्यक्ष कमला श्रेष्ठले शाहलाई ताज पहिर्‍याइदिएकी थिइन् । गोरखकाली चलचित्र मन्दिर नयाँबजार, गोरखामा भएको फाइनल प्रतियोगितामा १९ सहभागीलाई पछि पारेकी शाहले नगद र आकर्षक पुरस्कार गरी १ लाख बराबरको पुरस्कार जितेकी छिन् ।

 

प्रतियोगिताको फस्ट रनर अप गोरखा नगरपालिका ६ ठूलो आँगनकी प्रकृती श्रेष्ठ घोषित भएकी छिन् । उनले पनि नगद सहित थुप्रै आकर्षक पुरस्कार गरी ५० हजार भन्दा बढिको पुरस्कार पाएकी छिन् ।

 

त्यसैगरी सेकेण्ड रनर अपको उपाधि हाल बसपार्क बस्ने बारपाककी बिष्णु कुमारी घले र थर्ड रनर अप वडा नम्बर ८ चाइनिज धाराकी सिर्जना मगर जितेका छन् । उनीहरुले पनि क्रमश ३० हजार र १५ हजार बराबरको नगद सहित आकर्षक पुरस्कार पाएको उक्त कार्यक्रमका संयोजक सौन्दर्य कला व्यवसायी संघका सल्लाहाकार भाइचन्द्र श्रेष्ठले बताए ।

 

पहिलो पटक जिल्लाका किशोरीहरुको प्रतिभा उजागर गराई उनीहरुको क्षमता विकास गराउने उदेश्यले भएको पहिलो मिस गोरखा २०१७ व्युटी विथ ब्रेन प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगिताका साझेदार संस्था र उक्त कार्यक्रममा उपस्थित भएका अतिथिहरुले प्रतियोगिताका विजेता र अन्य सहभागीहरुलाई आकर्षक खालका अवसर दिने प्रतिवद्धता गरेका छन् । उनीहरुले एयर होस्टेजको तालिम, मोडलिङदेखि, अष्ट्रेलिया जान लाग्ने प्रक्रियागत खर्चको छुट सम्मका अफर उनीहरुलाई दिइएको छ ।  



Your Comment

थप समाचार

मनै झस्काउने माओवादी जनयुद्धका दुर्लभ तस्वीरहरु (फोटो फिचर)

  • 43 minutes ago
 मनै झस्काउने माओवादी जनयुद्धका दुर्लभ तस्वीरहरु (फोटो फिचर)

काठमाण्डौ, माघ ७ । नयाँ जनवादी राज्यसत्ताको स्थापना गर्ने जनयुद्धमा होमीएको माओवादीले बिद्रोह गरेको थियो । तत्कालिन प्रधानमन्त्रि शेरबहादुर देउवाले माओवादीका माग सम्बोध

प्रदेश नम्बर ३ का १ सय १० जना सांसदहरुले लिए सपथ

  • 55 minutes ago
प्रदेश नम्बर ३ का १ सय १० जना सांसदहरुले लिए सपथ

हेटौँडा, माघ ७ । मकवानपुरको हेटौँडामा ३ नम्बर प्रदेशका सांसदहरुले शपथ ग्रहण लिएका छन् ।   

प्रदेश सांसदकाे सपथपछि मतदाता नामावली प्रकाशन गर्दै निर्वाचन अायाेग

  • 1 hour ago
प्रदेश सांसदकाे सपथपछि मतदाता नामावली प्रकाशन गर्दै निर्वाचन अायाेग

काठमाण्डौ, माघ ७ । निर्वाचन आयोगले अाज हुन प्रदेशसभाका सदस्यहरुको सपथपछि मात्रै राष्ट्रियसभा सदस्य निर्वाचनका मतदाताको नामावली प्रकाशित गर्ने भएको


Loading...

भिडियो

hamropatro

नेपाल

गोरखाको पस्लाङ चौतारामा द्रव्य शाहको शालिक स्थापना

गोरखाको पस्लाङ चौतारामा द्रव्य शाहको शालिक स्थापना

गोरखा, माघ ७ । गोरखा राज्य आक्रमण पछि राज्याभिषेक गरिएको पश्लाङ चौतारोमा तत्कालिन राजा द्रव्य शाहको शालिक निर्माण गरिएको छ ।

जीवनशैली

पिसाब 'इन्फेक्सन' छ ? लौकाको जुस खानुहाेस्

पिसाब 'इन्फेक्सन' छ ? लौकाको जुस खानुहाेस्

एजेन्सी । मानिसहरु बिहानै उठ्नेबितिकै चिया वा कफी पिउने गर्दछन् । यो पहिलेदेखीनै चल्दै आएको चलन हो ।

विचित्र विश्व

यो देश, जहाँ एउटीमात्र विवाह गरे जन्मकैदको सजाय हुन्छ !

यो देश, जहाँ एउटीमात्र विवाह गरे जन्मकैदको सजाय हुन्छ !

विश्वभर केही यस्ता देशहरु रहेका छन् जहाँ अजब गजब नियम कानुनहरु रहेका छन् । नेपालमा एकभन्दा बढी विवाहलाइै गैरकानुनी मानिन्छ । नेपालमा कानुनको पालना गर्दै मानिसहरु एउटा विवाह गर्नेछन् ।