समानुपातिकतर्फ खोटाङमा पनि एमाले नै पहिलो

खोटाङ, मंसिर २७ । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि यहाँ भएको निर्वाचनको समानुपातिकतर्फको मतगणना सकिएको छ । 

 

समानुपातिकतर्फ खोटाङमा नेकपा एमालेले सबैभन्दा बढी मत प्राप्त गरेर पहिलो बनेको छ । कूल एक लाख २५ हजार १०८ मतदाता रहेको खोटाङमा प्रतिनिधिसभा सदस्यका लागि भएको निर्वाचनको समानुपातिकतर्फ एमालेले २४ हजार १३४ मत र नेपाली काँग्रेसले २० हजार ७१८ मत प्राप्त गरेको छ । 

 

यसैगरी नेकपा (माओवादी केन्द्र)ले १२ हजार ४ सय ३३, संघीय समाजवादी फोरम नेपालले २ हजार ४ सय ५, राप्रपाले ९ सय ३२, नयाँ शक्ति नेपालले ७ सय २७, नेकपा मालेले ५ सय ६६ र राप्रपा (प्रजातान्त्रिक)ले ३ सय ६ मत पाएको मुख्य निर्वाचन अधिकृत किशोर घिमिरेले बताए । 

 

प्रदेशसभा सदस्यको समानुपातिकतर्फ एमालेले २१ हजार ३ सय ४९, काँग्रेसले १६ हजार ८ सय ६१, माओवादी केन्द्रले १३ हजार ५ सय २०, राप्रपाले ३ हजार १ सय ७२, संघीय समाजवादीले २ हजार १ सय ४१ र नेकपा मालेले ९ सय ६९ मत पाएको छ । 

 

यस्तै, नयाँ शक्तिले ७ सय ५४, राप्रपा (प्रजातान्त्रिक)ले ६ सय ६८, राजपाले ४ सय ४ मत पाएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

 

समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत प्रदेशसभा सदस्य क्षेत्र नम्बर १ (क) मा ३६ हजार ५ सय ५४ र (ख) मा ३४ हजार ६ सय ९८ मत खसेको थियो । तीमध्ये प्रतिनिधिसभातर्फ ७ हजार ८ सय ५९ र प्रदेशसभातर्फ १० हजार ५ सय ४६ मत बदर भएको जिल्ला निर्वाचन अधिकारी दिनेश खत्रीले बताए । 

 

त्यस्तै प्रत्यक्षतर्फको निर्वाचनमा ७ हजार ७ सय ८१ मत बदर भएको जनाइएको छ । भौगालिक रुपमा विकट मानिएको पूर्वी पहाडी जिल्ला खोटाङमा मतदाता शिक्षा प्रभावकारी नहुँदा बढी मात्रामा मत बदर भएको हो ।



Your Comment

थप समाचार

मलिन्डो एयरको दुर्घटनापछि बन्द अन्तर्राष्ट्रिय उडान पुनः सुचारु

  • 3 minutes ago
मलिन्डो एयरको दुर्घटनापछि बन्द अन्तर्राष्ट्रिय उडान पुनः सुचारु

काठमाडौं । मलिन्डो एयरको जहाज दुर्घटनापछि शुक्रबार दिउँसो १२ बजेम्मका लागि बन्द गरिएको  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडान र अवतरण पुनः सुचारु भएको छ ।

पढाइ र राजनीति दुवैमा अब्बल भएका विश्वका १० शक्तिशाली नेताहरु

  • 37 minutes ago
पढाइ र राजनीति दुवैमा अब्बल भएका विश्वका १० शक्तिशाली नेताहरु

एजेन्सी । विश्वका धेरै प्रख्यात नेताहरुले आफ्नो देशको कार्यकारी पदमा रहेर आफुलाई प्रमाणित त गरे नै त्यसबाहेक उनीहरुले विश्वविद्यालयमा पनि आफुलाई अब्बल साबित गराउन सफल र

जनजागरण सामुदायिक पुस्तकालय निर्माण अन्तिम चरणमा, उद्घाटनको तयारी

  • 39 minutes ago
जनजागरण सामुदायिक पुस्तकालय निर्माण अन्तिम चरणमा, उद्घाटनको तयारी

काठमाडौं । नुवाकोटमा निर्मित श्री जनजागरण सामुदायिक पुस्तकालय स्रोत केन्द्रको काम अन्तिम चरणमा पुगेको छ । भवन नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नं.२ मा निर्माण गरिएको ह


Loading...
The British College

भिडियो

hamropatro

नेपाल

मलिन्डो एयरको दुर्घटनापछि बन्द अन्तर्राष्ट्रिय उडान पुनः सुचारु

मलिन्डो एयरको दुर्घटनापछि बन्द अन्तर्राष्ट्रिय उडान पुनः सुचारु

काठमाडौं । मलिन्डो एयरको जहाज दुर्घटनापछि शुक्रबार दिउँसो १२ बजेम्मका लागि बन्द गरिएको  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडान र अवतरण पुनः सुचारु भएको छ ।

जीवनशैली

कुन राशिका मानिसहरु अत्यन्त धनी ?

कुन राशिका मानिसहरु अत्यन्त धनी ?

एजेन्सी । तपाईं कुनै व्यापार शुरु गर्नुहुँदैछ भने तपाईंको राशिले यसमा मद्दत गर्न सक्छ ।

 

संसारभरि गरिएको सर्वेक्षणमा कुनै विशेष राशिको मानिस व्यापारमा अत्यन्त सफल भएको देखिएको छ । संसारभरिका अर्बपतिहरूको जन्मदिनलाई आधार मानेर उनीहरूको राशि पत्ता लगाएर यो सर्वेक्षण गरिएको थियो । यसको परिणाम फोर्ब्स पत्रिकामा पनि छापिएको थियो ।

विचित्र विश्व

यी हुन् विश्वकै खतरनाक अपराधिहरु जसले डरलाग्दा घटना घटाए

यी हुन् विश्वकै खतरनाक अपराधिहरु जसले डरलाग्दा घटना घटाए

विश्वमा लाखौं मानिसहरु अपराधमा संलग्न छन् । ठगी, डकैती, चोरी, आतंकवाद, लागुपदार्थ तस्करी, हत्या, अपहरण र युद्ध अपराधहरु लगाएत अपराधमा संलग्न धेरै अपराधिहरु अन्तराष्ट्रिय प्रहरी संगठनको मोस्ट वान्टेड लिस्टमा छन् ।