बन्याे सूचनाकाे हकसम्बन्धी माेबाइल एप, के-के छन् सुविधा ?

काठमाडौँ, पुस १३ । फ्रिडम फोरमले सूचनाको हकसम्बन्धी मोबाइल एप सार्वजनिक गरेको छ । 

 

फ्रिडम फोरमले आजदेखि उक्त एप एन्ड्रोइड भर्सनमा सार्वजनिक गरेको हो । एप एन्ड्रोएड मोबाइलकर्ताले प्ले स्टोरबाट आरटिआइ नेपाल टाइप गरी डाउनलोड गर्न मिल्ने एपले सूचनाको हकका सैद्धान्तिक र व्यावहारिक पक्षबारे जानकारी गराउँछ । 

 

एपमा सूचनाको हकसम्बन्धी ऐन, नियमावली, सूचना माग्दा आवश्यक पर्ने निवेदन, नेपालमा सूचनाको हकको विकासक्रम, संविधानमा सूचनाको हकको व्यवस्था, सूचनाको हकको व्यावहारिक पक्ष, समाचार, सफलता लगायत सुविधा उपलब्ध छ । 

 

सूचनाको हकको व्यावहारिक प्रयोगलाई जनतासामु पुर्‍याउने उद्देश्यले एप निर्माण गरिएको फोरमले जनाएको छ । पत्रकारले आफ्नो व्यवसायलाई अनुसन्धानात्मक बनाउनका लागि उत्तिकै सहयोगी सो एप सार्वजनिक निकायलाई पारदर्शी र जवाफदेही बनाउन पनि गतिलो औजार हुने फोरमको भनाइ छ । 

 

परिवर्तित व्यवस्थानुरुप जनताका अधिकार स्थानीय तहमै गएका सन्दर्भमा निर्माण गरिएको सो एप सार्वजनिक निकायमाथि जनताको निगरानी बढाउनका लागि महत्वपूर्ण हुने विश्वास लिइएको छ । सूचनाको हकको प्रयोगसम्बन्धी आफ्ना अनुभव साटासाट गर्न र समस्या समाधानका उपाय खोज्ने सुविधासमेत एपमा उपलब्ध छन् । 



Your Comment

थप समाचार

अलकायदाको कब्जामा रहेकाे हवाई अखडा सिरियाली सेनाले लिए नियन्त्रणमा

  • 4 minutes ago
अलकायदाको कब्जामा रहेकाे हवाई अखडा सिरियाली सेनाले लिए नियन्त्रणमा

सिरिया, माघ ७ । सिरियाली सरकारी सेनाले रणनीतिक महत्वको इदलिबस्थित अबु अल–दुहुर हवाई अखडालाई शनिबार पूर्ण नियन्त्रणमा लिएको सिरियाको सैन्य स्रोतले जनाएको छ । 

काबुलको पाँचतारे होटलमा आक्रमण हुँदा ६ जनाको मृत्यु, एक सयकाे उद्धार

  • 12 minutes ago
काबुलको पाँचतारे होटलमा आक्रमण हुँदा ६ जनाको मृत्यु, एक सयकाे उद्धार

काबुल, माघ ७ । अफगानिस्तानको राजधानी काबुलमा रहेको एक पाँचतारे होटलमा तालिबानीहरुले आत्मघाती आक्रमण गर्दा कम्तीमा ६ जनाको ज्यान गएको छ ।

मनै झस्काउने माओवादी जनयुद्धका दुर्लभ तस्वीरहरु (फोटो फिचर)

  • 57 minutes ago
 मनै झस्काउने माओवादी जनयुद्धका दुर्लभ तस्वीरहरु (फोटो फिचर)

काठमाण्डौ, माघ ७ । नयाँ जनवादी राज्यसत्ताको स्थापना गर्ने जनयुद्धमा होमीएको माओवादीले बिद्रोह गरेको थियो । तत्कालिन प्रधानमन्त्रि शेरबहादुर देउवाले माओवादीका माग सम्बोध


Loading...

भिडियो

hamropatro

नेपाल

गोरखाको पस्लाङ चौतारामा द्रव्य शाहको शालिक स्थापना

गोरखाको पस्लाङ चौतारामा द्रव्य शाहको शालिक स्थापना

गोरखा, माघ ७ । गोरखा राज्य आक्रमण पछि राज्याभिषेक गरिएको पश्लाङ चौतारोमा तत्कालिन राजा द्रव्य शाहको शालिक निर्माण गरिएको छ ।

जीवनशैली

पिसाब 'इन्फेक्सन' छ ? लौकाको जुस खानुहाेस्

पिसाब 'इन्फेक्सन' छ ? लौकाको जुस खानुहाेस्

एजेन्सी । मानिसहरु बिहानै उठ्नेबितिकै चिया वा कफी पिउने गर्दछन् । यो पहिलेदेखीनै चल्दै आएको चलन हो ।

विचित्र विश्व

यो देश, जहाँ एउटीमात्र विवाह गरे जन्मकैदको सजाय हुन्छ !

यो देश, जहाँ एउटीमात्र विवाह गरे जन्मकैदको सजाय हुन्छ !

विश्वभर केही यस्ता देशहरु रहेका छन् जहाँ अजब गजब नियम कानुनहरु रहेका छन् । नेपालमा एकभन्दा बढी विवाहलाइै गैरकानुनी मानिन्छ । नेपालमा कानुनको पालना गर्दै मानिसहरु एउटा विवाह गर्नेछन् ।