माघे सङ्क्रान्तिमा जुध्ने भयाे २८ हलगाेरु, जाने हाेइन त गाेरु जुधार्इ मेला हेर्न तारुका ?

फाइल फाेटाे

नुवाकोट, पुस २८ । नुवाकोटमा यो वर्षको माघे सङ्क्रान्तिमा २८ हल गोरु जुधाइने भएको छ । जिल्लाको तारुका र बेत्रावतीमा हरेक वर्ष माघे सङ्क्रान्तिमा गोरु जुधाउने गरिन्छ । 

 

तारकेश्वर गाउँपालिका–२, तारुकामा यो वर्ष १८ हल गोरु जुधाइने भएको छ । मेला आयोजक समितिका अनुसार तारुकामा माघे सङ्क्रान्तिमा जुधाउनका लागि किसानले १८ हल गोरु दर्ता गराएका छन् । 

 

तारुकेश्वर–२ का वडाध्यक्ष समरबहादुर आलेमगरले गोरु जुधाइ मेला सञ्चालनको तयारी पूरा भएको बताए । उनका अनुसार मेलामा सहभागी हुन सवारी साधन लिएर पुग्नेका लागि साधन पार्किङस्थलको निर्माण, शौचालय, गोरु जुधाइ जात्रामा सहभागी हुनेका लागि सहज रूपमा पिउने पानीको व्यवस्था र सस्तो मूल्यमा खाजा तथा खानाको उपलब्धता, जात्रा हेर्न तारुकाघाटबाट जाने सडकमा ट्याङ्करमार्फत पानी छ्यापेर धुलोमुक्त सडक बनाउने व्यवस्था मिलाइएको छ । 

 

गोरु जुधाई मेलाको दिन माघ १ गते अवलोकनकर्तालाई गोरु जुध्ने स्थान चन्दनीसम्म जान सहज बनाउन गल्छी–देवीघाट सडकखण्ड दैनिक आठ घण्टा बन्द हुँदै आएकोमा त्यो दिन भने दिनभर नै खुला गराउन गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रु–रसुवागढी सडक योजनाले सहमति दिएको वडाअध्यक्ष आलेमगरले जानकारी दिए । मेलामा विजेता गोरु धनीलाई पाँच हजार रुपैयाँ र प्रमाणपत्र तथा उपविजेतालाई तीन हजार रुपैयाँ पुरस्कार तोकिएको छ । 

 

तारुकाका विभिन्न स्थानमा गोरु जुधाएर मनोरञ्जन लिने परम्पराबाट २०६२ सालदेखि चन्दनीको बारीको ठूलो पाटोमा व्यवस्थित रुपमा गोरु जुधाउन थालिएको हो । 

 

यस्तै, नुवाकोटको विदुर नगरपालिका–१०, बेत्रावतीमा पनि गोरु जुधाउने तयारी पूरा भएको छ । यो वर्ष गोरु जुधाउनका लागि १० हल गोरु दर्ता भएको आयोजक गोसाइँकुण्ड युवा क्लबका अध्यक्ष सुरज लबटले जानकारी दिए । 



Your Comment

थप समाचार

मलिन्डो एयरको दुर्घटनापछि बन्द अन्तर्राष्ट्रिय उडान पुनः सुचारु

  • 5 minutes ago
मलिन्डो एयरको दुर्घटनापछि बन्द अन्तर्राष्ट्रिय उडान पुनः सुचारु

काठमाडौं । मलिन्डो एयरको जहाज दुर्घटनापछि शुक्रबार दिउँसो १२ बजेम्मका लागि बन्द गरिएको  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडान र अवतरण पुनः सुचारु भएको छ ।

पढाइ र राजनीति दुवैमा अब्बल भएका विश्वका १० शक्तिशाली नेताहरु

  • 39 minutes ago
पढाइ र राजनीति दुवैमा अब्बल भएका विश्वका १० शक्तिशाली नेताहरु

एजेन्सी । विश्वका धेरै प्रख्यात नेताहरुले आफ्नो देशको कार्यकारी पदमा रहेर आफुलाई प्रमाणित त गरे नै त्यसबाहेक उनीहरुले विश्वविद्यालयमा पनि आफुलाई अब्बल साबित गराउन सफल र

जनजागरण सामुदायिक पुस्तकालय निर्माण अन्तिम चरणमा, उद्घाटनको तयारी

  • 41 minutes ago
जनजागरण सामुदायिक पुस्तकालय निर्माण अन्तिम चरणमा, उद्घाटनको तयारी

काठमाडौं । नुवाकोटमा निर्मित श्री जनजागरण सामुदायिक पुस्तकालय स्रोत केन्द्रको काम अन्तिम चरणमा पुगेको छ । भवन नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नं.२ मा निर्माण गरिएको ह


Loading...
The British College

भिडियो

hamropatro

नेपाल

मलिन्डो एयरको दुर्घटनापछि बन्द अन्तर्राष्ट्रिय उडान पुनः सुचारु

मलिन्डो एयरको दुर्घटनापछि बन्द अन्तर्राष्ट्रिय उडान पुनः सुचारु

काठमाडौं । मलिन्डो एयरको जहाज दुर्घटनापछि शुक्रबार दिउँसो १२ बजेम्मका लागि बन्द गरिएको  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडान र अवतरण पुनः सुचारु भएको छ ।

जीवनशैली

कुन राशिका मानिसहरु अत्यन्त धनी ?

कुन राशिका मानिसहरु अत्यन्त धनी ?

एजेन्सी । तपाईं कुनै व्यापार शुरु गर्नुहुँदैछ भने तपाईंको राशिले यसमा मद्दत गर्न सक्छ ।

 

संसारभरि गरिएको सर्वेक्षणमा कुनै विशेष राशिको मानिस व्यापारमा अत्यन्त सफल भएको देखिएको छ । संसारभरिका अर्बपतिहरूको जन्मदिनलाई आधार मानेर उनीहरूको राशि पत्ता लगाएर यो सर्वेक्षण गरिएको थियो । यसको परिणाम फोर्ब्स पत्रिकामा पनि छापिएको थियो ।

विचित्र विश्व

यी हुन् विश्वकै खतरनाक अपराधिहरु जसले डरलाग्दा घटना घटाए

यी हुन् विश्वकै खतरनाक अपराधिहरु जसले डरलाग्दा घटना घटाए

विश्वमा लाखौं मानिसहरु अपराधमा संलग्न छन् । ठगी, डकैती, चोरी, आतंकवाद, लागुपदार्थ तस्करी, हत्या, अपहरण र युद्ध अपराधहरु लगाएत अपराधमा संलग्न धेरै अपराधिहरु अन्तराष्ट्रिय प्रहरी संगठनको मोस्ट वान्टेड लिस्टमा छन् ।