स्वदेशी लगानीमै जलविद्युत बनाउने योजना हाइड्रो एक्स्पोमा प्रथम

  • शुक्रबार, २८ पुष, २०७४
  • 3 months ago
  • नेपाल

काठमाण्डौ, पुस २८ । स्वदेशी लगानीमै जलविद्युत आयोजना निर्माण गर्न सकिने योजना हाइड्रो एक्स्पो २०१८ मा प्रथम भएको छ । यो योजनाले सात वर्षमा १७ हजार मेगावाट विद्युत् उत्पादन गर्ने सरकारको लक्ष्य स्वदेशी लगानीबाटै सम्भव हुने देखिएको छ ।

 

विदेशी दाताहरूको भर नपरी स्वदेशी लगानीमै कसरी जलविद्युत आयोजनाहरू निर्माण गर्न सकिन्छ भन्ने योजना साउथ वेष्टर्न विजनेश कलेजका विद्यार्थीहरूले अघि सारेका छन् ।

 

विद्यार्थीहरूले अघि सारेको उक्त योजना हिमालयन हाइड्रो एक्स्पो २०१८ मा प्रथम स्थान प्राप्त गर्न सफल समेत भएको छ । एक्स्पोमा आयोजित प्रतिस्पर्धामा कलेजमा बिबिए पाचौं सेमेस्टरमा अध्ययनरत सविन तामाङ, स्मृति श्रेष्ठ, प्रतिक्षा लोहनी, आशिष गुरुङ, सदिक्षा ढकाल, तेस्रो समेस्टरमा अध्ययनरत अनुशाराज भण्डारी र प्रियंका कोइरालाले भाग लिएका थिए ।

 

उनीहरुले सकारी कर्मचारी, विद्यार्थी, रेमिट्यान्स र प्रत्येक घर परिवारको संलग्नताबाट स्वदेशी लगानीमै जलविद्युत आयोजना निमार्ण गर्न सकिने योजना सहितको कार्यपत्र प्रस्तुत गरेका थिए ।

 

पुस २१ गतेदेखि २३ गते सम्म राजधानीको भुकृटीमण्डपमा संचालन भएको एक्स्पोमा उनीहरुले प्रोडक्ट एण्ड सर्भिस प्रतिस्पर्धामा आफ्नो योजना प्रस्तुत गरेका थिए । उनीहरुले यस विधामा एक दर्जन बढी कलेजका प्रतिस्पर्धीहरुलाईपछि पार्दै पहिलो स्थान प्राप्त गरेका हुन् ।

 

पहिलो स्थान प्राप्त गरेका विद्यार्थीहरूलाई साउथ वेस्टन विजनेश कलेजले विहीबार एक कार्यक्रमका बिच कलेजका प्रमाणपत्र सहित सम्मान गर्‍यो ।



Your Comment

थप समाचार

मलिन्डो एयरको दुर्घटनापछि बन्द अन्तर्राष्ट्रिय उडान पुनः सुचारु

  • 4 minutes ago
मलिन्डो एयरको दुर्घटनापछि बन्द अन्तर्राष्ट्रिय उडान पुनः सुचारु

काठमाडौं । मलिन्डो एयरको जहाज दुर्घटनापछि शुक्रबार दिउँसो १२ बजेम्मका लागि बन्द गरिएको  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडान र अवतरण पुनः सुचारु भएको छ ।

पढाइ र राजनीति दुवैमा अब्बल भएका विश्वका १० शक्तिशाली नेताहरु

  • 37 minutes ago
पढाइ र राजनीति दुवैमा अब्बल भएका विश्वका १० शक्तिशाली नेताहरु

एजेन्सी । विश्वका धेरै प्रख्यात नेताहरुले आफ्नो देशको कार्यकारी पदमा रहेर आफुलाई प्रमाणित त गरे नै त्यसबाहेक उनीहरुले विश्वविद्यालयमा पनि आफुलाई अब्बल साबित गराउन सफल र

जनजागरण सामुदायिक पुस्तकालय निर्माण अन्तिम चरणमा, उद्घाटनको तयारी

  • 40 minutes ago
जनजागरण सामुदायिक पुस्तकालय निर्माण अन्तिम चरणमा, उद्घाटनको तयारी

काठमाडौं । नुवाकोटमा निर्मित श्री जनजागरण सामुदायिक पुस्तकालय स्रोत केन्द्रको काम अन्तिम चरणमा पुगेको छ । भवन नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नं.२ मा निर्माण गरिएको ह


Loading...
The British College

भिडियो

hamropatro

नेपाल

मलिन्डो एयरको दुर्घटनापछि बन्द अन्तर्राष्ट्रिय उडान पुनः सुचारु

मलिन्डो एयरको दुर्घटनापछि बन्द अन्तर्राष्ट्रिय उडान पुनः सुचारु

काठमाडौं । मलिन्डो एयरको जहाज दुर्घटनापछि शुक्रबार दिउँसो १२ बजेम्मका लागि बन्द गरिएको  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडान र अवतरण पुनः सुचारु भएको छ ।

जीवनशैली

कुन राशिका मानिसहरु अत्यन्त धनी ?

कुन राशिका मानिसहरु अत्यन्त धनी ?

एजेन्सी । तपाईं कुनै व्यापार शुरु गर्नुहुँदैछ भने तपाईंको राशिले यसमा मद्दत गर्न सक्छ ।

 

संसारभरि गरिएको सर्वेक्षणमा कुनै विशेष राशिको मानिस व्यापारमा अत्यन्त सफल भएको देखिएको छ । संसारभरिका अर्बपतिहरूको जन्मदिनलाई आधार मानेर उनीहरूको राशि पत्ता लगाएर यो सर्वेक्षण गरिएको थियो । यसको परिणाम फोर्ब्स पत्रिकामा पनि छापिएको थियो ।

विचित्र विश्व

यी हुन् विश्वकै खतरनाक अपराधिहरु जसले डरलाग्दा घटना घटाए

यी हुन् विश्वकै खतरनाक अपराधिहरु जसले डरलाग्दा घटना घटाए

विश्वमा लाखौं मानिसहरु अपराधमा संलग्न छन् । ठगी, डकैती, चोरी, आतंकवाद, लागुपदार्थ तस्करी, हत्या, अपहरण र युद्ध अपराधहरु लगाएत अपराधमा संलग्न धेरै अपराधिहरु अन्तराष्ट्रिय प्रहरी संगठनको मोस्ट वान्टेड लिस्टमा छन् ।