दुर्इ तिहाइबाट प्रदेशकाे प्रमुख र अस्थायी मुकाम परिवर्तन हुन्छ : पम्फा भुसाल

काठमाण्डौ, माघ ४ । नेकपा (माओवादी केन्द्र) का प्रवक्ता पम्फा भुसालले प्रदेशकाे प्रमुख र अस्थायी मुकाम तोक्ने विषयमा सरकारले आफ्नो दलसँग कुनै पनि छलफल नगरेकोे बताउँदै जनताले आवश्यक देखेमा दुई तिहाइको प्रक्रियाबाट मुकाम परिवर्तन गर्नसक्ने बताएकी छिन् ।

 

रिपोर्टर्स क्लबले आज आयोजना गरेको कार्यक्रममा प्रवक्ता भुसालले देउवा सरकारले अहिले ताेकेकाे प्रदेश प्रमुख र अस्थायी मुकामलार्इ अब बन्ने सरकारले निरन्तर दिनैपर्छ भन्ने नरहेकाे बताएकी हुन् ।

 

प्रवक्ता भुसालले नेकपा (एमाले)सँगको एकतापछि मात्र नयाँ सरकार गठन हुने सम्भावना बढ्दै गएको समेत बताएकी छिन् । 'एमालेसँग चाँडो एकता हुने तयारी भइरहेको छ', उनले भनिन् । 

 

उनले दुवै पार्टीबीच एकता भएपछि दुवै दलका नेताहरु एउटै पार्टीको हुने भएकाले पार्टी अध्यक्ष र प्रधानमन्त्री जो भए पनि एउटै पार्टीका नेता हुने विचार व्यक्त गरिन् । दुवै दलका अध्यक्षलाई पार्टी एकता गर्न दिइएकोले जिम्मेवारी अब चाँडै पूरा हुने उनको भनाइ थियो । 

 

मुलुकलाई स्थायित्व र समृद्धितर्फ लैजाने उद्देश्यले चुनावअगावै निर्माण गरिएको वाम गठबन्धन कसैले चाहेर पनि फुटाउन नसक्ने बताउँदै नेतृ भुसालले भनिन्, 'जनताले दुवै दलका नेतालाई वाम एकता गर्न जनादेश दिएका हुन्, जनादेशअनुसार एकता र सरकार गठन हुन्छ ।' 



Your Comment

थप समाचार

राष्ट्रपतिदेखि सभामुखसम्मको भागवण्डा मिल्यो: कसलाई के–के ?

  • 7 seconds ago
राष्ट्रपतिदेखि सभामुखसम्मको भागवण्डा मिल्यो: कसलाई के–के ?

काठमाडौं । एमाले र माओवादी केन्द्रबीच राजकीय पदको भागबण्डा मिलेको छ । राष्ट्रपति, सभामुखलगायतका राजकीय पदको भागवण्डा मिलेको हो । &n

संयुक्त राष्ट्रसंघका लागि चिनियाँ विशेषदूतको आग्रह

  • 11 minutes ago
संयुक्त राष्ट्रसंघका लागि चिनियाँ विशेषदूतको आग्रह

संयुक्त राष्ट्रसंघ । विगत सात वर्षदेखि द्वन्द्व जारी रहेको सिरियाको समस्या समाधानको लागि संयुक्त राष्ट्रसंघका लागि चिनियाँ विशेषदूतले बिहीबार आग्रह गरेका छन् । 

पहिरोमा पुरिएका आठ शव निकालियो

  • 17 minutes ago
पहिरोमा पुरिएका आठ शव निकालियो

जाकार्ता । इन्डोनेसियाको जाभा प्रान्तमा बिहीबार गएको पहिरोमा परी ज्यान गुमाएका आठ व्यक्तिको शव उद्धारकताहरुले बाहिर निकालेका छन् । 


Loading...

भिडियो

hamropatro

नेपाल

जन्मनुभन्दा तीन वर्षअघि नै अपराधी ठहर !

जन्मनुभन्दा तीन वर्षअघि नै अपराधी ठहर !

नुवाकोट, फागुन ११ । यहाँका एक नागरिक जन्मनु भन्दा तीन वर्ष अघिनै चोरी मुद्दामा दोषी ठहरिएर जेल चलान भएका छन् ।

जीवनशैली

कहिलेकाही धित मर्ने गरी रुनुहोस्ः अध्ययन

कहिलेकाही धित मर्ने गरी रुनुहोस्ः अध्ययन

एजेन्सी । भन्छन् रुनु कमजोरीको प्रतिक हो । तर, अनुसन्धानकर्ता भन्छन् रुनु स्वास्थको लागि राम्रो हो । कहिले कामदेखि वाक्क लागेर, सुमुधुर सम्बन्ध टुट्दा तथा फिल्म हेरेर हामी रुने गर्छौ । आँखाबाट

विचित्र विश्व

२५६ वर्षउमेर, २४ विवाह र २०० सन्तान भएका यी को हुन् !

२५६ वर्षउमेर, २४ विवाह र २०० सन्तान भएका यी को हुन् !

वेइजिङ—चीनका एक ब्यक्ति पृथ्वीमा सबैभन्दा बढी उमेर बाँचेका ब्यक्तिका रुपमा चिनिन्छन् । आयुर्वेदिक चिकित्सक तथा मार्सल आर्टका खेलाडी लिचिङ युन सबैभन्दा लामो उमेर बाँच्ने मानिसका रुपमा परिचित छन् ।