गोरखा उवासंघको अध्यक्षमा जिवनज्योतीले गरे उम्मेदवारी घोषणा

जीवनज्याेति श्रेष्ठ

गोरखा, माघ ७ । गोरखा उद्योग वाणिज्य संघको आगामी कार्यकालको लागि जिवनज्योती श्रेष्ठले उम्मेदवारी घोषणा गरेका छन् । वर्तमान प्रथम उपाध्यक्ष समेत रहेका श्रेष्ठले शनिबार सदरमुकाममा पत्रकार सम्मेलन गर्दै अध्यक्षमा उम्मेदवारी दिन लागेको बताएका हुन् ।

 

वि.सं. २०५० साल देखि संघमा आवद्ध भई विभिन्न पद र जिम्मेवारी सम्हाल्दै आएको भन्दै श्रेष्ठले आफु नै सबैको साझा उम्मेदवार भएको दावी गरेका छन् । ‘मसँग संघमा रहेर काम गरेको धेरै अनुभव छ, विगतमा मलाई दिइएको जिम्मेवारी पनि कुशलतापूर्वक सम्पन्न गरेको छु, त्यसैले पनि सबैले मलाई नै अघि सार्नुभएको छ’, उम्मेदवारी घोषणा गर्दै श्रेष्ठले भने ।

 

अध्यक्ष भएपछि व्यवसायीहरूलाई एकताबद्ध बनाउने र उनीहरूको हकहितमा काम गर्ने बताउँदै श्रेष्ठले अव्यवस्थित बजारीकरणलाई व्यवस्थित बनाउने योजना रहेको बताएका छन् । त्यस्तै जिल्ला भित्रै रोजगारीको अवसर जुटाउने गरि काम गर्ने उनको भनाई छ । ‘जिल्लाको श्रमशक्तिलाइ सकेसम्म हामी बाहिरिन दिदैनौँ, गोरखामा नै रोजगार डेक्सको स्थापना पनि गर्ने योजना छ’, श्रेष्ठले भने ।

 

उनको उम्मेदवारी घोषणा कार्यक्रममा अधिकांश पूर्व अध्यक्षहरूको उपस्थिती रहेको थियो । कार्यक्रममा बोल्दै संघका अध्यक्ष श्रवणकुमार जोशीले श्रेष्ठ सबैको साझा उम्मेदवार भएको बताएका छन् । ‘उहाँलाई सबै पूर्वअध्यक्ष सहित मेरो पनि साथ र सहयोग छ, अध्यक्ष बन्न उहाँ योग्य हुनुहुन्छ, अबको कार्यकाल उहाँकै नेतृत्वमा बन्छ’, अध्यक्ष जोशीले भने ।

 

२१ जना कार्यसमिती रहने संघमा आगामी २१ गते १३ जनाका लागि चुनाव हुने बताइएको छ । अध्यक्ष सहित वरिष्ठ उपाध्यक्ष, द्वितीय उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष, सचिव र ७ सदस्यका लागि चुनाव हुने संघको भनाई छ । जिल्लामा करिब ७ सय व्यवसायी मतदाता रहेको गोरखा उद्योग बाणिज्य संघमा आरुघाट, भच्चेक, मनकामना र पालुंटार गरी चार इकाई आवद्ध रहेको छ ।



Your Comment

थप समाचार

संयुक्त राष्ट्रसंघका लागि चिनियाँ विशेषदूतको आग्रह

  • 10 minutes ago
संयुक्त राष्ट्रसंघका लागि चिनियाँ विशेषदूतको आग्रह

संयुक्त राष्ट्रसंघ । विगत सात वर्षदेखि द्वन्द्व जारी रहेको सिरियाको समस्या समाधानको लागि संयुक्त राष्ट्रसंघका लागि चिनियाँ विशेषदूतले बिहीबार आग्रह गरेका छन् । 

पहिरोमा पुरिएका आठ शव निकालियो

  • 15 minutes ago
पहिरोमा पुरिएका आठ शव निकालियो

जाकार्ता । इन्डोनेसियाको जाभा प्रान्तमा बिहीबार गएको पहिरोमा परी ज्यान गुमाएका आठ व्यक्तिको शव उद्धारकताहरुले बाहिर निकालेका छन् । 

जनार्दन शर्मा ओली सरकारमा मन्त्रीको सूचीमा किन परेनन् ?

  • 25 minutes ago
जनार्दन शर्मा ओली सरकारमा मन्त्रीको सूचीमा किन परेनन् ?

काठमाडौं । नेकपा माओवादी केन्द्रले आज मन्त्री हुनेहरुको नाम सार्वजनिक गरेको छ । मन्त्री हुनेहरुको नाम सार्वजनिक गरेसँगै स्रोतका अनुसार रामबहादुर थापाले माओवादीबाट गर्ने


Loading...

भिडियो

hamropatro

नेपाल

जन्मनुभन्दा तीन वर्षअघि नै अपराधी ठहर !

जन्मनुभन्दा तीन वर्षअघि नै अपराधी ठहर !

नुवाकोट, फागुन ११ । यहाँका एक नागरिक जन्मनु भन्दा तीन वर्ष अघिनै चोरी मुद्दामा दोषी ठहरिएर जेल चलान भएका छन् ।

जीवनशैली

कहिलेकाही धित मर्ने गरी रुनुहोस्ः अध्ययन

कहिलेकाही धित मर्ने गरी रुनुहोस्ः अध्ययन

एजेन्सी । भन्छन् रुनु कमजोरीको प्रतिक हो । तर, अनुसन्धानकर्ता भन्छन् रुनु स्वास्थको लागि राम्रो हो । कहिले कामदेखि वाक्क लागेर, सुमुधुर सम्बन्ध टुट्दा तथा फिल्म हेरेर हामी रुने गर्छौ । आँखाबाट

विचित्र विश्व

२५६ वर्षउमेर, २४ विवाह र २०० सन्तान भएका यी को हुन् !

२५६ वर्षउमेर, २४ विवाह र २०० सन्तान भएका यी को हुन् !

वेइजिङ—चीनका एक ब्यक्ति पृथ्वीमा सबैभन्दा बढी उमेर बाँचेका ब्यक्तिका रुपमा चिनिन्छन् । आयुर्वेदिक चिकित्सक तथा मार्सल आर्टका खेलाडी लिचिङ युन सबैभन्दा लामो उमेर बाँच्ने मानिसका रुपमा परिचित छन् ।